बिहीबार, वैशाख १३, २०८१

युवाहरुको भोट तान्न फ्रान्सेली राष्ट्रपतिका उम्मेदवारको टिकटकमा लडाई

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष ३० गते १५:४५

भिडियो साझेदारी गर्ने अनुप्राग (एप) ले फ्रान्समा सन् २०२० देखि विशेष गरी २५ वर्ष मुनिका युवायुवतीबिच लोकप्रियता बढाएको छ । राष्ट्रपति पदका उम्मेदवारहरूले यस्ता भिडियो राख्ने सन्जालमा संलग्नता बढेको देखिरहेका छन् । किनकि उनीहरूले अप्रिलको राष्ट्रपतीय चुनाव अघि युवा मतदाताहरूलाई केन्द्रमा राखेका छन् ।

सूट र टाई लगाएका राष्ट्रपति एमानुएल माख्रोंले सन् २०२० जुलाईमा आफ्नो पहिलो टिकटक भिडियो पोस्ट गरेका थिए । एलिजे दरबारको सुन्दर बगैंचाबाट उनले भर्खरै अन्तिम परीक्षाको नतिजा प्राप्त गरेका हाई स्कूलका विद्यार्थीहरूलाई टिकटक मार्फत् बधाई दिएका थिए ।

त्यसको २४ घण्टा पुगेको केहिबेरपछि राष्ट्रपतीका राजनीतिक प्रतिद्वन्दी ‘ला फ्रंस आँसुमिज’ का जँ-लुक मेलँसों टिकटकको मञ्चमा सामेल भए । फरक स्वरमा राष्ट्रपतीलाई प्रहार गर्दै मेलँसों पेरिसको रिपब्लिक मेट्रो बाहिर सडकमा उभिए । फ्रान्सेली आर एन्ड बीका गायक वेजेडेनका गीतहरू उद्धृत गरे र उनले राष्ट्रपतिलाई ईगित गर्दै रमाइलो गरे, हाँसे र केहिबेर संगितमा खेलेझैं गरेर टिकटकमा राखिदिए ।

सन् २०२२ मा सामाजिक मिडिया सन्जाल अब आगामी राष्ट्रपति चुनावको लागी एक नयाँ युद्ध मैदान बनिरहेको छ ।

मेलँसोंको साथै अन्य उमेदवारपनि टिकटक पारखी बनिरहेका छन्, भोट फकाउनकालागि । अन्य उमेदवारमा भ्यालेरी पेक्रेस (ले रिपब्लिकन वा रिपब्लिकनका लागि दक्षिणपन्थी उम्मेदवार), एरिक जिउ (राईटिस्ट स्वतन्त्र उम्मेद्वार), मारी ल पेन (रासँम्बलमँ नेशनल, वा नेशनल र्‍याली) र यानिक जादो (युरोप इकोलोजी वा ग्रीन पार्टीका लागि उम्मेदवार) सबै गत वर्षदेखि टिकटकमा सामेल भएका छन् ।
त्यसो त, टिकटक प्रयोग गर्ने चर्चित ब्यक्ति ति मात्रै होइनन् । सन् २०२० मा प्रयोगमा भएको वृद्धिले प्लेटफर्मलाई उल्लेखनीय रूपमा छोटो समयमा फ्रान्सको सबैभन्दा लोकप्रिय एपहरू मध्ये एक बन्न प्रेरित गरेको छ ।

सन् २०१७ मा सुरु भएको पाँच वर्ष पछि टिकटकमा अब फ्रान्समा प्रति दिन ६० लाख भन्दा बढी प्रयोगकर्ता छन् । कम्पनी ‘मन्त्र’ का अनुसार सिर्जनशीलतालाई प्रेरित गर्ने र आनन्द ल्याउने उद्देश्यले छोटो भिडियोहरू मार्फत टिकटक प्रयोगकर्ता धेरै छन् ।

नृत्य दिनचर्या, विचित्र हाँस्यठट्टा, घुमफिर प्राय: संगीत वा अडियो बनाएर राखिन्छ । फ्रान्समापनि मुख्यतया युवा दर्शकहरू सर्वव्यापी छन् र स्टाटिस्टाको अथ्यांक अनुसार ७५ प्रतिशत फ्रान्सेली प्रयोगकर्ताहरू २४ वर्ष मुनिका छन् ।

फ्रान्समा टिकटक प्रयोगकर्ताहरू एक तिहाइ भोट हाल्ने अधिकार नभएका हुनसक्छन् । तर “यसको मतलब दुई तिहाइले मतदान गर्न सक्छन् । र त्यो अझै पनि लाखौं मानिसहरू हो” नटिङ्घम विश्वविद्यालयका फ्रान्सेली राजनीतिमा सहायक प्राध्यापक पल स्मिथले फ्रान्स २४ लाई भने ।

“चुनाव एकदमै नजिककै हुन गइरहेको छ र सामाजिक सन्जालको उपस्थिति एकदम महत्त्वपूर्ण छ ।”

भोटको लडाई

सन्जालमा युवा मतदाताहरूलाई उत्प्रेरित गर्न, कुनै विषयमा बहस र सहमत गराउन दिइएको छैन । तर थोरै संख्यामा पाइने भोटहरूले पनि महत्त्वपूर्ण भिन्नता ल्याउन सक्छ भन्ने देखिन्छ । मत सर्वेक्षणले माख्रोंले पहिलो राउण्ड जित्ने प्रक्षेपण गरेका छन् । तर दोस्रो स्थानका लागि प्रतिस्पर्धा कडा छ । स्मिथले भने “दोस्रो राउण्डमा पाँच लाख भोट वा यसैको हाराहारीमा कम आउन सक्छ ।”

यो सबै युवामा खेल्ने हो भन्ने भावना मतदाताहरूमा छ । परम्परागत रूपमा वामपन्थीप्रति वफादार युवाहरु पछिल्ला केही वर्षको सर्वेक्षणले युवा पुस्ता दायाँ (दक्षिणपन्थी वा राईटिस्ट) तिर ढल्केको देखाएको छ । तर २०२२ मा ति युवाले राय बदल्नपनि सक्छन् । परम्परागत मतदाता भन्दा युवाहरुले आफ्नो राय छिटो बदल्न सक्छन् । यहि बुझेका उमेदवारहरु तिनलाई तान्ने, लोभ्याउने ध्याउन्नमा देखिन्छन् ।

सबै उम्मेद्वारहरू मध्ये माख्रोंले अझै पनि पुष्टि गरेका छैनन्, उनी दोस्रो राष्ट्रपति कार्यकालको लागि लड्ने छन् । तैपनि माक्रोंको टिकटकमा सबैभन्दा ठूलो पहुँच छ । दुई लाख ८० हहार फलोवरहरु छन् माक्रोंका टिकटकमा । उनका पोस्टहरूमा एक करोड ८० लाख भन्दा बढी लाइकहरू छन् । आफ्नो पहिलो भिडियोदेखिनै समर्थन तान्न खोजेका छन् । उनले पोलो शर्ट लगाएर र क्यामेरा समातेर सेल्फी लिँदै युवा दर्शकहरूलाई राम्रोसँग आफ्नो छवि प्रस्तुत गर्ने प्रयास गरेका छन् ।

एक युवा राष्ट्रपतिको रूपमा आफूलाई प्रविधिसँग एकाकार भएको देखाउन उत्सुक देखिन्छन् माख्रों । प्लेटफर्मले उनी आफू र उनको क्याबिनेटको चित्रसमेत खिचेको छ । उनको यातायात मन्त्री जा-बातिस्त जेब्बारी जसका एक करोड ५४ लाख लाईक छन् उनी सामाजिक सन्जालमा तारानै बनेका छन् । उनले ट्राफिक घोषणाहरूसँगै हास्य र अनलाइन प्रचलनहरू मिश्रण गर्ने असम्भव क्षमता देखाएकाले यति धेरैले फलो गरेका हुन् ।

यस्तै प्रकारले, वामपन्थी नेता जँ लुक मेलँसोंका ९६ लाख फलोवर छन् । उमेरले पाका भएपनि उनलाई फलो गर्नेहरुको आकर्षण निकै देखिन्छ । राजनीतिक भाषण र भिडियोहरू पोस्ट गर्ने गर्छन् उनी । त्यसको बिचमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई हास्यास्पद रूपमा तिरस्कार गर्ने गज्जबको शैली छ उनको ।

यो उम्मेद्वारका लागि अचम्मको रणनीति होइन । किनभने उनीहरुले युवाहरु के चाहन्छन्, सामाजिक सन्जालमा के खोछन् भनेर प्रविधिमैत्री देखाउनु सामान्य हो । नयाँ प्राविधिक विकाससँगै उनीहरुले आफूलाई त्यसै अनुरुप ढाल्न खोजेको, प्रविधिको पक्षरता देखाएका छन् ।

मेलँसोंको सन् २०१७ को चुनावी अभियानमा युट्युब भिडियोहरू धेरै देखिएका थिए । चुनावी दौरानको क्रममा उनले एक बैठक पनि आयोजना गरेका थिए जहाँ उनी फ्रान्स वरपरका शहरहरूमा एकै साथ दौडिरहेको देखाइएको थियो ।

नयाँ अभियान

टिकटकमा मेलँसोंको संलग्नताले प्रतिफल प्राप्त गरेको छ । सेप्टेम्बरदेखि उनका अनुयायीहरूको संख्या तीन गुणा बढेको छ । अहिले कुल १० लाख भन्दा बढी छ ।

जेमु र ल पेनले सन् २०२१ को शरद ऋतु देखि एकै दरमा आफ्ना अनुयायीहरू बनाएका छन् । तिनीहरूको समग्र गणना कम छ ।

जेमुले विभिन्न शैलीहरूमा १०० भन्दा बढी भिडियोहरू पोस्ट गरेका छन् । उनी मेडियाबाट आएका हुनाले उनी यस प्रकारको सेटिङ धेरै जान्दछन् । तर राजनीतिक सामग्रीको सट्टा उनको सबैभन्दा लोकप्रिय पोष्ट राष्ट्रपतीय उमेदवारको घोषणा देखिन्छ जुन ५४ लाखले हेरेका छन् ।

अक्टोबर २०२१ मा सामेल भएदेखि ल पेनले जम्मा १३ वटा भिडियो पोस्ट गरेकी छिन् । उनको बिरालो क्रिसमसको रुखमा लुकेको फोटो सबैभन्दा लोकप्रिय भएको छ जुन चार लाखले हेरेका छन् ।

अन्य राजनितिज्ञहरुले प्लेटफर्मलाई कम सहज तरिकाले हेरेको देखिन्छ । समाजवादी पार्टीको वामपन्थी उम्मेदवार एनी हिडाल्गोको कुनै आधिकारिक टिकटक प्रोफाइल छैन । पेक्रेस र जादोले केहि थोरै भिडियो राखेका छन् जसको प्रत्येक केही सय भिजिटर मात्रै छन् ।

कसैकालागि यो के एकदमै महत्वपूर्ण र कसैकालागि बेकार हो ? समय नपुगेर कसैले कम ध्यान दिएको देखिएको हो ? प्रविधि नजानेर त पक्कै होइन । अथवा के टिकटक, युटुब सबै आफ्नो आफ्नो बानी, रोजाई, आचरण अनुसार हुन्छ ? प्रविधिका ज्ञाता स्मिथ भन्छन् ‘त्यस्तो केहिपनि होइन ।’

यी उम्मेद्वारहरूले अहिलेको लागि थप परम्परागत अभियान विधिहरूमा ध्यान केन्द्रित गर्न सक्छन् । धेरैले त्यहि गरिरहेका छन् । केहिले सबै बिकल्प प्रयोग गरेका छन् । तर प्रविधिको विकास सँगै उनीहरूले भविष्यमा प्लेटफर्मको प्रयोग र संलग्नता बढाउनुपर्ने हुन्छ ।

कोरोनाका प्रतिबन्धहरुले मतदातासित सिधा, हाकाहाकी, सम्मुख भएर गर्ने वार्तालापलाई कमजोर पारिदिएको छ । त्यसको बिकल्पका रुपमापनि प्रविधिको ब्यापक प्रयोगसँग युटुब, इस्ताग्राम, ट्विटर, टिकटकमा संलग्नता बढाउनुपर्ने देखिन्छ ।

ल पेनको पार्टीले माख्रोंको सरकारले पारित गरेको कानूनको विरोध गर्ने र खोपको प्रमाण नलिईकनै घरभित्रै २,००० भन्दा बढी मानिसहरूसँग जुलुसहरू जारी राख्ने बताएको छ । तैपनि राँस शहरमा जनवरीको मध्यमा तय गरिएको राष्ट्रिय जुलुस स्वास्थ्य नियमहरुको कारण देखाउँदै फर्वरीमा सारिएको छ ।

यसैबीच, मेलँसोंले आफ्ना र्‍यालीहरूमा उपस्थित हुन समर्थकहरूलाई प्रोत्साहित गर्न एफएफपि २ मास्कहरू हस्तान्तरण गर्ने योजना बनाएका छन् । र भालेरी पेक्रेसले संख्या सीमित हुने बताएकि छन् ।

यस सन्दर्भमा टिभी, रेडियो र सामाजिक सञ्जालले विगतको चुनावको तुलनामा मतदाताको मत अभिवृद्धि गर्न अझ महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । स्मिथले भने, “यो अप्रिल सम्ममा यहि अभियानमा बढी लडाई हुनसक्छ ।”

(नेपालप्लसको साथमा फ्रान्स २४)

तपाइँको प्रतिक्रिया