शुक्रबार, वैशाख ७, २०८१

युरोको २० वर्ष कति सफल ?

नाओमी लोइड२०७८ पुष २९ गते २३:०२

दुई दशकदेखि युरोपेली अर्थतन्त्र र व्यवसायहरूको लागि एकल मुद्राको अर्थ के हो ? कति सफल रह्यो ?

१ जनवरी १९९९ मा ११ ईयु देशहरूले आफ्नो नयाँ साझा मुद्राको रूपमा यूरो सुरु गरे । यूरो बैंकनोट र सिक्काद्वारा पहिलो पटक १२ युरोपेली देशहरूमा १ जनवरी २००२ देखि तिनीहरूको राष्ट्रिय मुद्राहरूलाई प्रतिस्थापन गरियो ।

युरो पहिले तीन वर्षको लागि स्थापित थियो, मात्र इलेक्ट्रोनिक रूपमा । २० वर्ष पछि १९ देशहरूमा ३४ करोड भन्दा बढी युरोपेलीहरूले यूरो प्रयोग गर्छन् ।

यूरोको उद्देश्य यूरो क्षेत्रमा काम र व्यापारको लागि तथा यात्रा र विदेशमा बस्नका लागि समान मुद्रा प्रयोग गरेर जीवनलाई सरल बनाउनु थियो । यूरोको बलियो अन्तर्राष्ट्रिय भूमिकाले ईयु अर्थव्यवस्था र वित्तीय प्रणालीलाई विदेशी मुद्राको झटकाबाट जोगाउन, अन्य मुद्राहरूमा निर्भरता कम गर्न र ईयु व्यवसायहरूको लागि कम लागत सुनिश्चित गर्ने उद्देश्य पनि राखेको छ ।

यूरो अहिले अमेरिकी डलर पछि विश्वको दोस्रो सबैभन्दा महत्त्वपूर्ण मुद्रा हो । ईयु बाहिरका ६० देश र क्षेत्रहरूले पनि यसलाई प्रयोग गर्दैछन् वा आफ्नो मुद्रा यसमा लिङ्क गर्दैछन् ।

अबको केही वर्षमा क्रोएसिया, रोमानिया र बुल्गेरियालेपनि युरो अपनाउन तयार भएका छन् । भविष्यलाई हेर्दै डिजिटल यूरोको विचार माथिपनि छलफल भइरहेको छ ।

आईरिश अनुभव

आयरल्याण्ड सन् २००२ मा यूरो अपनाउने पहिलो १२ देशहरू मध्ये एक थियो । र आईरिश पाउन्ड यूरो सिक्का र नोटहरूसित साटासाट गरियो ।

देशको वृद्धि दर युरोपमा सबैभन्दा बलियो भएको छ । युनिभर्सिटी कलेज डब्लिनका अर्थशास्त्री ओना पेया भन्छिन् “एकल मुद्राले त्यो सफलताको कथामा प्रमुख भूमिका खेलेको छ ।”

“एकल बजारमा आयरल्यान्डको स्थान सुदृढ गर्न युरोलाई अपनाउनु महत्त्वपूर्ण भएको छ । यसले धेरै विदेशी प्रत्यक्ष लगानी आकर्षित गरेको छ जुन अहिले रोजगारीको २० प्रतिशत हो । युरोले अन्तर-ईयु व्यापार बढाएको छ । त्यसले गर्दा हाल आयरल्याण्डले ४० प्रतिशत निर्यात गर्छ” विश्वविद्यालय कलेज डब्लिन कि अर्थशास्त्री ओआना पेइआ भन्छिन् ।

पेइयाका अनुसार आईरिश उदाहरण यूरो क्षेत्र सदस्यताको एक सावधानीपूर्ण तर सफल कथा हो । युरोले गर्दा सस्तो ऋणमा पहुँच भएको छ । खराब रूपमा विनियमित बजारपनि स्रिजित गरेको छ जसले अन्ततः २००८ को वित्तीय संकटको नेतृत्व गर्यो ।

“यस संकटबाट पुन: प्राप्ति वा बाहिर निस्किनु पीडादायी अवस्था थियो” उनी भन्छिन् “त्यसपछि, आयरल्यान्डको पुनप्राप्ति (रिकभरी) पनि उत्तिकै प्रभावशाली भएको छ । अर्थतन्त्र २०१२ देखि महामारीको ठीक अघिसम्म औसत ५ प्रतिशतले बढेको छ ।”

व्यवस्थित व्यापार वातावरण

आयरल्यान्डको अर्थतन्त्र प्राविधिक क्षेत्रहरूमा बढेको छ । जस्तै औषधि र चिकित्सा उत्पादनहरू जसले आईरिश निर्यातको ३८ प्रतिशत ओगटछ ।

“हाम्रो मुद्रा पाउन्ड युरोपमा सानो मुद्राको रुपमा रहने थियो । अस्पष्टता र विनिमय दरहरूले आयरिश व्यवसायहरूमा ठूलो प्रभाव पार्ने थियो । यूरोले ती सबैलाई व्यवस्थित गरेको छ” एरोजोनका प्रमुख कार्यकारि निर्देशक जोन पावेर भन्छन् ।

अेरोजेन २० वर्ष पहिले स्थापित उच्च-कार्यक्षमता भएको एयरोसोल औषधि वितरक हो । यो ठूलो कम्पनीका सीईओ जोन पावेरको लागि यूरो ग्रहण गर्नुले सकारात्मक लाभ भएको छ ।

आज यस कम्पनीले ४०० मानिसहरूलाई रोजगार दिन्छ र गहन हेरचाह कक्षहरूमा प्रयोग हुने यसका उत्पादनहरू ७५ भन्दा बढी देशहरूमा निर्यात गरिन्छ ।

“हाम्रो आन्तरिक बजार एकदम सानो छ” पावेर बताउँछन् “त्यसैले अमेरिका र युरोपेली बजार स्पष्ट रूपमा हाम्रो लागि धेरै आकर्षक छ जहाँ पाँच वर्षअघि हाम्रो व्यापारको करिब ३० प्रतिशत यूरोमा र ७० प्रतिशत डलरमा कारोबार हुने गरेको थियो । अहिले दुई वर्षमा युरो र डलरमा ५०–५० प्रतिशत भएको छ ।”

ब्रेक्जिटमा अनुकूलन

एरोजेनको बजारहरू अन्तर्राष्ट्रिय स्तरमा छन् । ब्रेक्सिटको प्रभावबाट त्यति पीडित भएको छैन ।

कृषि जस्ता अन्य क्षेत्रहरूको लागि युकेको बजारमा धेरै निर्भर रहनुपरेको कथा फरक छ । पेया भन्छिन् “आईरिश व्यवसायीहरूले नयाँ परिस्थितिमा अनुकूलन गर्न आवश्यक छ ।”

ब्रेक्जिटले आईरिश अर्थतन्त्रमा ठूलो अवरोध ल्याएको तथ्य हो । तर यसले धेरै अवसरहरू पनि सिर्जना गरेको छ । युरोपेली संघसँग व्यापार बढाउन अझै धेरै अवसरहरू भएको भनाई उनको छ ।

यूरोबारोमिटरका अनुसार आयरल्याण्ड युरोपमा दोस्रो-उच्च स्तरको विश्वास भएको देश हो । आइरिशहरूले संघ र यसको एकल मुद्रामा विश्वास गरिरहने यो सङ्केत हो ।

लचिलोपनको परीक्षण

यूरोसमूहका अध्यक्ष र आयरल्याण्डका अर्थमन्त्री पास्चल डोनोहोए पहिले वित्तीय संकट र त्यसपछि महामारीको आर्थिक नतिजाको परीक्षण गर्दा युरोले आफ्नो लचिलोपन प्रमाणित गरेकोमा दृढ विश्वास ब्यक्त गर्छन् । यूरोसमूह एक फोरम हो जसमा यूरोजोन देशका अर्थ मन्त्रीहरू भेला हुन्छन् ।

“कोभिड–१९ संकटबाट युरो क्षेत्र रिकभर भएको गतिलाई अहिले हेर्ने हो भने रिकभरीको गति विश्वव्यापी वित्तीय सङ्कटको तुलनामा करिब चार गुणा बढी छ” आयरल्याण्डका अर्थमन्त्री पास्चल डोनोहोए भन्छन् “उपभोक्ता र सरकार दुबैका लागि यूरोले जटिलताको तह हटाएको छ ।”

“मलाई लाग्छ कि यो व्यावहारिकरुपले लिने दैनिक लाभहरू हुन् जुन सायद सबैभन्दा मूर्त रुपपनि हो” डोनोहो भन्छन् “मुद्रा परिवर्तनको समयमा असुविधा र चुनौतीहरू पनि थिए । त्यो अहिले बिर्सन सजिलो भएको छ । तर युरोपियन युनियनको युरो पूर्वको भाग इतिहास भयो । महत्वपूर्ण विनिमय दरमा अस्थिरता एक परीक्षण थियो जुन अघिल्लो सरकारहरू र अघिल्ला व्यवसायहरूले सामना गरेका थिए” उनको भनाई छ ।

अब के ?

अर्को चरण डिजिटल यूरो हुनसक्छ । डोनोहो भन्छन् “युरोपियन सेन्ट्रल बैंकले अब अन्वेषणात्मक डिजाइन कार्यलाई अगाडि बढाईरहेको छ । मेरो आफ्नै अनुमान यो हो कि यदि तपाईं र म यहाँ २० वर्षको फरकमा बसेर सोच्यौं भने मलाई लाग्छ कि त्यो बिन्दुमा हामीले डिजिटल यूरोको बारेमा सोच्ने छौं ।”

त्यसैले अब लक्ष्य यूरोको आर्थिक लाभले सकारात्मक सामाजिक प्रभाव पार्छ भन्ने सुनिश्चित गर्नु हो ।

“यो यूरो क्षेत्रको लागि चुनौती भएकैले यो यूरोको लागि साँच्चै महत्त्वपूर्ण छ । हामीले कसरी रिकभरी गर्न सक्छौं भन्ने उदाहरण दिन सकिन्छ । त्यसले युवाहरूलाई फाइदा पुर्‍याउँछ, जसले महिलाहरूलाई कार्यक्षेत्र, कार्यको शक्तिमा फर्केर आउँदा सुनिश्चित गर्न अझ बढी भरपर्दो बनाउँछ । हामी देख्छौं कि नयाँ कार्य ढाँचाहरूले आफैंलाई स्थापित गर्न थाल्छन् । डिजिटल युरो समावेशी हो र यो राम्रो रिकभरी गर्ने माध्यम हो ।”

“म भन्छु कि यूरो एक दीर्घकालीन संकेत र युरोपको प्रतीक हो जुन महत्त्वपूर्ण छ । त्यो लचिलो छ जुन यसको हालको इतिहास भन्दा सधैं राम्रो हुनेछ । त्यसले सधैं राम्रो भविष्यको सूची देखाउँदै छ” यूरोग्रुपका अध्यक्ष यूरोको भविष्यबारे आफ्नो दृष्टिकोण राख्छन् ।

(युरोपियन कमिशन र युरोन्युज डटकमको साझेदारीमा प्रस्तुत आलेखको अंग्रेजीबाट नेपालीमा भावानुवाद गरिएको हो-संपादक)

संवन्धित समाचार

ब्रेक्सिट पछिको एक वर्ष : बेलायत र युरोपेली निर्यातकर्ताहरूलाई कस्तो असर ?

तपाइँको प्रतिक्रिया

फेसबुक