बिहीबार, चैत १५, २०८०

कोरोना लागेका केहि कामदारलाई काममै राख्ने चेक गणतन्त्रको निर्णय

नेपालप्लस संवाददाता२०७८ माघ १ गते १९:५३

Image Credit-czechmc.com

चेक गणतन्त्रको नयाँ सरकारले ओमिक्रोन भेरियन्टको प्रत्याशित बृद्धिबाट हुने सम्भावित कर्मचारी अभावलाई कम गर्न कोरोना भाइरस लागेका केही कामदारहरूलाई काममा रहन अनुमति दिने भएको छ ।

स्वास्थ्य मन्त्री भ्लास्टिमिल भालेकले शुक्रबार यो उपाय अघिल्लो कोरोना भाइरस वृद्धिको समयमा पनि प्रयोग गरिएको बताउँदै त्यस्तो निर्णय गरेको बताएका छन् ।

यो नियम स्वास्थ्य सेवा र नर्सिङहोमहरूमा काम गर्ने कामदारहरूमा लागू हुने उनले स्पष्ठ पारेका छन् । कोरोना लागेपनि कोरोनाका लक्षणहरु नदेखिएकालाई मात्रै काम गर्न अनुमति दिने जनाईएको छ ।

अर्थमन्त्री वालेकले यो पूर्ण रूपमा आवश्यक हुँदा मात्र प्रयोग गरिने बताएका छन् । त्यस्ता कामदारहरू अन्य मानिसहरूलाई संक्रमित हुनबाट रोक्नको लागि कडा सुरक्षाको बीचमा प्रयोग गरिने छ । थप सर्तहरू स्वास्थ्य अधिकारीहरूले मिलाउने छन् ।

चेक गणतन्त्रमा नयाँ संक्रमण नोभेम्बरको अन्तमा उच्च भएदेखि घट्दै गएको थियो । तर गत हप्तादेखि फेरि बढ्न थाल्यो । अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट अब चेकमा हावी भएको छ ।

स्वास्थ्य मन्त्रालयले यस महिनाको अन्त्यमा दैनिक संक्रमण ५० हजारसम्म पुग्न सक्ने बताएको छ । नोभेम्बर २५ मा लगभग २८ हजारको रेकर्ड भएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक