शनिबार, वैशाख ८, २०८१

हिमालमा खसेका पर्वतारोहीको १३ घण्टापछि कुकुरले जोगायो ज्यान

नेपालप्लस संवाददाता२०७८ पुष २१ गते २१:३९

Image Credit-HGSS – Hrvatska Gorska Služba Spašavanja

हिमालको उचाईबाट खसेर खाडलमा इन्तु न चिन्तु अवस्थामा पुगेका एक पर्वतारोहीलाई एउटा कुकुरले १३ घण्टासम्म कुरेर ज्यान जोगाइदिएको छ ।

नयाँ वर्षको दिन एड्रियाटिक तटमा रहेको हिमाल शृङ्खला भेलेबिटको अग्लो चुचुरो आरोहण गर्ने क्रममा १५० मिटरभन्दा तल खसेर ग्रगा ब्रिकिक घाइते भएका थिए । उनी यताउति चल्न, उठेर बाटो पत्ता लगाउने, हिंड्ने, बोल्ने अवस्थामा थिएनन् ।

उनलाई खोज्न २७ जना उद्धारकर्ताहरू संलग्न थिए । तर उनलाई खोज्ने संभावित मार्ग हिउँ, बरफ, पहिरो र भाँचिएका रूखहरूले अवरुद्ध गरेको थियो । तर यो ठाउँ एउटा कुकुरले पत्ता लगाएको थियो ।

“उनलाई खोलाबाट निकाल्न १३ घण्टा लागेको थियो” क्रोएसियाली माउन्टेन रेस्क्यू सर्भिस (एचजीएसएस) ले एक विज्ञप्तिमा भनेको छ ।

ब्रिकिक आफ्नो भतिजको कुकुरसहित पर्वतारोहणा गएका थिए । उनी आठ महिनाको अलास्का मालामुटको अभियानमा थिए ।

उनी खसेपछि कुकुरले खोज्दै गयो । खोंचमा लडिरहेको अवस्थामा भेटेपछि कुकुर बेस्सरी भुक्दै, कराउँदै गरेर ब्रिकिक फसेको ठाउँको संकेत गरेको गर्‍यै गर्‍यो । बिकिक चिसोले जम्न लागेको पत्तो पाएपछि कुकुरले ब्रिकिकको टाउकोमा धसारिने, घुमाउने गरेर उनलाई न्यानो राख्यो । बाँच्न मद्दत गर्‍यो।

Image Credit-HGSS – Hrvatska Gorska Služba Spašavanja

कुकुरले उद्दारमा खटिएका मानिसहरुको संकेत, बोली सुनेपछि भुकेको भुक्यै गरेर दूर्घटनाको जानकारि दिने कोसिस गर्‍यो । कुकुरको निरन्तर भुकाई सुनेर उद्दारकर्मीहरु आए ।

“मानिस र कुकुर बीचको मित्रता र प्रेमको कुनै सीमा छैन” कुकुरलाई काखमा राखेर स्ट्रेचरमा झुण्डिएको अवस्थामा सुतेको तस्विर फेसबूकमा राख्दै एचजीएसएसले फेसबुकमा लेखेको छ ।

नर्थ नामको कुकुरलाई कुनै चोटपटक लागेन । तर उनको साथी जो एक जवान पर्वतारोही घाईते थिए । तैपनि नर्थले हलचल गर्नै नसक्ने अवस्थामा चिसोले कठ्यांग्रिएको पर्वतारोहीलाई यताउति फर्किँदै, ज्यान धसार्दै न्यानो राखे । उद्धारकर्ताहरू आइपुग्दा पनि उनको वफादारी रोकिएको थिएन ।

“उनीपनि हामी उद्दारकर्मी मध्येकै एक थिए । उनी रक्षा गर्दै बसेका थिए । उनले १३ घण्टासम्म यि पर्वतारोहीलाई सुरक्षा दिएर, रुँगेर बसेका थिए” उद्दारकर्मीले भनेका छन् “यस उदाहरणबाट हामी सबैले एकअर्काको हेरचाह गर्नेबारे सिक्न सक्छौं ।”

उत्तरको मालिकले आफ्नो घरपालुवा जनावरबारे दैनिक जुटार्नजी लिस्ट अखबारमा प्रतिक्रिया दिएका छन् “एक वास्तविक चमत्कार, राम्रो मित्रवत ब्यवहार । हुनसक्छ उसले कुकुरहरू भन्दा पनि मानिसहरूलाई माया गर्छ” ।

तपाइँको प्रतिक्रिया

फेसबुक