शनिबार, वैशाख ८, २०८१

पोल्याण्ड कोरोनाबाट एक लाख मृत्युहरू पार गर्ने सबैभन्दा नयाँ युरोपेली देश

नेपालप्लस संवाददाता२०७८ पुष २८ गते १३:०२

पोल्याण्ड कोविड-१९ बाट एक लाख मृत्यु पार गर्ने पछिल्लो युरोपेली देश बनेको छ । त्यहाँ पछिल्लो समयमा ओमिक्रोन भेरियन्ट फैलिएसँगै संक्रमण ब्यापक बनेको छ ।

ती मृत्यु मध्ये करिब एक चौथाई (लगभग २४,०००) अक्टोबरमा सुरु भएको संक्रमणपछि भएको हो । यो समयमा युरोपेली राष्ट्रका करिब तिन करोड ८० लाख जनसंख्यालाई कोरोना खोप सहजै उपलब्ध गराइएको थियो ।

पोल्याण्डका स्वास्थ्य मन्त्री एडम निडजिल्सकीले मंगलबार कोभिड-१९ बाट थप ४९३ जनाको मृत्यु भएको बताएका छन् । हाल त्यहाँ समग्र महामारीबाट मृत्यु हुनेको संख्या एक लाख दुई सय ५४ छ ।

पोल्याण्डमा डेल्टा भेरियन्ट फैलिएर चौथो लहरको घोषणा गरिएका बेला ओमिक्रोन फैलिएसँगै फेरि संक्रमण ब्यापक भएको हो ।

ओमिक्रोनबाट पहिलो दुई मृत्यु सोमबार रिपोर्ट गरिएको थियो । ति दुबै वृद्ध र खोप नगरिएका व्यक्तिहरू थिए ।

स्वास्थ्य मन्त्री एडम निडजिल्सकीले १८ हजार भन्दा बढी कोविड-१९ का बिरामीहरू अस्पतालमा भर्ना भएको सार्वजनिक गरेका छन् । ओमिक्रोनले “अन्य छालहरूको तुलनामा सबैभन्दा कठिन अवस्था” बनाएको समेत उनले उल्लेख गरेका छन् ।

पोल्याण्डले विगत दुई दशकमा सीमित कोष र धेरै चिकित्सा क्षेत्रका पेशेवरहरू पश्चिमी युरोपमा बसाइँ सरेकोले स्वास्थ्य सेवा क्षेत्रको कठिनाई सँगै महामारीसित संघर्ष गरिरहेको छ ।

ओइसिडिको तथ्याङ्क अनुसार पोल्याण्ड आफ्नो जनसंख्याको अनुपातमा काम गर्ने डाक्टरहरूको सबैभन्दा कम संख्या भएको ईयु राष्ट्र हो । जर्मनीमा प्रति एक हजार बासिन्दामा साँढे चार जना चिकित्शक छन् भने पोल्याण्डमा जम्मा दुइ दशमलव चार जना मात्रै छन् ।

पोल्याण्डमा प्रति एक हजार बासिन्दाहरूका लागि पाँच जना नर्स मात्रै छन् । ईयुको औसत दर एक हजार बासिन्दामा ८ जना नर्स हो । जर्मनी जस्ता धनी देशहरूमा प्रति हजारमा १४ जना नर्स छन् ।

पोल्याण्डमा पछिल्लो लहरमा कोभिड-१९ बाट मृत्यु हुनेमध्ये ८३ प्रतिशत खोप नभएका व्यक्तिहरू हुन् । ४४ वर्ष मुनिका मानिसहरूमध्ये ९० प्रतिशतभन्दा बढी मृत्यु भएकाहरूलाई खोप लगाइएको थिएन ।

पोल्याण्डमा खोप दर लगभग ५६ प्रतिशत छ । यो पश्चिमी युरोपका देशहरू भन्दा धेरै कम हो । तैपनि बुल्गेरिया र रोमानिया जस्ता अन्य मध्य युरोपेली देशहरू भन्दा धेरै उच्च छ ।

पोल्याण्डले अब आफ्नो देशलाई युरोपका बेलायत, इटाली, फ्रान्स र जर्मनीकै हाराहारीमा पुर्‍याएको छ जहाँ एक लाख भन्दा बढी मृत्युहरू कोरोनाकै कारण भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक