शनिबार, जेठ १४, २०७९

बेल्जियमका तिन दर्जन नेपाली जापानी खानाको ‘कुक’ बन्ने तरखरमा

नेपालप्लस संवाददाता२०७८ पुष २८ गते ०:१७

बेल्जियमका झण्डै तिन दर्जन नेपाली जापानी खानाको ‘कुक’ बन्ने तरखरमा छन् । नेपाली ब्यवशायी संघ बेल्जियमले करिब तिन दर्जन नेपालीलाई हाल जापानी खाना सुसी र हट फुड (अन्य तातो खाना) बनाउने तालिम दिईरहेको छ ।

नेपाली ब्यवशायी संघ बेल्जियमका महासचिव मदन दवाडीका अनुसार बेल्जियममा बिभिन्न पेशागत र सिपमूलक तालिम दिन ख्याती कमाएको सिन्ट्रासित मिलेर तालिमको ब्यवस्था गरिएको हो । तालिम सोमवारबाट शुरु भएको हो ।

बेल्जियममा नेपालीहरुले जापानी खाना सुसीलाई परिमार्जित गरेर ‘रिमिक्स नेपाली सुसी’ बनाइदिएका छन् । बेल्जियममा नेपालीका साँढे एक सयभन्दा बढी सुसी रेस्टुरेन्ट छन् । सुसी रेस्टुरेन्ट खुल्ने क्रम बढीरहेको छ । तर सुसी बनाउने कुकको भने सधैं अभाव रहँदै आएको थियो ।

‘सुसी रेस्टुरेन्ट खुलेको खुल्यै भए । कामदार पाउन भने गाह्रो हुँदै गयो । त्यसैले बेल्जियममा सिपमुलक तालिम आधिकारिक रुपमा दिने प्रतिस्ठित संस्थासित मिलेर यो तालिमा शुरु गरेका हौं” मदन दवाडीले नेपालप्लससित भने ।

अन्य देशमा कोरोना महामारीका बेला ब्यापार ब्यवशाय चौपट भैरहेका बेला बेल्जियममा भने नेपालीहरुको रेस्टुरेन्ट ब्यवशाय नाटकिय रुपमा चम्किरहेको छ । कोरोना संकटकालकै बेला एक सय भन्दा बढी सुसी रेस्टुरेन्ट नेपालीले मात्रै खोलेका छन् । ति रेस्टुरेन्टमा जापानी खाना सुसी र तातो जापानी खाना बनाउने कुकको अभाव रहँदै आएको छ ।

यहि खाँचोलाइ पूर्ति गर्न नेपाली ब्यवशायी संघ बेल्जियमले सिन्ट्रासित मिलेर सुसी तालिम शुरु गरेको हो । तालिम हप्तामा दुई दिन सोमवार र शनिवार हुन्छ । एक समुहमा १८ जना र अर्को समुहमा १७ जना महिला तथा पुरुष छन् ।

जनावरमा बाघ, खानामा सुसी : युरोपभरि जापानी खाना बनाउँदै नेपाली

रोचक पक्ष के भने ब्यवशायिक रुपमा खाना बनाउने कुकका रुपमा पुरुषहरुनै अधिकांश रहने गरेकोमा बेल्जियममा सुसी बनाउन हाल महिलाहरुपनि तम्सिरहेका छन् । हाल चलिरहेको तालिममापनि पुरुषभन्दा महिलाको संख्या बढी छ ।

“महिलाहरुपनि बिदेशी खाना बनाउने कुक बन्छु, आफ्नो परिवारले चलाएको ब्यवशायमा साथ दिन्छु, आफैं खाना बनाउँछु भनेर आउनु हौसला बढ्ने पाटो हो” दवाडी भन्छन् ।

बेल्जियमको सिन्ट्रामा शिक्षकहरु थिए । उनीहरुसित हरेक क्षेत्रको तालिमकालागि औजार, हल र अन्य उपकरणपनि थिए । तर सुसी बनाउन सिक्ने विद्यार्थी थिएनन् । यता नेपाली ब्यवशायी संघमा शिक्षक र विद्यार्थी त थिए, तर हल र अन्य उपकरणको खाँचो थियो । संघले यहि द्विपक्षिय तारतम्य मिलाएर तालिमको ब्यवस्था गरेको हो ।

तालिम दिन सिट्राका शिक्षक र क्यानडामा लामो सायदेखि सुसीमा विज्ञता हाँसिल गरेका नारायण चित्रकार छन् । सुसीको नितिगत, संस्थागत ज्ञानका साथै स्वच्छता, सफाई र पाकशिक्षाका अन्य कानुन, ब्यवस्था र नितिबारे सिन्ट्राका प्रशिक्षकले तालिम दिने छन् । नेपालीहरुले जापानी सुसीलाई फ्युजन गरेर अलि भिन्न खाले सुसी बनाएकाले त्यसको ब्यवहारिक ज्ञान भने नेपाली सुसी सेफ चित्रकारले दिने छन् । दुबै तर्फको ज्ञान हाँसिल गर्ने प्रशिक्षकहरुलाई तालिम पछि सिन्ट्रालेनै प्रमाणपत्र दिने छ ।

‘सिन्ट्रा भनेको बेल्जियमको विश्वाशिलो संस्था हो । तालिम पछि यो संस्थाले दिएको प्रमाणपत्रको छुट्टै महत्व र विश्वाश हुन्छ” दवाडीले भने ।

नेपालीहरुलाई आर्थिक भार नपरोस भनेर बेल्जियम ब्यवशायी संघले प्रश्क्षार्थीबाट जनही २५० युरो तालिमको खर्च लिएको छ । यहि रकमबाट उनीहरुले प्रशिक्षकको पारिश्रमिक, सिन्ट्राको भान्छा र हल प्रयोग गरेबापत रकम तिर्नुपर्छ । अन्य आवस्यक सामानको जोहो ब्यवशायी संघले गर्छ । खर्च धान्नेगरि उनीहरुले यो तालिम लामो समयको तयारिपछि दिन सफल भएका हुन् ।

सुसी खाना मूलत जापानी र चिनियाहरुको हो । तर बेल्जियममा नेपालीहरुले जापानी र चिनियाहरुलाईनै सुसीमा बिस्थापित गरिदिएका छन् । कोरोना कालमा रेस्टुरेन्ट भित्रै बसेर खान नपाइने नियम बनेपछि बेल्जियममा घरैमा खाना मगाएर खाने (होम डेलिभरी) र रेस्टुरेन्टमा पोको पारेको खाना घरमा ल्याएर खाने (टेक अवे) को प्रचलन ब्यापक बढेको थियो । यहि मेसोमा नेपालीहरुले सुसी रेस्टुरेन्ट बेल्जियमका गाउँ गाउँमै खोले ।

त्यसको कारण के थियो भने नेपालीहरु आफैं खट्ने हुँदा जतिखेर पनि सेवा दिन थाले । आफैंले काम गर्ने हुनाले कर्मचारीले झैं आठ घण्टा भन्ने भएन । १२ घण्टानै खटिएर खाना बनाउने र घर घरमा ओसारेको ओसार्‍यै गर्न लागे । यसरि आफैं खटेर सुसी बनाउँदा सस्तो पर्ने भयो । ग्राहकलेपनि सस्तो पाउने भए । नेपालीहरु रेस्टुरेन्ट ब्यवशायमा अब्बल देखिए ।

कोरोनाकालमा कतै रेस्टुरेन्ट नखुलेका बेला पहिलो पटक चाख्ने बेल्जियनलाईपनि जस्तो सुसी नेपालीले बेचे त्यहिनै जिब्रोमा गड्यो । त्यसपछि पनि नेपालीले बनाएकै सुसी खोज्ने भए ।

“पहिलो पटक जुन सुसी खाए, सुसी खान सिके हुनेनै यस्तै होला भन्ने भयो । त्यसैले ति बाहिर जाँदैनन्, नेपालीकै सुसी खोज्छन्” दवाडी भन्छन् ।

खासमा सुसीमा थोरै भात र धेरै माछा हुनुपर्छ । तर नेपालीको धेरै भात थोरै माछा प्रयोग गरे । किनकि माछाको मूल्य भातको भन्दा निकै गुणा बढी पर्छ । तर बेल्जियनले भात बढी र माछा कम भएको सुसीनै खाएकाले यहि रुचाउने भए ।

“संयोगले कतै थोरै भात धेरै माछा राखेको सुसी खाएभने मन पराउँदैनन्, खास सुसी परेनछ कि जस्तो मान्छन्” दवाडीको भनाई छ ।

बेल्जियममा खुलेका नेपाली सुसी रेस्टुरेन्टमा कुक नपुगेर पोर्चुगलबाटसमेत नेपालीले सुसी कुक ल्याए । तैपनि खाँचो पुरा भएन ।

बेल्जियममा कहिल्यैपनि सुसी कुकको खाँचो पूर्ति भएन । हुन्न । हामी फेरिपनि अरु टोलीलाई तालिमको ब्यवस्था गर्नैपर्छ भन्ने पक्षमा छौं” नेपाली ब्यवशायी संघ बेल्जियमका महासचिव मदन दवाडीको भनाई छ ।

संवन्धित समाचार, आलेख

जनावरमा बाघ, खानामा सुसी : युरोपभरि जापानी खाना बनाउँदै नेपाली

कोरोना महामारी, बेल्जियमका नेपालीलाई स्वर्णकाल !

तपाइँको प्रतिक्रिया

फेसबुक