शुक्रबार, वैशाख ७, २०८१

युरोपेली संसदका अध्यक्ष डेभिड ससोलीको निधन

नेपालप्लस संवाददाता२०७८ पुष २७ गते १९:१७

युरोपेली संसदका अध्यक्ष तथा इटालियन सोसल डेमोक्र्याट डेभिड ससोलीको ६५ वर्षको उमेरमा इटालीमा राति निधन भएको उनका प्रवक्ताले बताएका छन् ।

“युरोपेली संसद डेभिड ससोलीको ११ जनवरी ११.१५ मा एभियानो इटालीको सिआरओमा निधन भयो जुन अस्पतालमा भर्ना हुनुहुन्थ्यो” रोबर्टो कुइलोले ट्विटरमा पोस्ट गरेका छन् ।

ईयुका प्रवक्ताले सोमबार दिउँसो ससोली डिसेम्बर २६ बाट अस्पतालमा “प्रतिरक्षा प्रणालीको असक्षमताका कारण गम्भीर जटिलता आएकाले सबै आधिकारिक गतिविधिहरू रद्द गरिएको घोषणा गरेका थिए ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले ट्वीटरमा भनेकी छिन् “महान युरोपेली र गर्व गर्न लायक इटालियनको भयानक क्षतिबाट गहिरो दुःखी भएको छ। ससोलीलाई “एक दयालु पत्रकार, युरोपेली संसदको उत्कृष्ट अध्यक्ष र सबैभन्दा पहिले र सबैभन्दा प्रिय मित्र थिए ।”

ईयु काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले ससोलीलाई “इमानदार र भावुक युरोपेली” अकरुपमा चित्रित गरेका छन् । ” हामीले पहिले नै उहाँको मानवीय न्यानोपन, उहाँको उदारता, उहाँको मित्रता र उहाँको मुस्कानलाई मिस गरेका छौं” उनले उल्लेख गरेका छन् ।

ससोलीको डेमोक्र्याटिक पार्टी (पीडी) का प्रमुख एनरिको लेटाले उनलाई “असाधारण उदारता, एक भावुक युरोपेली” र “दृष्टि र सिद्धान्त, सैद्धान्तिक र व्यावहारिकता भएको ब्यक्ति” को रुपमा सम्बोधन गरेका छन् ।

डेभिड ससोली महिनौंदेखि खराब स्वास्थ्यसँग संघर्ष गरिरहेका थिए। विगतमा ल्युकेमियाबाट पीडित भएका उनलाई सेप्टेम्बरमा संसदको पूर्ण सत्रमा निमोनियाको गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना हुनुपरेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक