शुक्रबार, वैशाख ७, २०८१

बेलायतले ‘पार्टीगेट’ काण्डमा दुई वर्षका लागि बीबीसी लाइसेन्सको शुल्क नदिने

नेपालप्लस संवाददाता / बेलायत२०७८ माघ ४ गते १:१७

बेलायतले बीबीसीको लाइसेन्स शुल्क दुई वर्षकोलागि नदिने बताएको छ भने विपक्षीले यो कदम प्रधानमन्त्रीको हालका घोटालाहरूबाट विचलित पार्नको लागि भएको दाबी गरेका छन् ।

संस्कृति सचिव नादिन डोरिजले आइतवार वर्तमान प्रणाली, जसमा सबै टेलिभिजन सेट मालिकहरूले वार्षिक लाइसेन्स शुल्क तिर्नुपर्ने र २०२७ पछि समाप्त हुने भन्दै ट्विट गरेका छन् । सरकारले २०२४ सम्म बीबीसीको लाइसेन्स शुल्क फ्रिज गर्ने बताएको छ ।

“बृद्धाहरूलाई जेल सजायको धम्की दिने र न्यायचारी (बेलिफ) हरूले ढोका ढकढकाउने दिनहरू समाप्त भइसकेका छन्” डोरिजले लेखेका छन् ।

संस्कृति, मिडिया र खेलकुद सचिव लुसी पावेलले भने प्रधानमन्त्रीको विघटनकारी नेतृत्वको लागि अरू कसैलाई दोषी खोजेर विचलन सिर्जना गर्ने डोरिज पहिलो व्यक्ति हुन्।

कोविड-१९ तालाबन्दीमा डाउनिङ स्ट्रिटमा आयोजित गैरकानूनी पार्टीहरूको खुलासा गरेपछि प्रधानमन्त्री बोरिस जोनसनको भविष्य शंकाको घेरामा परेको बेला यस्तो निर्णय आएको छ ।

“पार्टीगेट” काण्डले हालसम्म उनको कन्जरभेटिभ पार्टीका छ जना सांसदहरूले उनको राजीनामाको लागि खुला रूपमा आह्वान गरेको देखिएको छ । दर्जनौंले बन्द ढोका पछाडि पनि त्यस्तै माग गरेको भनिएको छ ।

केहिले जोनसनको टोलीले प्रधानमन्त्रीलाई समर्थन जुटाउन धेरै लोकप्रिय प्रस्तावहरू जारी गरेको समेत बताएका छन् ।

सरकारले लाईसेन्सको शुल्क नदिने निर्णय गरेलगत्तै सेलिब्रेटीहरूको एक टोलीले बेलायतको सार्वजनिक प्रसारणकर्ता बीबीसीको रक्षा गर्न जुलुस निकालेका छन् ।

अभिनेता ह्युग ग्रान्टले बीबीसीलाई फोन गरेर सारा संसारले ईर्ष्यापूर्वक प्रशंसा गर्ने बीबीसीलाई सरकारले नष्ट गर्न चाहेको आरोप लगाएका छन् ।

बेलायतका पूर्व फुटबलर र बीबीसी खेलकुद प्रस्तोता ग्यारी लिंकरले बीबीसीलाई राष्ट्रिय गौरवको सबैभन्दा बहुमूल्य भनेका छन् ।

“यो सरकारमा भएकाहरूका लागि कहिल्यै आवाज बन्नु हुँदैन, जोसुकै सत्तामा होस” उनले थपे ।

संवन्धित समाचार

कोरोना लकडाउनका बेला भोज गरेकामा बेलायती प्रधानमन्त्रीद्वारा माफी दिन आग्रह

कोरोना नियम तोडेको फोटो सार्वजनिक भएपछि बेलायती प्रधानमन्त्रीको तिब्र आलोचना

तपाइँको प्रतिक्रिया

फेसबुक