शनिबार, वैशाख ८, २०८१

जर्मनीमा कोरोना प्रतिबन्ध बिरुद्दको प्रदर्शनीमा प्रहरी अधिकृतमाथि कुटपिट र हतियार खोस्ने प्रयास

नेपालप्लस संवाददाता / जर्मनी२०७८ पुष २० गते २३:२३

Image credit-dw.com

जर्मनीमा कोरोना महामारी प्रतिबन्धको बिरूद्ध भएको प्रदर्शनीमा प्रदर्शनकारीले एक प्रहरी अधिकारीमाथि कुटपिट गर्नुको साथै प्रहरीको हतियार खोस्ने प्रयाससमेत गरिएको छ ।

जर्मनीमा प्रहरीले देशको महामारी प्रतिबन्धको बिरूद्ध भएका पछिल्ला प्रदर्शनमा बढी हिंसात्मक भएको रिपोर्ट गरेको छ ।

पूर्वी सहर लिचटेनस्टाइनमा एक जना प्रदर्शनकारीले एक प्रहरी अधिकारीलाई कुटपिट गरेका छन् भने अर्का एक प्रदर्शनकारीले हतियार खोस्ने प्रयास गरेका थिए ।

हजारौं मानिसहरू साप्ताहिक प्रदर्शनीका लागि जर्मनीभर सडकमा उत्रिएका थिए । त्यसलाई सार्वजनिक जमघटहरूमा लगाइएको प्रतिबन्धहरू उल्लंघनको प्रयासका रुपमा सुरक्षा अधिकारीहरुले लिएका छन् ।

डिपिए समाचार एजेन्सीले रिपोर्ट गरेअनुसार रोस्टक र ट्रियर जस्ता सहरहरूमा पनि विरोध प्रदर्शनहरू भएका थिए ।

धेरै जसो जुलुसहरू शान्तिपूर्ण रूपमा भएका थिए । यद्यपि धेरैले सामाजिक दूरीका नियमहरू तोडेका थिए । त्यसले गर्दा अधिकारीहरूलाई जुलुसमाथि हस्तक्षेप गर्न र दर्जनौंलाई गिरफ्तार गर्न प्रेरित गरेको थियो ।

सोमवार साँझ भएको प्रदर्शनमा मानिसहरूको पहिचान जाँच गर्ने प्रयास गर्दा एक प्रहरी अधिकारीलाई आक्रमण गरिएको स्याक्सोनीका प्रहरीले उल्लेख गरेको भन्दै डिपिए न्युजले उल्लेख गरेको छ । प्रहरीको बिज्ञप्ती अनुसार धेरै प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि उनीहरूमाथि रासायनिक स्प्रे हानेर तितरबितर पारिएको थियो ।

“एक प्रदर्शनकारीले प्रहरी अफिसरको हतियार जफत गर्ने प्रयास गरे र अर्को एक प्रहरी अधिकारीमाथि भेलामा आएका सहभागीबाट गरिएको प्रहारले चोट लागेको थियो” प्रहरीले भनेको छ ।

बाउत्जेनमा भएको प्रदर्शनीमा केही सहभागीहरूले प्रहरीको घेरा तोड्ने प्रयास गरेपछि प्रहरीहरूले कालो मरिचको तरल स्प्रे र लाठी प्रयोग गरेका थिए ।

स्याक्सोनी-एनहल्ट राज्यको राजधानी म्याग्डेबर्गमा पनि प्रदर्शनकारीहरूले प्रहरीमाथि बोतल र आतिशबाजी प्रहार गरेका थिए ।

जर्मनीको महामारी विशेषज्ञ प्यानलको मंगलबारको बैठक अघि बिभिन्न भागमा विरोध प्रदर्शन भएको थियो । बैठकले कोरोना प्रकोपलाई कसरी सम्वोधन गर्ने भनेर सरकारलाई नयाँ सिफारिसहरू पेश गर्ने अपेक्षा गरिएको छ । प्रदेश र संघीय नेताहरुको बैठक शुक्रबार बस्ने भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक