शनिबार, वैशाख ८, २०८१

फ्रान्सेली संसदद्वारा नयाँ भाइरस कानून अनुमोदन, खोप नलगाएकालाई सार्वजनिक स्थलमा प्रतिबन्ध

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ माघ ३ गते १८:५७

फ्रान्सको संसदले आइतवार एउटा कानूनलाई अनुमोदन गर्‍यो जसले रेस्टुरेन्ट, खेलकुद मैदान, बार, सांस्क्रितिक कार्यक्रम र अन्य ठाउँहरूमा खोप नगरिएका मानिसहरूलाई प्रतिबन्ध लगाउँछ । अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टद्वारा संक्रमणहरूको संख्या ब्यापक बढेपछि अस्पतालहरूलाई जोगाउन यो उपाय रचिएको हो ।

आइतवार फ्रान्सको राष्ट्रिय सभाले २१५ मतले पारित गरेको थियो । बिधेयकका बिरुद्द ५८ मत परेको थियो । राष्ट्रपति एमानुएल माख्रोंले विधेयकलाई छिटो अघि बढाउने आशा गरेका थिए । तर प्रतिपक्षी सांसदहरूको प्रतिरोध र सयौं प्रस्तावित संशोधनहरूका कारण यो केहि ढिलो भएको थियो ।

९१ प्रतिशत भन्दा बढी फ्रान्सेली वयस्कहरूले पहिले नै पूर्ण रूपमा खोप लगाइसकेका छन् । केही आलोचकहरूले “भ्याक्सिन पास” ले धेरै फरक पार्छ भन्नेमा आलोचना गरेका छन् ।

माख्रोंको सरकारले नयाँ पासले फेरि तालाबन्दीको सहारा नलिईकनै राष्ट्रव्यापीरुपमा तनावग्रस्त अस्पतालहरूको भार कम गर्न सकिने र बिरामीहरूको संख्या सीमित गर्न पर्याप्त हुने आशा गरिरहेको छ ।

नयाँ लकडाउनका उपायहरूले अर्थतन्त्रमा अर्को प्रहार गर्नेछ भन्ने बुझाई सरकारको छ । फेरि लकडाउन गरेमा अप्रिल १० को राष्ट्रपतिको मतदानमा माख्रों पुन: निर्वाचित हुने सम्भावनालाई पनि नकारात्मक असर पार्न सक्ने आँकलन राष्ट्रपतीको छ ।

अहिलेसम्म फ्रान्समा रेस्टुरेन्ट, बार, चलचित्र, थिएटर, संग्रहालय र देशभरका धेरै साइटहरूमा जानको लागि कोविड-१९ पास आवश्यक छ । तर खोप नगरिएका मानिसहरूले हालैको कोरोना नकारात्मक परीक्षण वा कोरोना लागेर हालसालै निको भएको प्रमाण देखाएमा अनुमति पाइन्छ ।

नयाँ कानूनले पर्यटकीय स्थलहरू, धेरै रेल र सबै घरेलु उडानहरू सहित त्यस्ता स्थानहरूको लागि पूर्ण खोप लगाएको प्रमाण आवश्यक पर्छ । यो नियम १६ वर्षदेखि माथिका सबैलाई लागू हुन्छ ।

कोविड-१९ बाट हालसालै निको भएकाहरूका लागि केही अपवादहरू बनाईएको छ । कानूनले नक्कली पास लिनेहरूको लागि कडा जरिवाना पनि लगाउने छ र ठगीबाट बच्न आईडी जाँचहरूलाई अनुमति दिएको छ ।

फ्रान्सको अस्पत्तालका आइसियु कक्षका ओछ्यान मध्ये ७६ प्रतिशत भन्दा बढी भाइरस बिरामीहरूले ओगटेका छन् । तिनीहरूमध्ये धेरैजसो खोप नलगाएका छन् । र भाइरस संक्रमित भएका करिब २०० व्यक्तिहरूको हरेक दिन ज्यान गैरहेको छ ।

युरोपका अन्य धेरै देशहरू जस्तै फ्रान्स ओमिक्रोन संस्करणको चपेटामा छ । गत हप्ता प्रति एक लाख व्यक्तिमा कोरोना परिक्षण गर्दा २,८०० भन्दा बढीमा कोरोना भाईरस सकारात्मक देखिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक