शुक्रबार, वैशाख १४, २०८१

फ्रान्सका प्रहरीद्वारा सात टन नाइट्रस अक्साइड बरामद

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २० गते ०:४६

फ्रान्सेली प्रहरीले करिब सात टन नाइट्रस अक्साइड बरामत गरेको बताएको छ । नाइट्रस अक्साइडलाई सामान्य रूपमा लाफिङ ग्यास पनि भनिन्छ।

डिसेम्बरमा पेरिस नजिकैको एउटा गोदामबाट सात टन ग्यास बरामद भएको प्रहरीले ट्विटरमा जनाएको छ ।

नाइट्रस अक्साइड न्वासिएलको उपनगरमा सिलिन्डरहरूमा फेला परेको थियो । यसको मूल्य २७ लाख ५० हजार युरो पर्ने प्रहरीले उल्लेख गरेको छ । कारबाहीका क्रममा तीन जनालाई पक्राउ गरिएको छ ।

सेप्टेम्बरमा लियों शहरमा फ्रान्सेली अधिकारीहरूले अनुसन्धान सुरु गरेपछि यो खोज गरिएको हो ।

कालोबजारीमा नाइट्रस अक्साइड बेच्ने र वितरण गर्ने संगठित आपराधिक गिरोहमाथि अनुसन्धान केन्द्रित गरेको प्रहरीले जनाएको छ ।

लफिङ ग्यास फ्रान्समा पार्टीमा जाने, गाउुँ र पहाड वा अलि दूर्गमतिर छुट्टीमा जाँदा र खासगरि एडभेन्चर (साहसिक यात्रा) मा जानेहरू र युवाहरूमाझ लोकप्रिय छ । किनभने यो छिटो जल्ने र बढी प्रभावकारी भएकाले लोकप्रिय मानिएको छ । तर ग्यासले अचेत बनाउने, स्मरण शक्ति नाश गर्ने वा गम्भीर न्यूरोलोजिकल र हृदय सम्बन्धी विकारहरू निम्त्याउन सक्छ ।

गत वर्ष जुन १ देखि फ्रान्सले नाइट्रस अक्साइडको कारोवार वा प्रयोग गर्नेमाथि ३,७५० युरो जरिवाना तोक्दै यसको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

तपाइँको प्रतिक्रिया