शुक्रबार, वैशाख ७, २०८१

आणविक ऊर्जालाई ‘खतरनाक’ भन्दै जर्मनीद्वारा युरोपेली संघको योजना अस्वीकार

नेपालप्लस संवाददाता / जर्मनी२०७८ पुष १९ गते १९:०८

जर्मन सरकारले आणविक उर्जालाई ‘खतरनाक’ भन्दै आणविक उर्जालाई भविष्यको जलवायु रणनीतिको हिस्सा बनाउने ईयूको प्रस्तावमा आपत्ति जनाएको छ ।

जर्मनीले यस वर्षको अन्त्य सम्ममा आफ्ना बाँकी तीन आणविक उर्जा केन्द्रहरू बन्द गर्ने घोषणा गरिसकेको छ । सन् २०३० सम्ममा कोइला उत्पादन बन्द गर्ने तयारी गरेको छ ।

“हामी आणविक प्रविधिलाई खतरनाक मान्दछौं” जर्मन सरकारी प्रवक्ता स्टेफेन हेबेस्ट्रेटले बर्लिनमा पत्रकारहरूलाई भने “हजारौं पुस्तासम्म रहने विकिरणशिल फोहोरलाई के गर्ने भन्ने प्रश्न समाधान हुनसकेको छैन ।”

जर्मनीले आणविक ऊर्जाबारे ईयुको मूल्याङ्कनलाई स्पष्ट रूपमा अस्वीकार गर्नेपनि प्रवक्ताले बताए । “बारम्बार युरोपेली आयोग तर्फ जर्मनीले आफ्नो यो स्थिति बताएको छ । जर्मनीले अब यस विषयमा अर्को चरणमा आधिकारिक रुपमै अस्विकार गर्ने विचार गरिरहेको छ” उनले भने ।

जर्मनीको ग्रीन पार्टी नयाँ सरकार गठबन्धनको एक हिस्सा हो । उसले ट्वीट गरेको छ “आणबिक उर्जालाई हरित ऊर्जामा स्विच गर्ने यो उच्च समय हो । खतरनाक आणविक उर्जाको पक्ष लिएर ऊर्जाको साँच्चै दिगो रूपमा लगानी गर्ने अवशर रोकिनु हुँदैन ।”

तर वातावरणविदहरूले जर्मनीले प्राकृतिक ग्यासमा जोड दिएकोमा आलोचना गरेका छन् जुन कोइला भन्दा कम प्रदूषित त छ तर जलाउँदा कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ ।

सरकारी प्रवक्ता स्टेफेन हेबेस्ट्रेटले जर्मन सरकारको लक्ष्य प्राकृतिक ग्यासलाई “ब्रिज टेक्नोलोजी” को रूपमा मात्र प्रयोग गर्ने र यसलाई २०४५ सम्ममा नवीकरणीय ऊर्जाबाट उत्पादित हाइड्रोजन जस्ता गैर-प्रदूषणकारी विकल्पले प्रतिस्थापन गर्ने बताएका छन् । जर्मनीले आफ्नो देश जलवायु तटस्थ बन्ने समयसीमा तय गरेको बताउँदै आएको छ ।

अर्कोतर्फ जर्मनीको छिमेकी फ्रान्सले आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न विद्यमान आणबिक उर्जा केन्द्रहरुलाई आधुनिकीकरण गर्ने र नयाँ निर्माण गर्ने लक्ष्य राखेको छ । जर्मनी र फ्रान्सका यि फरक कदमले इयुमा सास्या पार्नसक्ने विशेषज्ञहरुले औंल्याउँदै आएका छन् ।

ईयुका दुई ठूला अर्थतन्त्र भएका मुलुक फ्रान्स र जर्मनीले लिएका विरोधी मार्गहरूले ईयुको कार्यकारी आयोगको लागि अप्ठ्यारो अवस्था निम्त्याएको छ । यो गहिरिन सक्छ । एसोसिएटेड प्रेसले ईयु योजनाको मस्यौदा केलाउँदै आणविक ऊर्जा र प्राकृतिक ग्यास दुवैमा लगानी गर्ने उद्देश्यका लागि निश्चित परिस्थितिमा दिगो मानिने निष्कर्ष निकालेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक