शुक्रबार, वैशाख ७, २०८१

बेलायती महारानीका २१ रोचक तथ्य

नेपालप्लस संवाददाता / बेलायत२०७९ भदौ २३ गते १७:५९

२१ अप्रिल २०२१ मा महारानी एलिजाबेथ द्वितीय ९५ वर्षकी भइन् ! कुकुरको आफ्नै नस्ल सिर्जना गर्नदेखि लिएर ५० हजार क्रिसमस कार्डहरू पठाउन चाडपर्वमा महारानी वर्षौंदेखि व्यस्त हुन्छिन् । हेर्दा शालिन, गम्भिर देखिन्छिन् । तर उनी एकदमै रमाईली, अनेक कुराका सोखिनपनि छन् ।

हेर्नुस् बेलायती महारानीका झण्डै दुई दर्जन रोचक तथ्य-

१-महारानी एलिजाबेथ द्वितीयको जन्म २१ अप्रिल १९२६ मा बिहान २।४० बजे भएको थियो । योर्कको ड्यूक र डचेस उनका आमाबाबु थिए जो पछि राजा जर्ज वि र रानी एलिजाबेथ (रानीकी आमा) बने ।

२- उनलाई २ जुन १९५३ मा रानीको ताज पहिराइयो । त्यो बेला टिभीमा दुई करोड दर्शकहरूले हेरेका थिए ।

३- उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने रानी (राजा मध्यपनि) हुन् । आफ्नी जिजु हजुर आमा रानी भिक्टोरियालाई पनि पछि पारेकि छन् ।

४- रानीको रूपमा उनले बेलायतका १४ प्रधानमन्त्रीहरू ब्यहोरिन । विन्स्टन चर्चिल, मार्गरेट थ्याचरदेखि हाल बोरिस जोनसनसम्म ब्यहोरेकि छन् ।

५- उनको मनपर्ने कुकुर कोर्गिस जातका हुन् । उनले कुकुरको नयाँ नस्लको आविष्कार पनि गरिन् । उनको कोर्गीसले आफ्नी बहिनी राजकुमारी मार्गरेटको डचसुन्डसँग सम्भोग गरेपछि “डोर्गी” जन्मिएको थियो ।

६- बिना लाइसेन्स गाडी चलाउन अनुमति दिइएको बेलायतमा उनी एक मात्र व्यक्ति हुन् । र उनी अझै पनि गाडी चलाउँछिन् ।

७- रानीको दुई वटा जन्मदिन छन् । उनको वास्तविक जन्मदिन २१ अप्रिल हो । तर उनको आधिकारिक जन्मदिन जुन महिनाकै शनिबार आयोजित हुन्छ जुन दिन मौसम राम्रो हुन्छ !

८- रानीको जन्मस्थल अहिले मनमोहक, आकर्षक क्यान्टोनिज रेस्टुरेन्ट बनेको छ । मेफेयरको १७ ब्रुटन स्ट्रिटमा रहेको हक्कासन भनिन्छ उक्त रेस्टुरेन्टलाई । त्यसले ‘टेक अवे’ (खाना लिएर बाहिर लैजाने) धेरै गर्छ । रानीलाई ‘टेक अवे’ मन पर्छ भन्ने बेलायतीहरुको कथन छ

९- रानीले पहिलो पटक सन् १९७६ मा इमेल पठाएकि थिईन् र इस्टाग्राममा पहिलो स्टाटस सन् २०१९ मा लेखेकि थिईन ।

१०- उनी घोडा सवारी, परेवा उडान र फुटबल खेलकि सोखिन हुन् । बेलायतको फूटबल टोली आर्सेनलकि ठूलै समर्थक हुन् !

११- रानी एलिजाबेथ छ वर्षको उमेरमै घरधनी बनेकि थिईन् । त्यो बेला वेल्सका मानिसहरूले उनलाई विन्डसोरको रोयल लजको मैदानमा एउटा घर उपहार दिएका थिए । घरको नाम वाई बिथिन (वाई बिद्ब्ल्युटिएच वाई एन) दिइएको थियो । यसको अर्थ “सानो कुटीर” हो ।

१२- रानीले लगभग ५० हजार क्रिसमस कार्डहरू पठाएकी छिन् ।

१३- उनीसँग एउटा हात्ती, दुईवटा विशाल कछुवा, एक जगुआर (चितुवा वर्गको जनावर) र एक जोडी स्लथ (भालु वर्गको जनावर) हरू छन् । ति अन्य देशहरूबाट उपहारस्वरुप आएका थिए र ती सबै लन्डन चिडियाखानामा छन् ।

१४- राजकुमारी भएका बेला एलिजाबेथले दोस्रो विश्वयुद्धको समयमा सन् १९४० अक्टोबरमा पहिलो रेडियो प्रसारण गरिन् ।

१५- उनको भतिजा मार्गरेट रोड्सका अनुसार, रानीले हरेक दिन लन्च अघि जिन, खानासंग वाइन र एक ड्राई मार्टिनी पिउँछिन् । हरेक साँझ स्याम्पेन एक गिलास पिउने गर्छिन् ।

१६- उनी लगभग ३० करोड पाउण्डकि धनी छिन् भन्ने सोचिन्छ । तर अचम्मको कुरा उनी यूकेको २५७ औं धनी व्यक्तिमा गनिन्छिन् र उनी जेके रोलिङभन्दा पनि पछाडि छिन् ।

१७- सन् १९५४ मा अष्ट्रेलियाको भ्रमणको क्रममा रानीले राजकुमार फिलिपलाई जुत्ता हानिन्, धम्की दिईन् र खेलकुद उपकरणहरू फ्याँकेको फिल्म गरिएको थियो । पछि उनले भनिन् “म त्यो सानो घटनाको लागि माफी चाहन्छु । तर तपाईलाई थाहा छ, यो हरेक विवाहमा हुन्छ ।”

१८-रानीले आफ्नो ह्यान्डब्याग आफ्ना कर्मचारीहरूलाई उनी कसैसँग बोल्दा थकित भएको र अगाडि बढ्न चाहेको संकेतका रुपमा प्रयोग गर्छिन् ।

१९-महारानी बेलायती इतिहासमा सबैभन्दा लामो समयसम्म शासन गर्ने राजतन्त्रकै पात्र र सबैभन्दा लामो समयसम्म शासन गर्ने रानी हुन् ।

२०-यद्यपि उनको जेठो छोरा चार्ल्स, प्रिन्स अफ वेल्स अपेक्षाकृत राम्ररी चिनिन्छन् । धेरैलाई थाहा नभएको के हो भने महारानीका वास्तवमा कुल चार बच्चाहरू छन् । तिनीहरू चार्ल्स, राजकुमारी एनी, प्रिन्स एन्ड्र्यू र प्रिन्स एडवर्ड हुन् । क्रमशः १९४८, १९५०, १९६० र १९६४ मा जन्मेका थिए ।

२१- बेलायती बैज्ञानिकहरुले एउटा क्षुद्रग्रहको नाम रानीको नाममा राख्न खोजेका थिए । तर उनले आफ्नो नाममा राख्न अस्वीकार गरिन् । रानीले सोचिन्, उनी यो क्षमताको महिला होइनन् र त्यसैले उपयुक्त हुँदैन । तर उनले क्षुद्रग्रहलाई उनको कुकुरहरूको नाममा राख्ने सहमति जनाइन् ! सन् १९९२ मा क्षुद्रग्रहलाई आधिकारिक रूपमा शान्डलेस-म्याककोर्ड बीटा नाम दिइएको थियो ।

२२-पछिल्ला यात्रा मध्ये स्कटल्याण्डको एक छोटो यात्राका क्रममा हिंडिरहेका बेला उनले केही अमेरिकी पर्यटकहरूलाई भेटिन् । उमेर निकै भएकि महिला एक्लै हिंडिरहेको देखेपछि पर्यटकहरूले सोधे – तपाई स्थानीय बासिन्दा हुनुहुन्छ ?

उनले भनिन् – मेरो घर यतै नजिकै छ ।

तपाईले रानीलाई कहिल्यै भेट्नुभएको छ ?

उनले जवाफ दिईन् – मैले भेटेको छैन । आफ्नो सुरक्षाकर्मीलाई औंल्याएर भनिन् “तर ऊ उहाँले भेट्नुभएको छ !”

बेलायती रानी ‘बेलायतकी रानी’ मात्र होइनन् भन्ने कुरा धेरैलाई थाहा छैन । आधिकारिक रूपमा उनको उपाधि धेरै छन् । एलिजाबेथ दोस्रो, ईश्वरको कृपाद्वारा (बाई द ग्रेस अफ गड) ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्डसहित युनाइटेड किंगडम र उनको अन्य क्षेत्रहरूकि रानी, ​​राष्ट्रमण्डलको प्रमुख (हेड अफ द कमनवेल्थ, विश्वासको रक्षक ।

त्यस्तै, उनी १६ क्षेत्र (रियाल्म) को संवैधानिक सम्राट हुन् । ५३ सदस्यीय राष्ट्रमण्डल (कमनवेल्थ नेसन्स) को प्रमुख हुन् । उनी चर्च अफ इङ्गल्याण्डको सर्वोच्च गभर्नर पनि हुन् ।

उनीसँग अर्डर अफ द गार्टर, अर्डर अफ सेन्ट जोन अफ जेरुसेलम र इम्पेरियल अर्डर अफ द क्राउन इन भारतका उपाधिहरू पनि छन् ।

क्यानडामा उनलाई ‘चीफ हन्टर अफ द अर्डर अफ द बफेलो हन्ट’ को उपाधि पनि दिईएको छ !

उनी सिभिल इन्जिनियरहरूको संस्था र इङ्गल्याण्डको रोयल कलेज अफ सर्जन जस्ता धेरै संस्थानहरूको सदस्य छन् ।

उनीसँग सैन्य उपाधि पनि छ । देश र विदेशमा एक दर्जन भन्दा बढी सैन्य शाखाहरूको कर्नेल-इन-चीफ छिन् । युकेका पाँचवटा विभिन्न विश्वविद्यालयहरूबाट मानार्थ डिग्रीहरू प्रदान गरिसकिएको छ । ति मध्ये दुईवटा लन्डन विश्वविद्यालयबाट (संगीतको स्नातक र डाक्टर अफ ल) ।

(२०७८ पुष २३ गते नेपालप्लसमा प्रकाशित लेखलाई पुन प्रकाशित गरेका हौं-संपादक) स्रोत-मेडियम डेली, द इन्डिपेन्डेन्ट, फिट आउट बाईफिट डटकम, न्युजविक, द गार्डियन र इन्साईडर डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक