शुक्रबार, वैशाख ७, २०८१

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख भन्दा बढी

नेपालप्लस संवाददाता / बेलायत२०७८ पुष २५ गते ०:४७

Image-Photo: Chris Ratcliffe/Bloomberg News via Wall Street Journal

बेलायतमा कोरोना भाईरसबाट आधिकारिक मृत्युको संख्या एक लाख ५० हजार भन्दा माथि पुगेको छ । सरकारी तथ्याङ्कका अनुसार ओमिक्रोन भेरियन्टको कारणले संक्रमित र मृत्यु हुनेको संख्या पछिल्लो अवस्थामा अत्यधिक बढेको हो ।

शनिबार सकारात्मक कोविड-१९ परीक्षणको २८ दिन भित्र करिब तिन सय १३ जनाको मृत्यु रिपोर्ट गरिएको छ । यस अनुसार मृत्यु हुनेको कुल संख्या एक लाख ५० हजार ५७ पुगेको छ ।

गत डिसेम्वर २४ सम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७३ हजार दुई सय ४८ थियो ।

“कोरोना भाइरसले हाम्रो देशमा भयानक असर पारेको छ र आज रेकर्ड गरिएको मृत्युको संख्या एक लाख ५० हजार पुगेको छ” प्रधानमन्त्री बोरिस जोनसनले एक विज्ञप्तिमा भनेका छन् “यस महामारीबाट बाहिर निस्कने हाम्रो बाटो भनेको सबैले बूस्टर डोज वा खोप नलिएको भए पहिलो र दोस्रो खोप लिनु हो ।”

बेलायतमा पछिल्ला हप्ताहरूमा ओमिक्रोन कोरोना भाइरस भेरियन्टसँग संवन्धित संक्रमितहरूको बृद्धि भएको छ यद्यपि मृत्यु दर अघिल्लो संक्रमण छालहरूको तुलनामा कम छ ।

सरकारले बूस्टर खोपहरू लगाउन ध्यान केन्द्रित गरेको छ र अहिले जनसंख्याको ६० प्रतिशतभन्दा केहि बढीले लगाएका छन् । भाईरसको संक्रमण ब्यापक भएपनि लकडाउनमा नजाने सरकारी उच्च अधिअकरीहरुले बताउँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक