शनिबार, वैशाख ८, २०८१

नक्कली खोप पासको शंकास्पद बिक्रीमा अस्ट्रियाका प्रहरीद्वारा देशव्यापी छापा

नेपालप्लस संवाददाता२०७८ पुष २२ गते २३:१६

Image Credit-wikimedia.org

अस्ट्रियामा प्रहरीले नक्कली खोप पासको शंकास्पद बिक्री भएको भन्दै तिनको खोजतलास गर्न देशव्यापी छापा मारेको छ ।

नक्कली कागजातको प्रयोग र जालसाजी गरेको आशंकामा कुल २२ जनामाथि अनुसन्धान भइरहेको अष्ट्रियाको गृह मन्त्रालयले विज्ञप्तिमार्फत् उल्लेख गरेको छ ।

अस्ट्रिया कोविड-१९ खोप अनिवार्य बनाउने पहिलो ईयु देशहरू मध्ये पहिलो बन्न खोजिरहेको बेला प्रहरीले ब्यापक खोजतलास गरेको हो । बुधवार इटालीले पनि ५० वर्ष माथिका लागि खोप अनिवार्यको घोषणा गरेको छ ।

अष्ट्रियन प्रहरीको बिज्ञप्ती अनुसार संदिग्धहरू मध्ये अधिकांश खोप अभियान बिरोधी हुन् र तिनेहरुले आफू र आफ्ना परिवारकालागि नककली खोप पास बनाउन समुहहरु बनाएका छन् ।

“संदिग्धहरूले एक विशेष समूह बनाउँछन् । तिनको उद्देश्य सार्वजनिक सुरक्षा मापदण्डहरूको अस्वीकार गर्नु मात्र कारण हो” गृह मन्त्रालयले बुधबार विज्ञप्तीमा भनेको छ ।

छापा मार्ने क्रममा प्रहरीले धेरै नक्कली खोप पासका साथै मोबाइल फोन र कम्प्युटरहरू जफत गरेको छ ।

प्रहरी अधिकारीहरूले अनुभवहरु साटासाट गर्ने टेलिग्राम सन्जालको एउटा समूहमा घुसपैठ गरेपछि अनुसन्धान सुरु गरिएको थियो ।

“यो सानो गल्ति होइन, आपराधिक कार्य हो” गृहन्त्री गेर्हार्ड कर्नरको भनाई उधृत गर्दै डिपिएन्युजले उल्लेख गरेको छ । उनले विशेष गरी नक्कली र लुकेर व्यापार गर्नेहरू विरुद्ध कारबाही गर्ने बताएका छन् ।

युरोन्युजका अनुसार अस्ट्रियाले अप्रिल २०२१ मा नक्कली खोप प्रमाणपत्रहरूको बिक्री विरुद्ध लड्न सुरक्षा अधिकारीहरुको छुट्टै समूह स्थापना गरेको थियो ।

आधिकारिक तथ्याङ्क अनुसार अस्ट्रियाको जनसंख्याको लगभग ७० प्रतिशतलाई भाइरस विरुद्ध पूर्ण रूपमा खोप लगाइएको छ । ओमिक्रोन संक्रमितहरुको वृद्धि भएपछि अधिकारीहरू खोपलाई अनिवार्य बनाउन लागिरहेका छन् ।

फर्वरी देखि खोप नलगाएका नागरिकहरूलाई सैद्धान्तिक रूपमा खाना किनमेल, खेलकुद गतिविधि वा चिकित्सा उपचारको लागि मात्र घर छोड्न अनुमति दिइने छ । अन्य सार्वजनिक स्थल र क्रियाकलापमा सहभागि हुन बञ्चित गरिने छ ।

(युरोन्युज,एएफपी र डिपिएको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक