शुक्रबार, वैशाख ७, २०८१

जर्मन स्वास्थ्यमन्त्रीको कार्यालयमा तोडफोड

नेपालप्लस संवाददाता२०७८ पुष १९ गते १:४७

Image credit-www.dw.com

नयाँ वर्षको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रीसहित दुई जर्मन सांसदहरूको कार्यालयमा तोडफोड गरिएको छ ।

कोरोना भाईरस नियन्त्रणकालागि नियमहरु बनाएपछि त्यसप्रति आक्रोशितहरुलाई तोडफोडको जिम्मेवार ठहराइएको छ । अक्रोशितहरुले स्वास्थ्य मन्त्री कार्ल लाउटरबाखको निर्वाचन क्षेत्र कार्यालय समेत तोडफोड गरिदिएका छन् ।

लाउटरबाखको कार्यालय तोडफोड गरिएको यो दोस्रो पटक हो ।

जर्मन स्वास्थ्य मन्त्री कार्ल लाउटरबाखले नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो स्थानीय निर्वाचन क्षेत्र कार्यालयमा भएको तोडफोड र आक्रमणको आलोचना गरेको जर्मन मिडियाहरुले रिपोर्ट गरेका छन् ।

सेन्टर-लेफ्ट सोसल डेमोक्र्याट (एसपीडी) का सदस्य लाउटरबाखले पश्चिमी सहर कोलोनमा रहेको आफ्नो कार्यालयको झ्याल फुटाइएको बताएका छन् ।

तोडफोड गर्नेहरूले पूर्वी राज्य सक्सोनीका सेन्टर राईट क्रिश्चियन डेमोक्र्याट पार्टी (सिडियु) का सांसद मार्को वान्डरविट्जको संसद सदस्यको कार्यालयलाई पनि निशाना बनाएका छन् । जोनिज सहरमा रहेको वान्डरविट्जको कार्यालयको झ्यालमा ठूलो क्षति पुगेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक