बुधबार, वैशाख १२, २०८१

नेपालका बैंकमा बिदेशी मुद्राको खाता खोल्नेबारे अर्थमन्त्रीसित एनआरएनए अभियन्ताहरुको छलफल

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ पुष २३ गते २३:३९

गैरआवासीय नेपाली (एनआरएन) हरुलाई नेपाल सरकारले नेपाली बैँकहरुमा विदेशी मुद्रामा खाता खोल्न पाउने सुविधा ल्याएपछि एनआरएनए अभियन्ता र अर्थमन्त्री जनार्दनशर्मा बिच शुक्रवार छलफल भएको छ ।

गैर आवाशीय नेपालीहरुले लामो समयदेखि नेपालका बैंकमा बिदेशी मुद्राको खाता खोल्न पाउनुपर्ने र आवस्यक परेको बेला फिर्ता लैजान दिनेगरि खाता खोल्न पाउनुपर्ने माग राख्दै आएका थिए ।

सरकारले उक्त माग पुरा गरेपछि शुक्रवार गैर आवाशीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ, सल्लाहकार कुल आचार्य, संघको अफ्रिका क्षेत्रिय संयोजक रोशन थापा, संघको आगामी निर्वाचनमा युरोप संयोजकको पदमा उमेदवारी दिएका चिन्तामणी सापकोटासहितको टोली अर्थमन्त्रीसमक्ष पुगेको थियो ।

गैर आवाशीय नेपाली संघले माग गर्दै आएको यो समस्या हल गरिदिएपछि एनआरएन अभियन्ताहरु अर्थमन्त्रालयमै पुगेर मन्त्रीलाई धन्यावाद दिनुका साथै थप छलफल गरेका हुन् ।

भेटमा अर्थमन्त्री शर्माले हाल देशमा धेरै सामान आयत भएकाले बिदेशी मुद्रा बाहिरिएको हुँदा बिदेशी मुद्राको खाँचो परेको बताएका थिए । उनले बिदेशी मुद्रा देशलाई खाँचो परेका बेला गैर आवाशीय नेपालीहरुले यहिं खाता खोलेर बिदेशी मुद्रा जम्मा गर्नु सकारात्मक भएको र त्यसकोलागि सरकारले थप परिबन्ध इलाउने बचन दिएका थिए ।

गैर आवाशीय नेपालीलाई नेपालका बैंकमा बिदेशी मुद्रामै खाता खोल्न दिनेबारेको नियमावलीसमेत सार्वजनिक भैसकेको छ । तर त्यसलाई के कसरि कार्यान्वयन गर्ने भन्ने बारे सोमवार एनआरएनए र अर्थ मन्त्रालयबिच थप छलफल हुने भएको छ ।

“अर्थ मन्त्रीज्युलाई धन्यावादपनि दिउँ, भेटघाट गरौं र थप छलफल गरौं भनेर गएका थियौं । उहाँसित केहिबेर छलफल भयो । सोमवार एनआरएनए सित आधिकारिकरुपमै थप छलफल गरौं भन्नुभएको छ” एनआरएनएको आगामी निर्वाचनमा युवा उपाध्यक्ष पदका उमेदवारसमेत रहेका रोशन थापाले नेपालप्लससित भने ।

बिदेशी मुद्राकै खाता खोल्ने नियमावलीसमेत सरकारले सार्वजनिक गरेपछि त्यसमा रहेका ब्यवहारिक पक्षलाई केकसरि समेट्ने, लागू गर्ने लगायतका विषयमा सोमवार एनआरएनए र अर्थ मन्त्रालयबिच छलफल हुने भएको हो ।

सरकारको नियमावली अनुसार ५ हजार डलर तिरेर नेपालमा खाता खोल्न सकिने छ । नेपालमा पाउण्ड, डलर, जापानी यान, युरो लगायतका बिदेशी मुद्रामा खाता खोलेर विदेशमा सो पैसा ल्याउन नयाँ नियमले सुविधा दिने उल्लेख छ ।

यो प्रावधानले गैर आवासीय नेपालीहरुले बिदेशी मुद्राको खाता खोलेपछि त्यसको ब्याजसमेत बिदेशी मुद्रामै पाउने छन् । आवस्यक पर्दा आफ्नो मुद्रा आफू बसेको मुलुकमा ल्याउनसमेत सहज हुने छ । यसले नेपालमा हाल रहेको बिदेशी मुद्राको संकटलाईपनि टार्ने आशा गरिएको छ ।

बिदेशका बैंकमा धेरै नेपालीको पैसा तरल भएर बसेको र बिदेशका बैंकले अत्यन्त सस्तो ब्याजदर दिने भएकाले गैर आवाशीय नेपालीहरुले नेपालकै बैंकमा बिदेशी मुद्राकै खाता खोल्न आकर्षित हुने आँकलनसमेत गरिएको छ ।

बिदेशी मुद्रामा बैंक खाता खोल्न पाउने नियमावली यस्तो छ

तपाइँको प्रतिक्रिया