बुधबार, वैशाख १२, २०८१

बेलायत र भारतबिच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा नयाँ दिल्लीमा वार्ता सुरु

नेपालप्लस संवाददाता / बेलायत२०७८ पुष २९ गते २३:०१

भारत र बेलायतले स्वतन्त्र व्यापार सम्झौतालाई कायम गर्न द्विपक्षिय वार्ता सुरु गर्दैछन् । यो ब्रेक्सिट पछि हुने सबैभन्दा महत्वाकांक्षी वार्तामा द्विपक्षीय व्यापारलाई अरबौं डलरले बढावा दिने अपेक्षा गरिएको छ ।

बेलायतका अन्तर्राष्ट्रिय व्यापार सचिव आन-मारी ट्रेभल्यान नयाँ दिल्लीमा छन् । उनले भारतका वाणिज्य तथा उद्योग, उपभोक्ता मामिला तथा खाद्य तथा सार्वजनिक वितरण मन्त्री पियुष गोयलसँग भेट गर्ने छन् । वास्तविक वार्ता अर्को हप्ता सुरु हुने अधिकारीहरूले बताएका छन् ।

यो सम्झौताले खाद्यान्न र पेयदेखि लिएर अत्याधुनिक नवीकरणीय प्रविधिसम्म धेरै उद्योगहरूका लागि ठूलो फाइदा उठाउने दुबै पक्षले आशा गरेका चन् ।

यो सम्झौताले भारतमा बेलायतको निर्यातलाई दोब्बर बनाउने र सन् २०३५ सम्ममा वार्षिक ३८ अरब डलर (करिब ३३ अरब २० करोड युरो) ले द्विपक्षीय व्यापार बढाउन सक्ने बेलायती सरकारको विज्ञप्तिमा उल्लेख छ ।

“भारतसँगको सम्झौता भनेको बेलायती व्यवसायहरूलाई अघिल्लो पंक्तिमा अगाडि बढाउने सुनौलो अवसर हो । किनभने भारतीय अर्थतन्त्र द्रुत गतिमा बढिरहेको छ” ट्रेभल्यानले भनिन् “बेलायत एसियाको तेस्रो ठूलो अर्थतन्त्रमा बढ्दो मध्यम वर्गबिच जोडिन इच्छुक छ ।”

उनको भ्रमणले सन् २०१६ मा युरोपेली संघबाट बेलायत बाहिरिएपछि इन्डो–प्यासिफिक क्षेत्रमा आफ्नो व्यापार नीतिलाई केन्द्रित गर्न बेलायतले गरेको प्रयासलाई सङ्केत गर्छ । कुनै बेला बेलायती उपनिवेश भएको भारतलाई चीनसँगको सम्बन्धमा अनिश्चितताका कारण अनुकूल स्थानको रूपमा हेरिन्छ ।

“भारतीय कम्पनीहरूको लगानीले पहिले नै बेलायतमा ९५ हजार रोजगार स्रिजना गरेको छ” विज्ञप्तिमा भनिएको छ।

बेलायतले आफ्नो देशमा निर्मित कार र स्कच ह्विस्कीको निर्यातमा लाग्ने शुल्क कटौती सहित व्यापार गर्न रहेका अन्य बाधाहरू घटाउने सम्झौता गर्न चाहेको छ ।

बिहीवार फाइनान्सियल टाइम्स अखबारसँगको अन्तर्वार्तामा ट्रेभल्यानले भारतीय विद्यार्थी र दक्ष कामदारहरूको लागि भिसा पहुँच विस्तारसहितका सबै विषयलाई टेबलमा राखेको छ” उनले भनेकि छन् । सन् २०२३ को शुरुवातमा सम्झौता गर्न चाहेको उनले बताएकि छन् ।

भारतको विदेश मन्त्रालयका अनुसार भारत र बेलायतले पाँच प्रमुख क्षेत्रहरू, दुई देशका नागरिकबिचको सम्पर्क, व्यापार, रक्षा र सुरक्षा, जलवायु कार्य र स्वास्थ्यमा केन्द्रित छन् ।

भारत र बेलायतको सम्बन्ध आर्थिक हिसाबलेपनि लामो छ जसमा बेलायतले १२० परियोजनाहरूमा लगानी गरेको छ । सन् २०१९ मा संयुक्त राज्य अमेरिका पछि दोस्रो ठूलो विदेशी प्रत्यक्ष लगानीको स्रोत बेलायत बनेको छ । २०१९-२० मा दुई देशबीचको व्यापार १५ अरब ४५ करोड डलर थियो ।

तपाइँको प्रतिक्रिया