शुक्रबार, चैत १६, २०८०

एनआरएनए अध्यक्षका तीन उमेदवारबिच गम्भिर वार्ता, के छ सहमतिको दस्तावेजमा ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ पुष १९ गते २१:३७

एनआरएन अनौपचारिक बैठकमा दाहिनेबाट क्रमश: एनआरएनए उपाध्यक्ष डा. बद्रि केसी, एनआरएनए सल्लाहकार कुल आचार्य, एनआरएनए अफ्रिका संयोजक रोशन थापा र एनआरएनए उपाध्यक्ष रबीना थापा । फोटो- रोशन थापाको फेबु

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनकालागि तिन उमेदवारबिच सोमवार (जनवरी ०३) विशेष बैठक बसेको छ । अध्यक्ष कुमार पन्तले असहमतिका बुँदाहरु पहिल्याएर सहमति खोज्न बनाएको उच्च स्तरिय समिति, अध्यक्षका तिन उमेदवार र अध्यक्ष कुमार पन्तबिच बैठक भएको हो ।

अध्यक्ष कुमार पन्तले असहमतिका बुँदाहरु पहिल्याएर सहमति खोज्न गठन गरेको उच्च स्तरित समितिमा संघका सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवक्ता डिबी क्षेत्री, सल्लाहकार विश्व आदर्श पण्डित र डा. यादव पण्डित छन् ।

“एनआरएनएको प्रतिनिधि विवादलाई किनारा लगायौं” वार्ता समिति सदस्य, जोशी

एनआरएनएका बिभिन्न क्षेत्रका संयोजक, विभिन्न पदका केन्द्रिय पदाधिकारी लगायत तिन जना अध्यक्षका उमेदवारका प्रतिनिधीहरुबिच पहिले अनौपचारिक छलफल भएको थियो । छलफल निर्वाचन र महाधिवेशनमै केन्द्रित थियो ।

अनौपचारिक छलफल पछि अध्यक्ष कुमार पन्तले अध्यक्षका तिन प्रत्यासी डा. बद्रि केसी, कुल आचार्य र रबीना थापालाई विवाद समाधान उच्चस्तरिय समितिसहित गोप्य बैठकमा लगे ।

बैठकमा निर्वाचनमा जाने र त्यसकालागि हाल प्रमुख विवाद रहेको प्रतिनिधि छनौटको विषयमा छफलफल शुरु भयो । समस्याको पहिचान, छलफल र सहमति गराएर टुंग्याउन समिति बनाएको र समितिले प्रतिनिधि छनौटका विषयमा समाधानको सुझावसहित दस्तावेज दिएको पन्तले सुनाए ।

के के हुन् सहमतिका बुँदा ?

(१) प्रतिनिधी छनौटका विषयमा जुन जुन विषयमा समस्या भयो, सहि किसिमले प्रतिनिधि छनौट भएनन् भनेर अध्यक्षका प्रत्यासी कुल आचार्यले गुनासो र विरोध गरेका छन् त्यसमा सहमतिमा प्रतिनिधि छान्ने भनिएको छ । अर्थात्, जुन जुन देशमा प्रतिनिधि छनौटमा समस्या देखाइएको छ ति देशमा एनआरएनए अभियानमा लागेका, प्रतिनिधि हुनैपर्ने तर छुटाईएका ब्यक्तिहरुको पहिचान गरेर समेट्ने । एनआरएनएको अभियानमा जोडिएका छुट्नै नहुने महत्वपूर्ण ब्यक्ति छन् भने तिनलाई जुन पक्षको भएपनि समेट्ने सहमतिको प्रस्तावमा छ ।

(२) अगस्ट १५ सम्म मात्रै केन्द्रिय महाधिवेशनकालागि प्रतिनिधिको नाम पठाउने वैधानिक ब्यवस्था छ । तर अगस्ट १५ पछिपनि प्रतिनिधिहरुको नामावली आफूखुशि, जबर्जस्ति, मनोमानि, एकपक्षिय ढंगले पठाएको आरोप कुल आचार्य पक्षले लगाउँदै आएको छ । हालको सहमतिको प्रस्तावमा त्यसरि अगस्ट १५ पछि आएका प्रतिनिधि भएमा हेरेर तिनलाई हटाउने सुझाव दिईएको छ ।

(३) वैधानिक ब्यवस्था अनुरुप २५ प्रतिशत प्रतिनिधिहरु एनसिसीहरुको प्रत्यक्ष निर्वाचनबाटै चुनिएर आउनुपर्ने भन्ने छ । तर राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) हरुले यसलाई धेरै देशमा पालना गरेका छैनन् । यसरि पालना नगर्नेमा यो वा त्यो पक्षभन्दापनि सबैतिर छन् । त्यसैले विधानत धेरै देशमा पालना नभएकाले २५ प्रतिशत प्रतिनिधि छनौट सहमतिमा गर्ने । यो पटककालागि सहमतिमा छानेर टुंगो लगाउने भन्ने छ । कोहि प्रतिनिधि हुनैपर्ने ब्यक्ति छुटेको भए सहमतिमा थप्ने भनिएको छ । योपनि विवाद भएका देशहरुकालागि मात्रै हो ।

(४) विधान अनुसार अगस्ट १५ सम्ममा ६५ प्रतिशत प्रतिनिधिको सूची केन्द्रमा पठाउनुपर्नेमा त्यसपछिपनि पठाएको भए ति नामहरु हटाएर अगस्ट १५ पहिलेनै पठाएको सूचीलाई कायम गर्ने सहमतिको दस्तावेजमा छ ।

आज बसेको अध्यक्षका तिन प्रत्यासी र उच्च स्तरिय समस्या समाधान समितिको बैठकमा समितीले तयार पारेका बुँदाहरु तिनै जनालाई पढेर सुनाइएको थियो । त्यसपछि ति बुँदामा छलफल भएको थियो ।

उच्च स्तरिय समस्या छानबिन समितिका तर्फबाट डिबी क्षेत्री, महेश श्रेष्ठ र सहजकर्ताका रुपमा अध्यक्ष कुमार पन्त थिए ।

छलफलपछि उच्च स्तरिय समितिले दिएको सुझाव अनुरुप प्रतिनिधि छनौटको विषय टुंग्याउन आफूहरु सहमत भएको डा. बद्रि केसी र रबीना थापाले बताएका थिए । तर कुल आचार्यले भने भोली अर्थात् मंगलवार (जनवरी ४) मा फेरि बैठक बस्ने प्रस्ताव गरेपछि बैठक भोलिपल्ट बस्ने भन्दै टुंगिएको थियो ।

उच्चस्तरिय समितिले दिएको सुझाव अनुरुप सहमति भएमा जनवरीमै निर्वाचन गरिने भएको छ । केन्द्रिय समितिले प्रतिनिधि छनौटको सूची दिएको करिब २० दिनमा निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया पुरा गरेर निर्वाचन गर्न सक्ने एनआरएनए निर्वाचन समितिले यस अघिनै बताइसकेको छ ।

हाल भैरहेका अनेक वार्ता, गोप्य र खुला छलफलमा प्रतिनिधि छनौटको टुंगो लगाएर छिटै निर्वाचनमा जानुपर्ने दबाब र आकांक्षा बढिरहेको छ ।

संवन्धित पोष्ट

“एनआरएनएको प्रतिनिधि विवादलाई किनारा लगायौं” वार्ता समिति सदस्य, जोशी

तपाइँको प्रतिक्रिया