शुक्रबार, चैत १६, २०८०

ओमिक्रोन भेरियन्टको संक्रमण दर डेल्टाको भन्दा १०५ प्रतिशत बढी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २५ गते २३:२८

फ्रान्सेली वैज्ञानिकहरुले ओमिक्रोन कोरोना भेरियन्टको संक्रमण दर डेल्टा भेरियन्टको भन्दा १०५ प्रतिशत बढी भएको पत्ता लगाएका छन् ।

अन्वेषकहरूले भिन्न-विशिष्ट स्क्रीनिंग परीक्षणहरू र पूर्ण जीनोम (जीन समावेश भएको क्रोमोजोम) अनुक्रमण (सिक्वेन्सिङ) प्रयोग गरेर फ्रान्समा ओमिक्रोन भेरियन्टको प्रसारण मूल्याङ्कन गर्न सांख्यिकीय मोडेलहरू प्रयोग गरेका थिए ।

मेडरिक्स मेडिकल साइटमा प्रकाशित रिपोर्ट अनुसार अझै पनि पूर्ण समीक्षा गर्न भने बाँकी छ । फ्रान्समा २५ अक्टोबर देखि १८ डिसेम्बर २०२१ सम्म एक लाख ३१ हजार चार सय ७८ स्क्रिनिङ परीक्षणहरू विश्लेषण गरिएको थियो ।

परिक्षणको नतिजाहरूले युवाहरूमा ओमिक्रोन भेरियन्ट वा अल्फा भेरियन्टको संक्रमण डेल्टा भेरियन्टको भन्दा बढी भएको देखाएको छ ।

फ्रान्समा सबैभन्दा उच्च जोखिम क्षेत्रहरूमा पहिलेका दुई भेरियन्टहरूको संक्रमणको संख्या समयसँगै उल्लेखनीय रूपमा बढेको समेत अन्वेषकहरूले पत्ता लगाए ।

फ्रान्समा फेला परेको नयाँ कोरोना भेरियन्ट कस्तो ? कति चिन्ताजनक ?

यी निष्कर्षहरूको आधारमा अन्वेषकहरूले ओमिक्रोन वा अल्फा भेरियन्टबाट संक्रमित व्यक्तिहरूमा भाइरसको संक्रामकतालाई डेल्टा भेरियन्ट भएका व्यक्तिहरूमा २१-दिनको अवधिमा प्रशार्यता ट्रान्सिबिलिटी) सँग तुलना गरेका थिए । यसरि हेर्दा ओमिक्रोन प्रशारण हुने (फैलिने) दर लगभग १०५ प्रतिशत बढी थियो ।

चिन्ताजनक भेरियन्ट

ओमिक्रोनलाई नोभेम्बरमा विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ) द्वारा ‘चिन्ताको एक संस्करण’ भनिएको थियो । किनभने अघिल्लो अध्ययनहरूले यो डेल्टा लगायत अन्य कोविड-१९ भेरियन्टहरू भन्दा बढी संक्रमण हुने देखाएको थियो । उपचारमा बढी प्रतिरोधी भएको भनिएको थियो जसमा संक्रमित हुने सम्भावना बढी भएको उल्लेख गरिएको थियो । पूर्ण खोप लगाउँदा पनि ओमिक्रोन भेरियन्ट पुन: संक्रमित हुन्छ ।

भर्खरका अध्ययनहरूले ओमिक्रोनले अघिल्लो संस्करणहरूको तुलनामा मानिसहरूलाई गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम हुने सुझाव दिएका छन् ।

ओमिक्रोनले डेल्टा संस्करण भन्दा माथिल्लो श्वासप्रश्वास पथमा सजिलै आक्रमण गर्न सक्षम भएको धेरै प्रारम्भिक अध्ययनहरूले पनि सुझाव दिएका छन् । तर फोक्सोमा संक्रमण गर्न भने कम प्रभावकारी देखिएको छ । यसले डेल्टाको तुलनामा यो किन बढी संक्रामक छ र यसको मृत्युदर कम छ भनेर व्याख्या गर्न मद्दत गर्न सक्छ ।

संक्रमणहरूको ‘सुनामी’ पछि चेतावनी

यस हप्ताको सुरुमा डब्ल्यूएचओका प्रमुखले ओमिक्रोन भेरियन्टलाई हल्का भनी वर्णन नगर्न चेतावनी दिएका थिए । ओमिक्रोनले गर्दा “केसहरूको सुनामी” चलेको र विश्वभरि स्वास्थ्य प्रणालीहरूमा भार परेको छ ।

“अघिल्ला संस्करणहरूले जस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पतालमा भर्ना हुनुपर्ने बनाईरहेको छ । यसले मानिसहरूलाई मारिरहेको छ” डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले बिहीवार नियमित प्रेस ब्रीफिंगमा पत्रकारहरूलाई भनेका थिए ।

“अस्पतालहरू भीडभाड भएका छन् । कर्मचारी बिरामी परेर स्वास्थ्यकर्मीको संख्या न्यून बन्न थालेको छ जसले गर्दा कोभिड-१९ मात्र होइन अन्य रोग र चोटपटकबाट पनि रोकथाम गर्न सकिने मृत्युहरू बढ्न सक्ने देखिएको छ । यस्तो अवस्थामा बिरामीहरूले समयमै हेरचाह पाउन सक्दैनन्” अधानोम गेब्रेयससले थप उल्लेख गरेका थिए ।

(स्रोत-युरोन्युज)

संवन्धित रिपोर्ट

“ओमिक्रोनले मानिसहरूलाई मार्दैछ, हल्का भन्नु हुँदैन” डब्ल्यु एचओको चेतावनी

तपाइँको प्रतिक्रिया

फेसबुक