शुक्रबार, वैशाख १४, २०८१

खोप प्रतिबन्धले गर्दा इटालीका ८७ टापु संपर्क बिच्छेद हुनसक्ने अस्वथामा

नेपालप्लस संवाददाता२०७८ पुष २१ गते २०:४४

फोटो स्रोत- होटेल्स डट कम

ईटालीका साना टापूहरुलाई कोरोना महामारी बिरुद्दका प्रतिबन्धहरुबाट ‘निर्वासन’ मा राखिने भएको छ ।

आन्सा न्युजका अनुसार सोमबारदेखि इटालीले “सुपर ग्रीन पास” भएका नागरिकहरूलाई मात्र सार्वजनिक यातायात, जस्तै विमान र डुङ्गाहरू प्रयोग गर्न अनुमति दिने निर्णय गरेकोले टापुहरु ‘निर्वासित’ हुने अवस्थामा पुगेका हुन् ।

पासले केवल इटालियनहरूका लागि काम गर्नेछ जसले भाइरस विरुद्ध पूर्ण रूपमा खोप लगाएका छन् । वा हालै संक्रमणबाट निको भएका हुनुपर्ने छ । अर्को हप्ताबाट लागु गरिने नयाँ नियमहरू अन्तर्गत यातायात प्रयोग गर्न नकारात्मक परीक्षण अब पर्याप्त हुने छैन ।

तर एक गैरसरकारी संस्थाले केही टापुका बासिन्दाहरू अब इटालियन मुख्य भूमिमा यात्रा गर्न असमर्थ हुने र आफूहरुलाई “जबरदस्ती निर्वासन” मा राखिने चेतावनी दिएको छ ।

“समुद्री र हवाई यातायात …. केहि बासिन्दाहरूको लागि देशका अन्य भागमा जोडिने एक मात्र सम्भावित उपाय हो, स्मल आइल्याण्ड म्युनिसिपालिटी (एनसिआइएम) का अध्यक्ष फ्रान्सेस्को डेल देवले भनेका छन् ।

“यी यातायातका साधनहरूमा पहुँच निषेध गर्नु भनेको … विभिन्न कारणले खोप नपाएका बासिन्दाहरूलाई जबरजस्ती निर्वासनमा पठाउनु हो” उनको भनाई छ ।

इटालीका प्रधानमन्त्री मारियो ड्राघीलाई लेखेको पत्रमा एएनसीआईएमले टापुका बासिन्दाहरूलाई स्वास्थ्य, शिक्षा वा कामको लागि मुख्य भूमिमा यात्रा गर्न अझैपनि नकारात्मक परीक्षण प्रयोग गर्न दिन आग्रह गरेको छ ।

युरोन्युजका अनुसार इटालीमा ८७ साना टापुहरू छन् जसलाई एनसिआइएमद्वारा प्रतिनिधित्व गरिएको छ । तिनमा स्थायी स्वास्थ्य सुविधा छैन । ति टापुका नागरिक मुख्य अन्य शहर र क्षेत्रमा आउन बाध्य छन् ।

“यो एक जटिल अवस्था हो” नेपल्सको तटस्थित इस्चिया टापुमा रहेको नगरपालिकाका मेयरसमेत रहेका डेल देवले भनेका छन् ।

“लोकतन्त्रमा, अल्पसंख्यकहरूको अधिकार पनि सुरक्षित हुनुपर्छ” उनले स्पष्ठ पारेका छन् । उनले कोभिड-१९ खोपको लागि आफ्नो समर्थन पनि व्यक्त गरेका छन् ।

टापूहरुको एसोसिएसनले सुझाव दिएको छ -इटालीले ती टापुवासीहरूका लागि फेरी (डुंगा) हरूमा विशेष क्षेत्रहरू निर्धारित गर्नसक्छ जो कोरोनाको नकारात्मक परीक्षण प्रमाण बोकेर यात्रा गर्न सकुन् ।

“म व्यक्तिगत रूपमा खोपको पक्षमा छु । तर फेरीहरूका लागि सुपर ग्रीन पासको आवश्यकता सरकारको निरीक्षण हो भन्ने मलाई विश्वास छ” प्रोसिडा टापुका मेयर डिनो एम्ब्रोसिनोले युरोन्युजसित भनेका छन् “मुख्य भूमिमा पुग्नको लागि कुनै विकल्प नभएकोले टापुवासीहरूको आवतजावतको अधिकार सुरक्षित हुनुपर्छ ।”

इटालीले सन् २०२० को सुरुदेखि नै एक लाख ३७ हजार भन्दा बढी कोरोनाकै कारण मृत्यु भोगेर महामारीको ठूलो मूल्य चुकाएको छ ।

तर ईटालीमा १२ वर्षभन्दा बढी उमेरका ८५ प्रतिशत भन्दा बढी मानिसहरूलाई खोप लगाइएको छ । त्यसको साथै ५ देखि ११ वर्षका वालवालिकाहरूमध्ये १० प्रतिशत भन्दा बढीले खोप लगाएका छन् ।

तपाइँको प्रतिक्रिया