मंगलबार, वैशाख ११, २०८१

पोल्याण्डका प्रधानमन्त्रीको कोविड काउन्सिलबाट सरकारको आलोचना गर्दै डाक्टरद्वारा राजीनामा

नेपालप्लस संवाददाता२०७८ माघ १ गते १८:५९

फोटो- माउन्टेन इन्स्टिच्युट

कोभिड-१९ का लागि पोल्याण्डका प्रधानमन्त्रीको मेडिकल काउन्सिलका आधाभन्दा बढी डाक्टरहरूले सरकारको विरोधमा राजीनामा दिएका छन् ।

काउन्सिलका १७ सदस्य मध्ये १३ जनाले शुक्रबार पोलिश सरकारलाई महामारीको समयमा निष्क्रियताको आरोप लगाएर राजिनामा दिएका हुन् ।

पप एजेन्सी द्वारा रिपोर्ट गरिए अनुसार डाक्टरहरूले आफूहरुद्वारा वास्तविक कार्यकालागि गरिएको सिफारिसहरूको प्रभाव नदेखिएको भन्ने आरोप लगाएका छन् ।

पत्रमा पोल्याण्डको सरकारलाई बढ्दो स्वास्थ्य संकटको बेला खोप लगाउन हिचकिचाहट गरेको र शंका गरेको दोष लगाईएको छ ।

डाक्टरहरूले पोल्याण्डको सरकारलाई शरदको याममा देखिएको कोरोना लहरको सामना गर्न धेरै सीमित कार्य गरेको आरोपसमेत लगाएका छन् । ठूलो संख्यामा मृत्यु हुने आँकलन गर्दागर्दैपनि उचित कार्य नगरेको भनाई तिनको छ ।

काउन्सिल सदस्यहरूले महामारीमा कडा प्रतिबन्ध र खोपहरूको लागि थप सक्रिय अभियानको लागि धेरै आग्रह गरेपनि सरकारले उचित कदम नचालेपछि राजीनामा दिएको बताएका छन् ।

धेरै वरिष्ठ पोल्यान्डका सांसदहरूले देशका लगभग दुइ करोड १३ लाख नागरिकहरूले खोपको दुई डोज प्राप्त गरे पनि खोप बारे सरकारले अपनाएको प्रयासमा खुला रूपमा आफ्नो विरोध व्यक्त गरेका छन् ।

संवन्धित रिपोर्ट

पोल्याण्ड कोरोनाबाट एक लाख मृत्युहरू पार गर्ने सबैभन्दा नयाँ युरोपेली देश

तपाइँको प्रतिक्रिया

फेसबुक