बिहीबार, वैशाख १३, २०८१

कोरोना प्रतिबन्धको विरोधमा जर्मनीमा प्रदर्शन

नेपालप्लस संवाददाता / जर्मनी२०७८ पुष २७ गते २०:४४

जर्मन सरकारको कोभिड प्रतिबन्धको विरोधमा सयौं प्रदर्शनकारीहरूले ड्रेसडेन नजिकैको बाउत्जेनको सडकमा प्रदर्शनी गरेका छन् ।

ड्रेसडेन सहरका मेयर अलेक्ज्याण्डर एरेन्स हालको कोविड-१९ नियमहरूको विरुद्द अस्वीकृति व्यक्त गर्न चाहनेहरूप्रति केही सहानुभूति प्रकट गरेपनि हरेक हप्ता उही मानिसहरू, हप्ता-हप्तामै दक्षिणपन्थी चरमपन्थीहरूले झैं विरोधमा उत्रिएकोमा भने आपत्ती जनाएका छन् ।

“तपाई कोरोना नियमहरू विरुद्ध हुन सक्नुहुन्छ” एरेन्सले युरोन्यूजलाई भने “तपाइँको प्रदर्शनी उल्टो रूपको एक प्रदर्शनमा समाप्त हुनसक्छ जहाँ १०० वा १५० नव-नाजीहरू समावेश छन् ।”

“तर जब तपाईंले एक वा दुई पटक तिनलाई देख्नुभयो भने तपाईंले सोच्नुपर्छ : ‘के म साँच्चै नाजीहरूसँग सडकमा सँगै हुन चाहन्छु ? के म नाजीहरूसँग प्रदर्शन गर्न चाहन्छु ?’ म साँच्चै स्पष्टसँग भन्छु -त्यो ठीक हैन, त्यो सहि दिशामा छैन” उनले भने ।

बर्लिनको फ्री युनिभर्सिटीका प्रोफेसर स्वेन हटरले प्रदर्शनकारीहरुसित घुसपैठ गरेर नाजीबादीहरुले धेरैलाई धम्की दिएको बताएका छन् ।

“हामीले हिंसाको लागि धेरै कलहरू आएको पाएका छौं । पदाधिकारीहरू विरुद्ध, पत्रकारहरू र सत्ताधारी दलको विचार बोक्ने अन्य प्रतिनिधिहरू विरुद्ध । त्यहाँ हामी खतरा देख्न सक्छौं” उनले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक