शनिबार, वैशाख १५, २०८१

चार्ली हेब्दो आक्रमणमा परेका पीडितको सात वर्षपछि सम्झना

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २३ गते १९:२७

आज ठ्याक्कै सात वर्ष भयो, फ्रान्सको प्रसिद्द ब्यंग्य पत्रीका चार्सी हेर्ब्दोको कार्यालयमा आक्रमणकारी हमला भएको । फ्रान्सको राजधानी पेरिस स्थित ११ वडामा रहेको चार्ली हेब्दो पत्रीकाको कार्यालयमा अतिबादी, हमलाकारीले हमला गरेर कम्तिमा ११ पत्रकारलाई मारिदिएका थिए ।

फ्रान्सेली गृहमन्त्री जेरार्ड डार्मानिन, पेरिसका मेयर एनी हिडाल्गो र इल-द-फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेस चार्ली हेब्दोको पेरिसस्थित कार्यालयमा भएको आतंकवादी हमलाको वार्षिकोत्सव मनाउनको लागि माल्यार्पण समारोहमा भाग लिएका छन् ।

सात वर्षअघि जनवरी ७ कै दिन फ्रान्सेली व्यंग्य पत्रिकामा भएको आतंककारी हमलाले खस्कँदै गएको प्रकाशनलाई अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी प्रतीकमा परिणत गर्‍यो । लाखौं मानिसहरूलाई फ्रान्सको सडकमा विरोधकालागि उतारेको थियो ।

जनवरी ७, २०१५ मा दाजुभाइ चेरिफ र सेड कौची हतियार बोकेर पूर्वी पेरिसमा चार्ली हेब्दोको कार्यालयमा पसे । चार्ब भनेर चिनिने सम्पादक स्टेफेन चारबोनियर र चार अन्य कार्टुनिस्टहरूलाई गोली हानेर हत्या गर्नु अघि नाम सोधेका थिए ।

सम्पादकीय कक्षका अन्य तीन कर्मचारी, बैठकमा सहभागी एक अतिथि, कार्टुनिस्टका प्रहरी अंगरक्षक, एक केयरटेकर र फुटपाथमा उभिएका एक प्रहरीको पनि हत्या गरिएको थियो ।

नजिकैको अपार्टमेन्टका बासिन्दाले भिडियोमा खिचेको दृश्यमा एकजना पुरुषले “हामीले पैगम्वर मोहम्मदका बिरोधीको बदला लिएका छौं” भनेर चिच्याएको थियो । चार्लीले इस्लामका संस्थापकको कार्टुन बनाएर प्रकाशन गरेको सन्दर्भमा त्यसो भनिएको थियो । उनीहरू बाहिर निस्कनु अघि पैगम्वर मोहमम्दको नाम जपेका थिए ।

आक्रमणहारीहरूले ३० राउण्ड गोली हानेका थिए । त्यसमध्ये एक रकेट लन्चरसमेत लिएर गएका थिए । आक्रमणपछि त्यहाँ ठूलो भगदौड भएको थियो । घटना स्थलमा सयौं सुरक्षाकर्मी तैनाथ थिए । हमला भएपछि हेलिकप्टरले समेत हमलाकारीको खोजी गरेको थियो ।

चार्ली हेब्दो भन्ने मेडियाको कार्यालयमा हतियारधारीले आक्रमण गरेर इस्लामिक धर्म र इस्लाम समूदायबिरुद्द लेख्ने मेडियालाई चुनौती दिन खोजेका थिए । यस अघिपनि यो मेडिया हाउसमा पटक पटक आक्रमण गरिएको थियो । तर यति ठूलो हमला हुन सकेको थिएन । यो मेडियाले इस्लामिकहरुका बिरुद्द लेखहरु लेख्ने र कार्टुनहरू छाप्ने गर्दै आएको थियो ।

यो घटना सुन्नासाथ सारा फ्रान्सभरि आतंक फैलिएको थियो । नेपालमापनि चार्ली हेब्दो पत्रीकाको कार्यालयमा भएको हमलाको बिरोध गरिएको थियो । नेपाल पत्रकार महासंघले बिरोधको कार्यक्रमनै घोषणा गरेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक