बिहीबार, वैशाख १३, २०८१

निर्वाचनबारे छलफल गर्न एनआरएनए केन्द्रिय समितिको बैठक आव्हान

नेपालप्लस संवाददाता२०७८ पुष २२ गते १४:४७

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को अवरुद्ध महाधिवेशन र निर्वाचनका बारेमा छलफल गर्न संघको ८१ औं बैठक डाकिएको छ ।

संघका महासचिव डा. हेमराज शर्माले जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे इमेलमार्फत् जानकारि गराउँदै बैठक डाकेका हुन् ।

उनले पदाधिकारीहरुलाई पठाएको ईमेलमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा हुने उल्लेख गरेका छन् । एजेण्डा विस्तृतरुपमा पछि पठाइनेसमेत उनले उल्लेख गरेका छन् ।

संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ ।

प्रतिनिधि छनौटको विषयमा दर्जनौं पटक सहमतिको प्रयासस्वरुप बैठकहरु भएका छन् । यहि विषयमा सहमति गर्न चार सदस्यिय उच्चस्तरिय समितिसमेत अध्यक्ष कुमार पन्तले गठन गरेका छन् । समितिले सहमतिको दस्ताबेजसमेत बुझाईसकेको छ ।

तरपनि सहमति भने भैसकेको छैन । यहि विषयलाई टुंगो लगाउन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले हाल देखिएका अध्यक्षका तीनै जना प्रत्यासीहरु डा. बद्रि केसी, कुल आचार्य र रबीना थापासित सामुहिकरुपमा गम्भिर वार्ता गरि सहमति गर्ने प्रयास गरेका छन् । बैठक शुक्रवारसम्ममा बस्ने बताइएको छ ।

तर यो विवाद जसरिपनि सल्टाउने र नसल्टेमा, आफ्ना आफ्ना शर्त यथावत राखेमा संघले अब छिट्टै निर्वाचनको तयारि गर्ने बताइएको छ ।

अब कुनैपनि हालतमा निर्वाचन हुनुपर्ने पक्षमा संघका अध्यक्ष कुमार पन्तले समेत पटक पटक बताइसकेका छन् ।

निर्वाचन हुने लगभग पक्कापक्की भएपछि आगामी निर्वाचन र महाधिवेशनका बारेमा गम्भिर छलफल गर्न डा। हेमराज शर्माले एनआरएनए केन्द्रिय समितिको बैठक जनवरी १५ मा डाकेका छन् ।

निर्वाचनका लागि निर्वाचन समिति केन्द्रको हरियो संकेत कुरेर बसिरहेको छ । एक दुई दिनमै निर्वाचनका सम्पूर्ण प्रक्रिया घोषणाको तयारि गरिएको छ ।

जनवरी १५ सम्मा अब हेरफेर नहुनेगरि निर्वाचनको मिति घोषणा भैसक्ने हुनाले डा. शर्माले केन्द्रिय समितिको बैठककालागि जनवरी १५ को मिति तोकेका हुन् ।

तपाइँको प्रतिक्रिया