शुक्रबार, वैशाख ७, २०८१

करिब १०० जनस्वास्थ्य विशेषज्ञद्वारा “सबैलाई खोप” नीतिको आलोचना

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २४ गते १८:४५

ब्रिटिश मेडिकल जर्नलमा जनवरी ३ मा प्रकाशित एउटा स्तम्भमा लगभग सय जना जनस्वास्थ्य विशेषज्ञ हस्ताक्षरकर्ताहरूले सरकारहरूलाई कोभिड-१९ महामारीको सामना गर्ने क्रममा खोपमा मात्र भर नपर्न आह्वान गरेका छन् । तिनले ‘सबैलाई खोप’, पूर्ण खोप’ को आलोचनासमेत गरेका छन् । उनीहरूले विश्वव्यापी रूपमा व्यापक खोप सहित व्यापक स्वास्थ्य नीतिको वकालत गरेका छन् ।

विश्वभरि राज्यहरूले भाइरससँग लड्न विभिन्न रणनीतिहरू अँगालेका छन् । कसैकसैले खोप, जनस्वास्थ्य उपाय र आर्थिक सहयोगको संयोजन गरेर कम संक्रमण दर कायम राख्न खोजेका छन् । अरूहरू मुख्यतया खोप नितिमै भर परेका छन् । उनीहरूको स्वास्थ्य प्रणालीले सामना गर्न सक्ने स्तरसम्म संक्रमणको उच्च स्तर सहन इच्छुक देखिएकापनि छन् । यो दोस्रो विधि हो जसले विशेषज्ञहरूलाई चिन्ताजनक बनाएको छ ।

उनीहरूले भाइरसको व्यापक प्रसारणले सार्स-कोबिड-२ को अनुकूलन हुने अवसरहरू बढाउउुने, तिनीहरूले नयाँ, थप संक्रामक र अझ खतरनाक भेरियन्टहरूको सम्भावित उपस्थितिहरू निम्त्याउँने बताएका छन् । त्यस्तै, संक्रामकहरूको संख्यामा ब्यापक वृद्दीले गणितीय रूपमा मृत्युको संख्या बढाउने, स्वास्थ्य सेवाहरू रोक्ने र स्वास्थ्य सेवा, स्वास्थ्य पद्दतीको दक्षता घटाउँनेसमेत बताएका छन् ।

अन्तमा, विज्ञहरूले युवा पुस्ताको अवस्थाको बारेमा चेतावनी दिएका छन्- विद्यालयहरू बारम्बार बन्द गर्नाले युवा मानिसहरूको भलाइमा दीर्घकालीन परिणामहरू पर्ने छ । भविष्यको पुस्ता, देशको भविष्यलाई गम्भिर असर पार्ने छ ।

यस फोरमका हस्ताक्षरकर्ताहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ) र सरकारहरूलाई पाँच वटा सिफारिसहरू गरेका छन् । ति सिफारिसमा भाइरसको हावाबाट सर्ने चेतावनी दिनुपर्ने, भाईरसबारे बढी सजग गराउनुपर्ने, एफएफपि २ मास्कको प्रयोगलाई बढावा दिनुपर्ने, सार्वजनिक भवनहरुको भेन्टिलेशन प्रवर्द्धन गर्ने, बिरामीहरूको लागि राम्रो स्क्रीनिंग र समर्थन मार्फत भाइरस प्रसारणको स्तर सीमित गर्नुपर्ने, खोपहरूमा विश्वभर समान पहुँचको अनुमति दिनुपर्ने छन् ।

विश्वव्यापी खोपहरूमा यो पहुँचलाई अनुमति दिन उनीहरूले देशहरू बीच डोज बाँडफाँड गर्ने तर प्याटेन्टहरू उठाउने सुझाव दिएका छन् । प्रविधि हस्तान्तरणमा अवरोधहरू हटाउने र स्थानीय आपूर्ति सिर्जना गर्न क्षेत्रीय उत्पादन केन्द्रहरूको स्थापनाको वकालत गरेका छन् । साथै, संसारभर प्रचुर मात्रामा खोप उत्पादन गर्नुपर्ने भनाई तिनको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक