सोमबार, मंसिर १९, २०७९

हाम्रो ग्रहमा यस्तो प्राणी छ जुन कहिल्यै मर्दैन

आन्द्रेई तपालगा२०७८ पुष १९ गते १:१०

Image Credit-wikimedia.com

प्रारम्भिक युगदेखि मानव जातिले अमरताको खोजी गरेको गर्‍यै छ । तर हाम्रो जीनहरू समयसँगै बुढ्यौलीका कारण बनिदिन्छन् । र अमरत्व असम्भव बनिदिन्छ । लियोनार्ड हेफ्लिक पहिलो जीवविज्ञ थिए जसले जीवहरूमा बुढ्यौली प्रक्रिया बुझ्नुका साथै हाम्रो औसत जीवन कति र किन हुन्छ भनेर स्पष्टीकरण दिए । तर मानव जाति अमर बन्ने बारे बताउन, बिकल्प दिन भने सकेनन् ।

तर हाम्रै ग्रहमा रहेको एउटा यस्तो भाग्यमानी जीव छ जो अजम्मरी, सदाकालागि जिवित, अमर रहन्छ ।

हाइड्रा जीव लम्बाइमा मिलिमिटर मात्र मापन हुन्छ । जीवविज्ञहरूले तिनीहरूको पुनरुत्थान क्षमता र आजिवन दीर्घायुबारे अध्ययन गरेका छन् । यो नाम ग्रीक पौराणिक कथाको हाइड्रा नामक चरित्रको आधारमा दिइएको हो । यसको अर्थ धेरै टाउको भएको सरीसृप भन्ने बुझिन्छ ।

किंवदन्ती अनुसार यो पौराणिक जनावर अमर छ । हरेक पटक यससित जुध्ने क्रममा वा लडाई गर्ने वा योद्धाले टाउको छिनाल्दा यसको स्थानमा दुईवटा टाउको बढ्छन् । यसलाई “हाइड्रा प्रभाव” को रूपमा पनि चिनिन्छ ।

वैज्ञानिकहरूले पारिस्थितिक प्रणालीहरूले गर्दा हाइड्रा प्रभाव प्रदर्शन भएको बताएका छन् । उनीहरुको तर्क के छ भने “एक विशेष प्रजातिमा उच्च मृत्यु दरले अन्ततः यसको जनसंख्याको आकार बढाउँछ”।

यो सूक्ष्म प्राणीद्वारा प्रस्तुत अमरता फरक छ । तर्कसंगत छ । यस प्रजातिको वैज्ञानिक नाम ताजा पानीको ‘पोलिप्स’ हो जो सधैंभरि बाँच्न सक्षम हुन्छन् । किनभने तिनीहरूका परस्पर संवन्धित शारिरिक अङ्ग (अर्गानिज्म) हरू बुढो हुँदैनन् ।

एउटा अमर प्रजाति बन्ने तिनीहरूको क्षमता किनपनि बढ्छ भने तिनीहरू सधैं उर्वर हुन्छन् । यसको मतलब तिनीहरूले सधैं, अनन्त कालसम्म पुन: उत्पादन गर्न सक्छन् ।

उमेर बढ्दै जाँदा हरेक पोथीको प्रजनन क्षमता घट्दै जान्छ । सन् २००७ मा सुरु भएको एक अध्ययनले ८ वर्षको अवधिमा २,२५६ हाइड्राको विश्लेषण गरेको थियो । पहिलो विश्लेषणनै अविश्वसनीय थियो । किनकि कुनै पनि विषयले बुढ्यौलीको कुनै पनि संकेत देखाएन ।

सामान्यतया, माइक्रोस्कोपिक (अति सुक्ष्म) जनावरहरू अधिकतम २ वर्षसम्म बाँच्छन् । तर प्रायजसो प्रजातिहरूको आयु ३ महिना हुन्छ ।

Image Credit-wikimedia.com

अर्को पक्ष, यो लामो अवधिसम्म ८६ प्रतिशत अंगको भाग पूर्ण उर्वर रहने पत्ता लाग्यो । यस प्रजातिको अमरत्व विश्लेषण गर्न प्रयोग गरिएको मापन लामो समयको अवधिमा यसको स्थिरता हेर्नको लागि थियो । मृत्युको बढ्दो दर र उमेर बढेसँगै प्रजनन क्षमतामा गिरावट आउँछ । उमेर बढ्दै जाँदा माइक्रोस्कोपिक जनावरहरूको कुनै पनि अन्य प्रजाति नष्ट हुने थियो । तर यो भएन ।

जीववैज्ञानीक डेनियल मार्टिनेज द्वारा सन् १९९८ मा समान प्रजातिहरूमा उस्तै खाले अध्ययन गरिएको थियो जसले यस अध्ययनमा भाग लिएका थिए । तर ति अध्ययनमा फरक परिणाम देखिएको थियो । किनभने त्यो बेला समयसँगै कमजोर परिस्थितिमा राखिएको थियो । पछिल्लो अध्ययनमा जीवविज्ञहरूले हाइड्राहरूको जीवनको लागि उत्तम अवस्था छ भन्ने सुनिस्चित गरे । अर्थात् उपयुक्त अवस्थामा राखे । वा तिनीहरूको प्राकृतिक बासस्थानको सकेसम्म निकट रहनेगरि सुनिश्चित गरे । तिनै परिणामहरूले विज्ञहरूलाई ठोस निष्कर्षमा पुर्‍यायो :

“मलाई विश्वास छ कि प्रत्येक हाइड्रा सही परिस्थितिमा सधैंभरि बाँच्न सक्छ” डेनियल ई। मार्टिनेज द्वारा उद्धरण गरिएको छ ।

अध्ययनको नतिजाको आधारमा विज्ञहरूले हाइड्राले प्रतिनिधित्व गर्ने जैविक विशेषताहरूलाई ननसेन्सेन्स (नेग्लिजिबल सेन्सेन्स) नाम दिएका छन् । यस जीवका परस्पर संवन्धित अङ्गको सरलता यसको असाधारण जटिलताको भ्रम हुनसक्छ जुन यस जैविक कोडलाई तोड्न वैज्ञानिकहरूलाई वर्षौंको अध्ययन लाग्ने छ ।

यसको उदाहरणले सूक्ष्म जनावरहरूको थप गहिराइमा विश्लेषण गर्न आवश्यक पर्ने पर्याप्त प्रविधिको अभाव देखाउँछ । यद्यपि सन् २०१९ मा प्रकाशित एक वैज्ञानिक पेपरमा एक बलियो तर्क प्रस्तुत गरिएको छ जसले देखाउँछ, सूक्ष्म जीवहरूको विश्लेषणको लागि प्राविधिक विकासको ढिलो विकास भइरहेको छ ।

(मेडियम डेलीमा आन्द्रेई तपालगाद्वारा लेखिएको आलेखका प्रमुख अंशलाई भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया