शुक्रबार, वैशाख ७, २०८१

खोप नलगाउनेहरुलाई इटालियन बार, रेस्टुरेन्ट र सार्वजनिक यातायातमा प्रतिबन्ध

नेपालप्लस संवाददाता२०७८ पुष २६ गते २०:५८

खोप नभएकाहरूलाई ईटालीमा बार, रेस्टुरेन्ट र सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइएको छ ।

खोप नलगाउनेहरुलाई लक्षित गर्ने नयाँ प्रतिबन्धहरू सोमबारदेखि इटालीमा लागू भएपछि यस्तो प्रतिबन्ध लगाइएको हो ।

भर्खरै कोविड-१९ लागेर निको भएका व्यक्तिहरूलाई नयाँ नियमबाट मार्च ३१ सम्म छुट दिईएको छ । त्यसपछि उनीहरुलेपनि खोप लगाएको हुनुपर्छ ।

धेरै इटालियालीहरू क्रिसमस र सन् २०२१ को अन्त्यमा आयोजित चाडपर्व पछि काम र स्कूलमा फर्के लगत्तै कोविड-१९ संक्रमणहरू प्रति दिन एक लाख भन्दा बढ्दै गएको छ । यस लगत्तै सरकारले यस्तो प्रतिबन्ध घोषणा गरेको हो ।

मिडिया रिपोर्टका अनुसार एक हजार भन्दा बढी नगरपालिकाहरूले आफ्नो क्षेत्रका विद्यालयहरू बन्द राख्ने निर्णय गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक र चिकित्सक संघले विद्यालय पुन शुचारु राख्न कम्तीमा १५ दिन ढिलाइ गर्न सरकारलाई आग्रह गरेका थिए ।

जिल्लाहरूका स्कूलहरुले स्कूल तत्कालै खुला गर्न आफूहरुसित पर्याप्त शिक्षक नभएको गुनासो गरेका थिए । किनकि धेरै शिक्षक कोरोना लागेर बिरामी छन् वा क्वारेन्टाइनमा छन् । राष्ट्रिय रेलवे कम्पनी ट्रेनइटालियाले सोमबार कोविड-१९ संक्रमणको कारण कर्मचारी अभावले १८० क्षेत्रीय ट्रेनहरू रद्द गरेको सोमवार घोषणा गरेको छ ।

ईटालीमा १२ वर्षभन्दा बढी उमेरका ८६ प्रतिशतभन्दा बढीले खोप लगाएका छन् । त्यस्तै, पाँचदेखि ११ वर्षका वालवालिकामध्ये १५ प्रतिशतले पहिलो खोप लगाएका छन् ।

इटालियालीहरूको ठूलो जनसंख्याले प्रतिबन्धहरूलाई समर्थन गरेका छन् । ईटालीमा पछिल्लो महिनाहरूमा बाहिरी मास्क लगाउनुपर्ने बनाइएको छ । र कार्यस्थलहरूमा जानको लागि स्वास्थ्य पास पनि आवश्यक बनाइएको छ ।

सोमवार स्टेशनहरूमा यात्रुहरूको खोप स्थिति जाँच गर्न प्रहरी खटाईएको थियो । उनीहरूले थप सुरक्षात्मक एफएफपि २ फेस मास्क लगाएको सुनिस्चित गर्न प्रहरी खटाईएको हो । सोमबार देखि सार्वजनिक यातायातमा मास्क र खोप अनिवार्य गरिएको छ ।

फेब्रुअरी १५ देखि ५० वर्ष भन्दा माथिका मानिसहरूलाई खोप अनिवार्य हुने सरकारले गत हप्ता घोषणा गरेको थियो । जनादेशको पालना नगरेमा १०० युरो जरिवाना हुने छ ।

इटाली सन् २०२० को सुरुमा कोरोना भाइरसबाट प्रभावित हुने पहिलो युरोपेली देश थियो । लगभग १ लाख ४० हजारको कोरोनाबाट मृत्यु भएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक