बिहीबार, वैशाख १३, २०८१

कोरोना लकडाउनका बेला भोज गरेकामा बेलायती प्रधानमन्त्रीद्वारा माफी दिन आग्रह

नेपालप्लस संवाददाता / बेलायत२०७८ पुष २८ गते २०:३१

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधवार बेलायतको पहिलो कोरोना भाइरस तालाबन्दीको क्रममा बगैंचाको पार्टीमा भाग लिएकोमा माफी मागेका छन् । तर विपक्षी दल लगायतले देशको कानुन बिरुद्द गएकामा राजिनामा दिनुपर्ने भन्दै राखेको मागलाई भने उनले खारेज गरेका छन् ।

उनले आफूले गरेको गल्तिमा माफी मागेपछि जनताको आक्रोशलाई साम्य पार्न सहयोग पुगेको बेलायती मेडियाहरुले उल्लेख गरेका छन् । आफू र आफ्ना कर्मचारीहरूले प्रतिबन्ध लगाएको बेला सामाजिकीकरण गरेर महामारी प्रतिबन्धको उल्लङ्घन गरेको भन्दै उनले माफी मागेका हुन् ।

जनस्तरबाट आएको आक्रोशलाई शान्त पार्ने कोसिस गर्दै जोनसनले बुधवार पहिलो पटक गल्ति स्वीकार गरे । उनले आफू मे २०२० मा उनको डाउनिंग स्ट्रिट अफिसको बगैंचामा आयोजित पार्टीमा गएको स्विकारेका छन् । यद्यपि उनले महामारीको बेलापनि कार्यक्रम आयोजना गरेकामा आफ्ना कर्मचारीलाई धन्यावाद दिन मात्रै आफू त्यहाँ गएकोउल्लेख गरेका छन् ।

“म माफी माग्न चाहन्छु । अस्पष्टता भएको छ । मैले सबैलाई भित्र फिर्ता पठाउनु पर्ने थियो” जोनसनले हाउस अफ कमन्समा प्रधानमन्त्रीको साप्ताहिक प्रश्न सत्रमा सांसदहरूलाई भने ।

“आफ्नो पेय पदार्थ आफैं ल्याउनुहोला” प्रधानमन्त्री कार्यालयका कुनै कर्मचारीले लगभग १०० आगन्तुकलाई ईमेलमा लेखेका थिए । तर प्रधानमन्त्री जोनसनको कार्यालयले यस्तो इमेल नगरेको र नपाएको बताएको छ ।

विपक्षी र सहयोगीहरूले जोनसनलाई पार्टीको बारेमा स्पष्ट पार्न माग गर्दै आएका छन् । बेलायतीहरूलाई कानूनले कोरोना भाइरसको फैलावट रोक्नको लागि उनीहरूको घर बाहिर एक भन्दा बढी व्यक्तिलाई भेट्न प्रतिबन्ध लगाएको थियो । लाखौंलाई परिवार र साथीहरू भेट्न बन्देज गरेको थियो । अस्पतालमा मरेका आफन्तहरूलाई भेट्नबाट पनि रोकिएको थियो ।

जोनसनले भने “हामीले देशको नियम बुझेका छौं । नागरिकको त्याग बुझेका छौं । विगत १८ महिनामा जनताले असाधारण त्याग गरेका छन् । डाउनिङ स्ट्रिटका मानिसहरूले ती नियमहरू पालना गरेनन् भन्ने म विश्वाश गर्दिन । मैलेपनि ति नियमहरु तोडेको छैन” उनले भने “हाम्रा कर्मचारीहरुले सधैं ति नियमहरु पालना गरेका छन् ।”

तर बिपक्षी पार्टीका नेताहरुले भने जोनसनले संस्दलाई ढाँटेको र जनतालाई गुमराहमा राखेको भन्दै आलोचना गरेका छन् । केहिले उनको राजिनामा माग गरेका छन् ।

तपाइँको प्रतिक्रिया