शुक्रबार, वैशाख ७, २०८१

फ्रान्सेली सेलिब्रेटी जुम्ल्याहाको कोरोनाका कारण छ दिनको फरकमा मृत्यु

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २१ गते १९:४७

फ्रान्सेली सेलिब्रेटी जुम्ल्याहा इगोर र ग्रिचका बोगडानोफ दुबैले छ दिनको फरकमा ज्यान गुमाएर फेरिपनि विश्व मेडियामा चर्चित बनेका छन् । बाँचुन्जेल चर्चा कमाएका यि जुम्ल्याहालाई कोरोना लागेको थियो । छ दिनको बिचमा दुबैले ज्यान गुमाए ।

दुबै टेलिभिजन प्रस्तुतकर्ताहरू थिए । प्रसिद्द थिए । यो जोडी सन् १९८० को दशकमा प्रसिद्धिमा पुगेको थियो । तिनीहरूको असामान्य शारीरिक हाउभाउ र तिनीहरूको विवादास्पद वैज्ञानिक कार्यहरूले तिनलाई निकै चर्चित गरायो ।

कोरोना संक्रमणबाट बिरामी परेपछि सोमबार पेरिसको एक अस्पतालमा ७२ वर्षको उमेरमा इगोरको निधन भएको थियो । छ दिन पछि ग्रिच्कालेपनि यो रोग विरुद्ध आफ्नो लडाई हारे ।

उनको प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा परिवारले भने : “शान्ति र प्रेममा, आफ्ना छोराछोरी र उनको परिवारले घेरिएको अवस्थामा इगोर बोगडानोफ सोमवार, जनवरी ३, २०२२ मा छुट्टै स्थलको प्रकाशको लागि प्रस्थान गरे ।”

इगोरकी पूर्व पत्नी जो लेखिका एमेली डे बोर्बोन-पर्मे हुन् । तिनीहरूका छ जना छोराछोरीहरू छन् ।

जुम्ल्याहाका वकिल एडुअर्ड दे लामाजले आटिएल मेडियालाई पुष्टि गरे ‘दुबैको कोविड-१९ संक्रमण पछि मृत्यु भएको थियो ।’

ग्रिच्काको मृत्यु भएको एक दिन पछि दर्शनशास्त्रका प्राध्यापक र पूर्व शिक्षा मन्त्री लुक फेरीले दुबै जनाले खोप नलगाएको दाबी गरे । फेरी जुम्ल्याहा कलाकारका साथी थिए ।

‘प्रसिद्ध र विवादास्पद’

टिभी फ्रेन्च १ (टिएफ१) मा उनीहरूले टिभी विज्ञान कथा कार्यक्रम ‘तँ इक्स’ (टाइम एक्स) चलाउँथे । सन् १९८० को दशकमा त्यहि कार्यक्रमले जुम्ल्याहालाई प्रसिद्ध बनाइएको थियो । जसमा तिनीहरू अचम्मको तर समय भन्दा अगाडि बढेर आधुनिक जस्तो देखिने सूट लगाएर देखापर्थे । उपग्रहको यान चालकका रुपमा देखा पर्थे । इगोर र ग्रिच्काको अनुहार बदलिएको, रूपान्तरित हुन्थ्यो । अर्थात भेष बदलिएको हुन्थ्यो । तिनको अनुहारको अक्सर खिल्ली उडाइन्थ्यो जुन तिनीहरूले आफूलाई “एलियन” को रूपमा वर्णन गर्थे ।

तिनीहरूको शो ‘द ट्वाइलाइट जोन’, ‘स्टार ट्रेक’ र ‘डक्टर हू’ जस्ता शृङ्खलाहरू फ्रान्सेली दर्शकहरूले औधी रुचाएका र असाध्यै हाँसोले भरिन्थ्यो ।

इगोरले बुर्गुन्डी विश्वविद्यालयबाट सैद्धान्तिक भौतिकशास्त्रमा पीएचडी गरेका थिए । तर तिनीका वैज्ञानिक कार्यहरू सधैं अत्यधिक विवादास्पद भएका छन् । र उनीहरूप्रति वैज्ञानिक समुदायका केही मानिसहरू आक्रोशीतपनि भए ।

आलोचकहरूले आफ्नो कामलाई जुम्ल्याहाले कम मूल्य दिएको, हल्का ठानेर आलोचना गरेको अर्थ्याए । विशेष गरी जुम्ल्याहाले सन् २००० मा भौतिक क्षेत्रका आलेखहरु प्रकाशित गरेपछि केहि बैज्ञानिकहरुले तिनको खुबै आलोचना गरे ।

उनीहरूलाई अमेरिकी खगोलविद् ट्रिन्ह जुआन थुआनले उनीहरूको सबैभन्दा प्रसिद्ध प्रकाशन “दिउ ए ला सियँस (देवता र विज्ञान)” बारे आलोचना गरिएको थियो । दार्शनिक जीन गिटन (१९९१) को अन्तर्वार्ता लिँदा साहित्यिक चोरीको आरोप लगाएका थिए ।

सन् २०१० मा फ्रान्सेली साप्ताहिक पत्रिका मारियानले सिएनआरएस (नेशनल सेन्टर फर साइन्टिफिक रिसर्च) को रिपोर्टको अंश प्रकाशित गर्‍यो जसमा यि जुम्ल्याहाको शोधपत्र र अन्य लेखहरूमा “कुनै वैज्ञानिक मूल्य छैन” उल्लेख थियो ।

धेरै रहस्यले यि जुम्ल्याहाहरूको जीवनी घेरिएको छ र तिनले धेरै कानुनी समस्याहरू सामना गरेका थिए ।

जुम्ल्याहा यि दुई दाजुभाइहरूले “कमजोर व्यक्तिहरूलाई ठगी गरेको” आरोपमा ति दुबै जना बिरुद्द अदालतमा मुद्दा दायर गरिएको थियो र मुद्दा सन् २०२२ को जनवरी २०, २१ र २७ मा सुनुवाई हुँदै थियो।

तपाइँको प्रतिक्रिया

फेसबुक