बिहीबार, वैशाख १३, २०८१

नर्वेका सेनालाई कट्टु, मोजा र ब्राको अभाव, सेवाबाट हटेपछि फिर्ता गर्न निर्देशन

नेपालप्लस संवाददाता२०७८ पुष २५ गते ११:०२

 

आपूर्ती अभावका कारण नर्वेली भर्तीहरुलाई कट्टु, मोजा, ब्रा र प्यान्ट फिर्ता गर्न भनिएको छ ।

नर्वेली भर्तीहरूले अब उनीहरूको सैन्य सेवाको अन्त्यमा आफ्नो प्यान्ट, ब्रा र मोजाहरू फिर्ता गर्नुपर्नेछ । किनकि नर्वेली सेनामा पोशाक सन्चयको समस्या परेको छ ।

नर्वेको सार्वजनिक प्रसारक एनआरकेले शुक्रबार रिपोर्ट गरे अनुसार हालसालैसम्म सेनामा भर्ती भएकाहरूले सेवा गर्दा लगाएको भित्रि कट्टु (अन्डरवेयर) लिएर आफ्नो पल्टन छोड्ने चलन थियो । तर कोविड-१९ महामारीले आपूर्तिको प्रवाहलाई गम्भीर रूपमा जटिल बनाएपछि सन्चय अपुग भएको हो ।

सन् २०२१ देखिनै नर्वेली सेनालाई उनीहरूले लगाउने कट्टु, मोजा, ब्रा, पेन्ट जस्ता निजात्मक पहिरहनहरु आफ्ना उत्तराधिकारीहरूलाई किटसहित हस्तान्तरण गर्न  निर्देशन दिई एको छ ।

“किटको यो भाग पुन: प्रयोग गर्ने निर्णयले हामीलाई बितरणमा थप मात्रा पुग्ने छ । र उपकरणको डेलिभरी क्षमता बढाउन मद्दत गर्नेछ । हामीसँग मौज्दात सामान धेरै कम छ” नर्वेली सेनाको रसद प्रवक्ता हान्स मेइसिङसेटको भनाई उधृत गर्दै युरोन्युजले उल्लेख गरेको छ ।

“सैनिकले लगाएको उनको कपडा धोइन्छ, सफा गरिन्छ र जाँच गरिन्छ । हामीले फेरि वितरण गर्दापनि राम्रो अवस्थामा हुन्छ” उनले भनेका छन् ।

तर एक भर्ति प्रतिनिधिले भने परिचालनको असक्षमता भन्दै त्यसको आलोचना गरेका छन् ।

“उपकरण र कपडाको गम्भीर अभावले सम्भावित रूपमा परिचालन तयारीको कमजोरी देखाउँछ । सबैभन्दा खराब अवस्था त सिपाहीको सुरक्षालाई असर गर्न सक्छ” नर्वेली व्यापार प्रवर्धन फोर्सभेरेट्स फोरमलाई इरिक स्जोहेल इक्सुन्डले भनेका छन् ।

नाटो सैन्य गठबन्धनका तर्फबाट नर्वेजियन सैनिकहरुले छिमेकी रूसको उत्तरी सिमानाहरूको रक्षा गर्छन् । नर्वेले अर्ध-अनिवार्य सैन्य सेवा कायम राखेको छ ।  प्रत्येक वर्ष लगभग आठ हजार युवायुवती सैन्य तालिममा जान्छन् । सैन्य सेवामा जान बाध्यात्मक नभएपनि सैन्य समूहमा सेवा गर्न सबैभन्दा उत्प्रेरितहरुलाई  चयन गरेर पठाउने गरिएको छ ।

तपाइँको प्रतिक्रिया