शनिबार, वैशाख १५, २०८१

फ्रान्सेली राष्ट्रपतीद्वारा हजारौं प्रहरी थप्ने वाचा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष २६ गते २२:४५

फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले सडकमा हजारौं प्रहरीहरु थप्ने बाचा गरेका छन् ।

जुनमा राष्ट्रपती पदमा निर्वाचन हुन गैरहेका बेला प्रतिपक्षीहरुले फ्रान्समा असुरक्षा बढेको भन्दै तिब्र आलोचना गरेपछि राष्ट्रपतीले हजारौं प्रहरी थप्ने बाचा गरेका हुन् ।

आगामी राष्ट्रपतीय निर्वाचनमा उमेदवारी दिने तयारि गरेका माख्रोंले फेरिपनि उक्त पदमा बिजयि हुने आशा गरेका छन् । यहि बेला प्रतिपक्षीहरुले फ्रान्समा नागरिकहरु असुरक्षित बनेको आलोचना गर्दै आएका छन् ।

फ्रान्स १ टिभीका अनुसार महत्वपूर्ण कार्यालय, गिर्जाघर, उच्च राजनितिक ब्यक्ति लगायतका विशेष क्षेत्र र ब्यक्तिको सुरक्षा गर्न करिब ३० हजार प्रहरी थप्ने योजना बनाएका छन् ।

सुरक्षाको बढ्दो खर्च कटौति गर्न विमानस्थलमा पासपोर्ट जाँच, सिमा क्षेत्र र अन्य सरकारी क्षेत्रमा कागजपत्र जाँच गर्न खटाईएका प्रहरीहरु हटाएर क्षेत्रगत अनुभवी सामान्य कर्मचारी राखिने भएको छ ।

फ्रान्सले कोरोना स्वास्थ्य पासलाई खोप पासमा बदल्ने बिधेयक प्रस्ताव गरेलगत्तै करिब ५२ जना सांसद र मन्त्रीहरुको ज्यान लिने लगायतका सुरक्षा धम्कीहरु आएका थिए । वाज क्षेत्रका एक सांसदको घर र गाडी जलाइदिएका थिए । दर्जनौंले अज्ञात तरिकाले हुलाक र इेलबाट पठाइएको धम्किपूर्ण पत्रहरु पाएका थिए । यसको लगत्तै फ्रान्समा नागरिक असुरक्षा बढेको, राष्ट्रपतीले निर्वाचित प्रतिनिधि र नागरिकको सुरक्षा दिन नसकेको भन्दै प्रतिपक्षीहरुले तिब्र आलोचना गर्दै आएका छन् ।

देशब्यापीरुपा सुरक्षा फितलो भन्दै आलोचना बढेपछि राष्ट्रपतीले प्रहरी दरबन्दि बढाउन लागेको मेडियाहरुले रिपोर्ट गरेका छन् ।

अप्रिलको राष्ट्रपति चुनाव अघिको अभियानमा सुरक्षा मुख्य विषय बनेको छ । वामपन्थी, दक्षिणपन्थि, हरियाली पार्टी लगायतका दलहरु राष्ट्रपतीको पदकालागि दौडमा छन् । राष्ट्रपती निर्वाचनलाई केन्द्रमा राखेर ति दलले देशमा देखिएका हरेक अपराधलाई चर्को विषय बनाईरहेका छन् ।

“आज, हाम्रो प्रहरी र नगरप्रहरीले तपाईको दैनिक जीवनमा फरक नपर्नेगरि धेरै काम गर्ने छन् । सार्वजनिक भवनहरू, हिरासतबाट ल्याएर अस्पतालमा भर्ना भएका व्यक्तिहरू, अदालतको सुनुवाइमा रहेका अधिकारीहरूलाई छिमेकमा गस्ति गर्नबाट प्रहरीलाई रोकिने छ” माख्रोंले सोमवार मेडियाहरुलाई भने ।

“यी कार्यहरू प्रशासनिक कर्मचारीहरूलाई हस्तान्तरण गरेर वा निजी वा कुनै कम्पनीसित सम्झौता साझेदारी मार्फत हामी तिनीहरूलाई मुक्त गर्नेछौं । यसो गर्दा हाम्रा ३,५०० प्रहरी र नगरप्रहरी खाली हुने छन्” उनले उल्लेख गरेका छन् ।

कन्जरभेटिभ प्रतिद्वन्द्वी भ्यालेरी पेक्रेस, अति दक्षिणपन्थी उम्मेदवार मरिन ल पेन र एरिक जिमुँले बारम्बार उनको आलोचना गरेपछि आफ्नो बचाउ गर्दै माख्रोंले भने “हामीले विगत पाँच वर्षमा हाम्रो सुरक्षामा पुन: लगानी गरेका छौं ।”

माख्रोंले आफ्नो कार्यकालमा डकैती र अन्य अपराधमा कमी आएको समेत दाबी गरेका छन् ।

तपाइँको प्रतिक्रिया