बिहीबार, वैशाख १३, २०८१

फ्रान्समा फेला परेको नयाँ कोरोना भेरियन्ट कस्तो ? कति चिन्ताजनक ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २२ गते २१:५७

फ्रान्समा नयाँ वर्षमै नयाँ कोरोना भेरियन्ट फेला परेको छ । गत वर्ष नोभेम्बरमा पहिलो पटक देखा परेको ओमिक्रोनले हैरान पारिरहेको बेला फ्रान्समा फेरि अर्को नयाँ भेरियन्ट फेला परेको हो । फ्रान्समा फेला परेको अर्को भेरियन्टको तनावले मेडियाका शिर्षकहरु बनाईरहेको छ ।

फ्रान्समा नयाँ भेरियन्टको समाचार मंगलबार सोशल मिडियाहरूमा देखापर्‍यो । तर अहिले फेला परेको बि .१ .६४०.२ को रूपमा चिनिने भेरियन्टको संक्रमण वास्तवमा लगभग दुई महिना अघि पत्ता लागेको थियो । तर चर्चा भने पाएको थिएन ।

ओमिक्रोनकै प्रमाणहरु अझै संकलन भइरहेका छन् । तर पछिल्लो कोरोना भाइरस संस्करणको बारेमा अनलाइनमा गलत जानकारी पहिले नै व्यापक भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । त्यसोभए, ब्।१।६४०।२ को सत्य के हो ?

यो नयाँ भेरियन्ट कहाँ पत्ता लाग्यो ?

नयाँ-पहिचान गरिएको भेरियन्टका केसहरू पहिलो पटक फ्रान्सको मार्सेई शहरस्थित इन्स्टिच्युट हस्पिटल युनिभर्सिटी (आइएचयु) मेडिटेराने संक्रमण केन्द्रका विशेषज्ञहरूको टोलीले पत्ता लगाएका थिए । दक्षिणी फ्रान्सेली क्षेत्र आल्प्स-द-ओत-प्रोभँसको फोर्ककाल्कियरका सबै १२ जना बिरामीहरूमा कोविड्-१९ को परिक्षण गर्दा सकारात्मक देखिएको थियो । तर ति मध्ये एक जनामा कोरोनाको फरक र असामान्य संयोजन देखियो ।

बि.१.६४०.२ वास्तवमा नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्टको घण्टी बज्नु एक हप्ता आघिनै अर्थात् नोभेम्बरको सुरुमै पहिलो केस फेला परेको थियो ।

पहिलो संक्रमण अफ्रिकाको क्यामरुनबाट फ्रान्सको दक्षिणमा फर्केका खोप लगाएका व्यक्तिबाट भित्रिएको हो भन्ने विश्वास गरिन्छ । उ घर फर्केको केहि दिनपछि कोविड-१९ को लक्षणहरु देखापर्‍यो । त्यसपछि परिक्षण गर्दा उसलाई बि.१.६४०.२ भेरियन्ट लागेको देखियो ।

यो ओमिक्रोन भन्दा के फरक ?

टोलीले आइएचयु भेरियन्ट भनेर किटान गरेको भेरियन्टमा करिब ४६ उत्परिवर्तन भएको मानिन्छ । ओमिक्रोनको तुलनामा लगभग ५० उत्परिवर्तन भएको मानिन्छ । यी मध्ये केही ३६ भाइरसको उत्प्रेरक प्रोटीनमा एमिनो एसिड-परिवर्तन गर्ने उत्परिवर्तनहरू थिए जसमध्ये २३ अन्य भेरियन्टहरूमा पनि देखिएका छन् ।

यो किन महत्त्वपूर्ण छ ? जिज्ञासा स्वभाविक उठ्छ । यो भाइरसको स्पाइक प्रोटिन भाईरसको बाहिरि भागमा बस्छ र यसले संक्रमण गर्न बढी भूमिका खेल्छ । स्पाईक प्रोटीन विश्वभरका एपिडेमियोलोजिस्टहरू र भाइरोलोजिस्टहरूका लागि चिन्ताको विषय हो । किनकि यसले मानिसको शरीरले भाइरस पत्ता लगाउने र प्रतिक्रिया गर्ने तरिकामा महत्त्वपूर्ण भूमिका खेल्छ । अर्थात् बढी संक्रमक गराउन भूमिका खेल्छ ।

वास्तवमा हाम्रो प्रतिरक्षा प्रणालीले स्पाइक प्रोटीनहरू उत्पादन गर्न, पहिचान गर्न र रक्षा गर्न काम गर्दछ । यदि प्रोटिनमा भएका एमिनो एसिडहरू परिवर्तन वा मेटाइयो भने यसले हाम्रो शरीरलाई धेरै गाह्रो बनाउँछ । र हामीले आफ्नो शारिरिक प्रणालीमा राखेको खोपहरूले भाइरस विरुद्धको रक्षा गर्न र यससँग लड्न काजोर बनाइदिन्छ ।

यो चिन्ताजनक छ ?

डेल्टा र ओमिक्रोनलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ) द्वारा चिन्ताको भेरियन्टको रूपमा तुरुन्तै सार्वजनिक गरिएको थियो । बि.१.६४०.२ को बारेमा हामीले के थाहा पाएका छौं भने यो त्यति चिन्ताजनक छैन । वैज्ञानिक समुदायमा गम्भीर चिन्ता ल्याउने खालको नभएको चर्चा छ ।

चिन्ताजनकरुपमा सूचीबद्ध गर्न यसले सांख्यिकीय प्रमाणहरू देखाउनुपर्छ ताकि यो कुनै न कुनै रूपमा अघिल्लो उत्परिवर्तनको तुलनामा बढी प्रसारित छ । वा यसले संक्रमित व्यक्तिहरूमा बढी गम्भीर प्रतिक्रिया निम्त्याउन सक्छ भन्ने सिद्द हुनुपर्छ । वा वर्तमान खोप र उपचारका सुरक्षाहरूले काम गर्दैनन् वा यो भेरियन्टले तिनलाई पचाउँछ भन्ने देखिनुपर्छ । जस्तो- हाल विकास गरिएका खोपले यस भेरियन्टलाई काम गर्दैन भनेर प्राअणित गर्न सक्नुपर्छ । र डब्ल्यूएचओले यसलाई सिद्द गर्न सक्नुपर्छ । तर हालसम्म यो भेरियन्टका बारेमा त्यस्तो देखिएको छैन ।

बुझ्नुपर्ने के छ भने भाइरसका भेरियन्टहरूको विकास भैरहनु एक सामान्य घटना हो । भविष्यमा कोविड-१९ को धेरै प्रकारहरू हुन सक्छन् । तर यसको मतलब यो होइन कि बि.१.६४०.२ यो खतरनाक छैन भनेर सुनिश्चित गर्न नजिकबाट निगरानीको आवस्यकतानै छैन । तर हालकालागि यो एकदमै चिन्ताजनक छैन र यसको निगरानी, खोज गर्नुपर्ने खाँचो भने रहिरहन्छ ।

अहिलेसम्म डब्ल्यूएचओ र रोग रोकथाम र नियन्त्रणका लागि युरोपेली केन्द्र (ईसिडिसी) ले नयाँ संस्करणको बारेमा कुनै निर्देशन जारी गरेको छैन । तर यसको बारेमा गलत जानकारी अनलाइनहरुमा फैलिएको छ ।

केही ट्विटर र फेसबुक प्रयोगकर्ता, मिडियामा यो नयाँ अति संक्रामकजन्य छ भनेर प्रशारण गरियो । तर यो प्रमाणित गरिएको छैन । फ्रान्समा ९०० जनामा फैलिएको, बेलायतमापनि संक्रामक बनेको लगायतका रिपोर्ट आएका थिए । तर स्वास्थ्य सेवा विभाग फ्रान्सले त्यसमा सत्यता नभएको उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया