बिहीबार, वैशाख ६, २०८१

एनआरएनको गम्भिर वार्ता डा. महतोको पर्खाइमा, प्रतिनिधिको सूची धमाधम हेरिंदै

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ पुष २० गते १८:४६

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचनकालागि प्रतिनिधि छनौटको विषयमा सहमति जुटाउने उद्देश्यले सबै पक्षबिच गर्ने भनिएको बैठक संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको पर्खाईमा बसेको छ ।

संघको आगामी नेतृत्वकालागि अध्यक्षका तीनै जना उमेदवार डा. बद्रि केसी, रबीना थापा र कुल आचार्यसहित सहमतिकालागि गर्ने भनिएको वार्ता डा. उपेन्द्र महतो नेपालबाहिर रहेकाले रोकिएको अध्यक्ष कुमार पन्तले नेपालप्लसलाई बताए ।

“उपेन्द्रजी देश बाहिर हुनुहुन्छ । पर्सी फर्किने कुरो छ । उहाँ आएपछि अध्यक्षका तीनै जना प्रत्यासीसित बसेर बैठक बस्ने सल्लाह भएको छ” पन्तले भने ।

पन्तले एकापसमा छलफल गरेरै डा. उपेन्द्र महतोसहित बैठकमा बस्ने सहमति भएकोसमेत बताए ।

यसैबिच, आगामी नेतृत्वकर्ताका तर्फबाट आआफ्ना प्रतिनिधिहरुले आगामी महाधिवेशनकालागि प्रतिनिधिहरुको सूची हेर्ने, सत्यतथ्य केलाउने काम गरिरहेका छन् ।

“एनआरएनएको प्रतिनिधि विवादलाई किनारा लगायौं” वार्ता समिति सदस्य, जोशी

अध्यक्षका तीनै जना प्रत्यासी डा. बद्रि केसी, कुल आचार्य र रबीना थापाका तर्फबाट प्रतिनिधि छनौटको सूची, त्यसमा भएका नामावली हेर्ने, कमजोरी भए नोट उतार्ने, प्रमाणित गरेर आफ्नो आफ्नो तर्फबाट सूची बनाउने काम भैरहेको छ । प्रतिनिधिहरुको सूची उमेदवारहरुका प्रतिनिधिहरुलाई जाँचबुझ गर्न दिईएको छ । उनीहरुले सत्यतथ्य केलाएपछि सहमति अनुरुप छुटेकालाई समेट्ने वा अनावस्यक तरिकाले सूचिक्रित भएकालाई हटाईने छ ।

“आगामी नेत्रित्वकालागि आकांक्षीहरुले आफ्ना आफ्ना प्रतिनिधि मार्फत् प्रतिनिधिहरुको नामावली, सूची ‘भेरिफाई’ गरिरहनु भएको छ । त्यसमा भएका कमिकमजोरी, असहमति लाई सहमति गरेर र विधान अनुरुप सुधार गरिन्छ” पन्तले भने ।

अध्यक्ष कुमार पन्तले असहमतिका बुँदाहरु पहिल्याएर सहमति खोज्न केहि साता अघिनै एक उच्च स्तरिय समिति गठन गरेका थिए । संघका सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवक्ता डिबी क्षेत्री, सल्लाहकार विश्व आदर्श पण्डित र डा. यादव पण्डित रहेको उच्च स्तरिय समितिले प्रतिनिधि छनौटको विवाद सुल्झाउन दस्तावेजनै तयार गरेर अध्यक्ष पन्तलाई बुझाईसकेको छ ।

समितिले बुझाएको सुझावसहितको दस्तावेज अनुसार आफूहरु जान तयार रहेको डा. बद्रि केसी र रबीना थापाले बताईसकेका छन् । कुल आचार्यका तर्फबाटपनि समितिको सुझाव अनुसार सहमति हुने अपेक्षा अभियन्ताहरुले गरेका छन् । अन्तिम सहमतिकालागि पर्खिरहेका छन् ।

संवन्धित समाचार

“एनआरएनएको प्रतिनिधि विवादलाई किनारा लगायौं” वार्ता समिति सदस्य, जोशी

तपाइँको प्रतिक्रिया