शुक्रबार, वैशाख ७, २०८१

खोप विरोधी प्रदर्शनकारीद्वारा बुल्गेरियाको संसद भवनमा आक्रमण प्रयास

नेपाल प्लस२०७८ पुष २८ गते १९:५४

Image credit-wikimedia.org

बुल्गेरियामा खोप विरोधी प्रदर्शनकारीहरूले संसद भवनमा आक्रमण गर्न खोज्दा प्रहरीसँग झडप भएको छ ।

बुल्गेरियाली सरकारले लागू गरेको एन्टि भाइरस उपायहरूको कडा विरोध गर्दै राष्ट्रवादी समूहद्वारा आयोजित एक विरोध र्‍यालीमा बुधबार हिंसा भड्किएको छ ।

प्रदर्शनी कडा हुन्छ भन्ने मेसो पाएपछि सरकारले कडा सुरक्षाको ब्यवस्था गरेको थियो । प्रदर्शनकारीहरूलाई सोफियाको संस्द भवनमा प्रवेश गर्नबाट प्रहरीले रोकेको थियो ।

संसद भवन प्रवेश गर्ने क्रममा रहेका धेरै मानिसहरूलाई प्रहरीले हिरासतमा लिएको छ । भवन घेराबन्दी गर्नुअघिको झडपमा प्रहरी अधिकारीसहित कैयौं घाइते भएका थिए ।

राष्ट्रिय झण्डा फहराउँदै र देशभक्तिको गीत गाउँदै झण्डै एक हजार प्रदर्शनकारी राष्ट्रिय सभा अगाडिको चोकमा बसेका थिए ।

प्रदर्शनकारीहरूले सरकारले लगाएको नियम अनिवार्य फेस मास्क र खोप पासहरू खारेज गर्नुपर्ने माग राखेका थिए । उनीहरूको माग पूरा नभएसम्म त्यहाँ बस्ने योजना बनाएको बताए ।

संक्रमणको नयाँ बृद्धिको सामना गरिरहेको बुल्गेरियाले आफ्नो जनसंख्याको एक तिहाइले मात्र कोविड-१९ विरुद्ध खोप लगाएको छ । यो युरोपेली संघमा सबैभन्दा कम दर हो ।

बुल्गेरियाका प्रधानमन्त्री किरिल पेटकोभले प्रदर्शनकारीहरुलाई शान्त रहन आह्वान गरेका छन् । आफ्ना मागहरूबारे छलफल गर्न शुक्रबार प्रदर्शनकारीका प्रतिनिधिहरूलाई आफ्नो कार्यालयमा आमन्त्रित गरेका छन् ।

(स्रोत-युरोन्युज, एपी)

तपाइँको प्रतिक्रिया

फेसबुक