शुक्रबार, चैत १६, २०८०

‘युरोपको आधा जनसंख्या आगामी दुई महिनामा ओमिक्रोनबाट संक्रमित हुनसक्छ’ डब्ल्युएचओ

नेपालप्लस संवाददाता२०७८ पुष २७ गते २०:१४

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली क्षेत्रको आधा भन्दा बढी जनसंख्या आगामी दुई महिना भित्र ओमिक्रोनबाट संक्रमित हुन सक्ने मंगलबार चेतावनी दिएको छ ।

डब्ल्युएचओले हाल युरोपेली क्षेत्रको पूर्व देखि पस्चिमसम्म ५३ देश हेरिरहेको र ओमिक्रोनले पश्चिमदेखि पूर्वको ज्वारभाटाको लहरको प्रतिनिधित्व गर्ने डा हान्स क्लुगेले बताएका हुन् ।

सन् २०२२ को पहिलो हप्तामा युरोपेली क्षेत्र (डब्ल्यु एच ओले हेर्ने ५३ देश) मा ७० लाख भन्दा बढी संक्रमण पुष्टि भएको थियो । दुई हप्ताको अवधिमा दोब्बर भन्दा बढी संक्रमित भएको छ ।

“१० जनवरी सम्म २६ देशहरूले रिपोर्ट गरे अनुसार उनीहरूको जनसंख्याको एक प्रतिशत भन्दा बढीलाई प्रत्येक हप्ता कोविड-१९ ले समातिरहेको छ” डब्लुएचओ युरोपका क्षेत्रीय निर्देशक डा क्लुगेले भनेका छन् ।

“पचास देशहरूले अब ओमिक्रोनका केसहरू रिपोर्ट गरेका छन् । पश्चिमी युरोपमा चाँडै प्रबल भाइरस बनेको छ र अहिले बाल्कन क्षेत्रमा फैलिरहेको छ” उनले थपे ।

“यहि दरमा संक्रमण फैलिंदै गए हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन (आईएचएमई) संस्थानले आगामी छ देखि आठ हप्तामा यस क्षेत्रका ५० प्रतिशत भन्दा बढी जनसंख्या संक्रमित हुने अनुमान गरेको छ” उनले पत्रकार सम्मेलनमा भने ।

“ओमिक्रोनले मानिसहरूलाई मार्दैछ, हल्का भन्नु हुँदैन” डब्ल्यु एचओको चेतावनी

ओमिक्रोन भेरियन्ट मूल भाइरस वा डेल्टा भेरियन्ट भन्दा धेरै संक्रमणजनक भएको प्रमाणले देखाएको छ । पूर्ण खोप लगाइएका व्यक्तिहरूलाई सङ्क्रमित वा पुनः सङ्क्रमण हुने सम्भावना बढी छ । तिनको उपचारमा पनि यो बढी प्रतिरोधी हुन्छ । क्लुगेले भनेका छन् “यो किनभने यसको उत्परिवर्तनले यसलाई मानव कोषहरूमा अझ सजिलैसँग पछ्याउन सक्षम बनाउँछ ।”

सुरक्षाको लागि खोप आवश्यक

डब्ल्यूएचओको युरोप क्षेत्रले मध्य एशियाका भागहरू समेत लगभग ९० करोड जनसंख्या समेट्छ । डब्ल्यूएचओको युरोप क्षेत्रमा गत सात दिनमा २०,४०० को मृत्यु पनि भएको थियो । यो अघिल्लो हप्ताको तुलनामा थोरै कम हो । अघिल्लो हप्ता २२,६०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

मृत्युको संख्या २०२१ को जाडो याममा देखाइएको तथ्याङ्क भन्दा कम छ जब डेल्टा भेरियन्ट युरोपभर द्रुत रूपमा फैलिरहेको थियो ।

क्लुगेले जोड दिए “मृत्यु दर स्थिर रहेको भएपनि तिनीहरू उच्च कोविड-१९ संक्रमण भएका देशहरूमा उच्च रुपमै फैलिन जारी रहन्छन् । खोप कम लगाइेको छ भने ति धेरै फैलिन्छन् ।”

उनले खोप लगाउनाले कोरोना भाईरस मात्रै नभएर अन्य रोगसित जोडिएकालाईपनि मृत्युबाट राम्रो सुरक्षा प्रदान गर्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक