बिहीबार, वैशाख ६, २०८१

दर्जनौं सांसदको ज्यान लिने धम्किपछि फ्रान्सेली सांसदहरूद्वारा खोप विधेयक अस्वीकार

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २० गते १५:५८

कोरोना खोप पास विधेयक पारित गरेमा ज्यान लिने लगायतका धम्की आएपछि फ्रान्सेली सांसदहरूले सोमबार राती कोरोना स्वास्थ्य पासलाई खोप पासमा परिणत गर्ने विधेयक अस्वीकार गरेका छन् ।

जतिसक्दो चाँडो ऐन ल्याउने आशा राखेको सरकारलाई यो अचम्मको असफलता आइलागेको छ ।

यदि स्वीकृत भएमा पासले पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू वा हालसालै कोविड-१९ बाट निको भएकाहरूका लागि धेरैजसो सार्वजनिक स्थानहरूमा पहुँच प्रतिबन्धित गर्ने थियो ।

महत्त्वपूर्ण पक्ष के छ भने यसले मानिसहरूलाई हालैको नकारात्मक कोविड परीक्षण देखाएर पास प्राप्त गर्नबाट रोक्छ । जुन हालसम्म सम्भव छ ।

‘सरकारको मुखमा थप्पड’

विपक्षीले ठूलो स्वरमा स्वागत गरेको प्रस्तावलाई आश्चर्यचकित रुपमा सांसदहरुले निलम्बन गरिदिएका छन् । यसले अन्तिम स्वीकृतिको तालिकालाई पछि पार्ने सम्भावना छ । विधेयेकलाई यसै हप्ताको अन्त्यमा पास गर्ने तय गरिएको थियो ।

यो विधेयक पास गरेमा आक्राण गर्ने, ज्यान लिने र हिंसा फैलाउने लगायतका धम्की दर्जनौं सांसदलाई केह् दिनदेखि आएको थियो । त्यसैको त्रासलाईपनि विधेयक अस्विकार हुनुको कारण हो भन्ने सर्वासाधरणमा परेको छ ।

“यो सरकारको अनुहारमा थप्पड हानिएको हो” सांसद जुलियन औबर्टले भने । वामपन्थी आँसुमिस पार्टीका नेता जँ-लुक मेलँसोंले फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभए भेरँलाई सुधार गरेको भन्दै विधेयेक अस्विकार गर्ने सांसदहरुको निर्णयलाई स्वागत गरे ।

भेरँले सोमबार राति सांसदहरूले बहस गरून् ताकि बिल चाँडै माथिल्लो सदनमा लैजान सकियोस्” भनेका थिए ।

सत्तारुढ प्रमुख पार्टी ल रेपुब्लिक्याँ अँ माश (एलआरईएम) का क्रिस्टोफ कास्टनेरले मध्यरातमा खोप प्रस्ताव विरोध गर्नेहरूलाई गैरजिम्मेवारको संज्ञा दिएका छन् ।

संसदीय समूहका अध्यक्षहरूले अब छलफल कहिले जारी राख्ने भन्नेमा सहमति गर्न मंगलबार बैठक गर्ने कार्यक्रम छ ।

संसदीय स्रोतले मंगलबार साँझ वा बुधवारसम्म यो विधेयक सांसदहरूको अगाडि पुन: पेश गर्नसक्ने बताएको छ ।

ज्यान मार्ने धम्की

तर प्रतिबन्धलाई अझै कडाई गर्ने प्रस्तावले फ्रान्समा खोप विरोधी प्रदर्शनकारीहरूलाई झन आक्रोशित बनाएको छ ।

दर्जनौं फ्रान्सेली सांसदहरूले नयाँ विधेयकमाथिको बहसअघि आफूहरूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

राष्ट्रपति एमानुएल माख्रोंको पार्टी एलआरईेएमका धेरै सांसदहरूले विधेयक पास गरेमा हिंसा गर्ने भन्दै धम्की आएको बताएका छन् ।

गत हप्ता वाज क्षेमा अर्का फ्रान्सेली सांसदको गाडीमा आगो लगाइएको थियो । भ्याक्सिन विरोधी प्रदर्शनकारीहरूले उनको कार्यालय र गाडी तोडफोड गरेका थिए । एलआरईएम पार्टीकी सांसद बारबरा बेसोट बालेटले कम्तिमा ५२ सांसदहरूले “अस्वीकार्य” धम्कीहरू पाएको बताएकि छन् ।

आइतवार आजिर पार्टीका एनियँ फर्मिन ल बोडोले आफूलाई आएको एक ग्राफिक धम्की ट्वीट गरेकि थिईन् जुन उनलाई अज्ञात रूपमा इमेलबाट पठाइएको थियो।
इमेलमा फर्मिनले बोडोलाई उनीहरूले सांसदहरुलाई शिर काट्न चक्कु किनेर राखेको उल्लेख गरेको बताएकि थिईन् ।

अर्का सांसद होराइजन्स पार्टीकी नाइमा माउचौले पनि त्यस्तै धम्की पाएको बताउँदै भनेकि थिईन् “तपाईंको घरमा गोली हानेर तपाईंको टाउको काटिनेछ”।

मृत्युको धम्कीको जवाफमा स्वास्थ्य मन्त्री भेरानले खोप विरोधी प्रदर्शनकारीहरूको स्वार्थको निन्दा गर्दै धम्की दिने व्यक्तिहरूलाई सजाय दिइने वाचा गरेका छन् ।

सोमबार भेरानले खोप पास बिधेयेक बहस अघि निर्वाचित अधिकारीहरूलाई थप सुरक्षा दिने वाचा गरेका थिए ।

ग्रिह मन्त्री गेराल्ड डार्मानिनले प्रहरीले निर्वाचित सांसदहरूको सुरक्षालाई बलियो बनाउने बताएका छन् ।

“हामी झुक्ने छैनौं” सत्तारुढ पार्टी एलआरईएमका सांसद याएल ब्राउन-पिभेटले सोमबार संसदमा भने “फ्रान्सको लोकतन्त्र “खतरामा छ”।

फ्रान्सको संसदमा तनावपूर्ण बहस

धेरै युरोपेली देशहरू जस्तै फ्रान्सले हालका महिनाहरूमा स्वास्थ्य सुधार गरेपनि कोरोना भाइरस प्रतिबन्धहरू विरुद्ध प्रदर्शनहरू भोगिरहेको छ ।

फ्रान्समा हाल युरोपेली संघमा सबैभन्दा उच्च कोविड-१९ खोप दर छ जसमा १२ वर्ष र त्यस माथिका ९१ प्रतिशत भन्दा बढी नागरिकहरूलाई पूर्ण रूपमा खोप लगाइएको छ । तरपनि कोरोना संक्रमितको संख्या भने बढीरहेको छ । हाल फ्रान्समा दैनिक करिब दुई लाख मानिस कोरोनाबाट संक्रमित भैरहेका छन् ।

गत अगस्टदेखि फ्रान्सेली नागरिकहरूले धेरै सार्वजनिक स्थानहरूमा खोपको प्रमाण वा नकारात्मक कोविड-१९ परीक्षण देखाउनु परेको छ ।

तर नयाँ ‘खोप पास’ विधेयक अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टसँग जोडिएको संक्रमणको लहरलाई रोक्नको लागि पेश गरिएको हो ।

हाल प्रस्तावित नयाँ नियमहरूले फ्रान्सलाई भविष्यमा कर्फ्यू वा तालाबन्दीहरू लागू गर्नबाट रोक्ने भनाई सरकारको छ । फ्रान्सेली स्वास्थ्य सुविधा र सेवाहरू लिन नकारात्मक परीक्षणले अझैपनि पर्याप्त हुन्छ ।

फ्रान्समा नक्कली खोप प्रमाणपत्रको बिगबिगी पनि छ । नक्कली खोप पास लिने व्यक्तिलाई अधिकतम पाँच वर्षको जेल सजाय र ७५ हजार युरो जरिवाना तोकिएको छ । बार र रेष्टुरेन्टहरूलाई पनि ग्राहकहरूको खोप प्रमाण जाँच गर्न असफल भएमा एक हजार युरो जरिवाना तोकिएको छ ।

संसदमा तनावपूर्ण अवस्थामा भएको बहसमा धेरै विपक्षी सांसदहरूले नयाँ नियमहरूको विरोध गरेका छन् । वामपन्थी सांसद जँ-लुक मेलँसोंले प्रस्तावित कानूनले अधिनायकवादी, हैकमवादी समाज” सिर्जना गर्ने बताएका छन् ।

अन्यको सुझाव छ – फ्रान्सले भाइरससँग लड्न अन्य उपायहरुमा ध्यान केन्द्रित गर्नुपर्छ । जस्तै एफएफपि मास्क र कोविड-१९ परीक्षणहरू, वा संक्रमणको जोखिममा परेकाहरूका लागि मात्र उपायहरू परिचय गराउनुपर्छ ।

सोमबार साँझ पेरिसस्थित फ्रान्सेली संसद भवन बाहिर पनि खोप पास विधेयेकबिरुद्द विरोध प्रदर्शन गरिएको थियो ।

यदि सरकारले अपेक्षा गरे अनुसार विधेयेक पारित भयो भने यस हप्ता फ्रान्सेली सिनेटमा जान्छ र यसलाई जनवरीको मध्यमा लागू गरिने संभावना छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक