शुक्रबार, चैत १६, २०८०

४५ जनालाई नक्कली कोरोना खोप दिएको आरोपमा इटालियन नर्स पक्राउ

नेपालप्लस संवाददाता२०७८ पुष २८ गते १९:३३

४५ जनालाई नक्कली कोरोना खोप दिएको आरोपमा एक जना इटालियन नर्सलाई पक्राउ गरिएको छ ।

ति संदिग्ध व्यक्तिले खोपहरू फ्याँकिदिएको र पत्ता नलगाउन् भनि बच्नको लागि बिरामीहरूलाई ब्यान्डेज लगाइदिएको प्रहरीले बताएको छ ।

अनुसन्धानका क्रममा नर्सका कथित चार जना सहयोगीलाई पनि घरमै नजरबन्दमा राखिएको छ ।

ईटालीको एन्कोना स्थित प्रहरीले खोप विरोधी प्रदर्शनकारीहरू फेला पारेको आरोप लगाएको छ जसले नक्कली स्वास्थ्य पासको लागि ३०० युरो तिर्न इच्छुक थिए ।

ईटालीमा नयाँ नियमहरू अन्तर्गत खोप नगरिएका इटालीयनहरूले बार, रेस्टुरेन्ट र घरेलु सार्वजनिक यातायातमा पहुँच गर्न सक्दैनन् । भर्खरै कोरोना निको भएका व्यक्तिहरूलाई मात्र नयाँ ‘सुपर ग्रीन पास’ नियमहरूबाट छुट दिइएको छ ।

कोरोनाबाट निको भएकालाई मार्च १५ सम्म नयाँ नियमबाट छुट छ र त्यसपछि तिनले कोरोना खोप लगाएको हुनुपर्छ ।

एन्कोना अस्पतालका एक डाक्टरले आफ्ना सहकर्मीको कार्यमा शंका गरेपछि प्रहरी अनुसन्धान सुरु गरिएको बताइएको छ ।

प्रहरीले प्राप्त गरेको भिडियो फुटेजमा एक व्यक्तिको हातमा सुई लगाउने नाटक गर्नु अघि नर्सले मेडिकल फोहोर बिनमा खोपको सुई खाली गरेको देखिएको छ ।

पक्राउ परेका पाँचै जनामाथि भ्रष्टाचार, गलत सूचना र हिनामिना गरेको आरोप छ । प्रहरीले उनीहरूको योजनाले आधारभूत सार्वजनिक स्रोत बर्बाद गरेको आरोप समेत लगाएको छ ।

प्रहरीको एक विज्ञप्ति अनुसार कथित रूपमा नक्कली खोप प्रमाणपत्रहरू प्राप्त गर्ने ४५ जना व्यक्तिहरू पनि अनुसन्धानमा छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक