आइतबार, साउन २९, २०७९

सिङनै नभएकाको नाम कसरि बाह्र सिङ्गा ?

नेपालप्लस संवाददाता२०७८ माघ ४ गते १९:२०

फोटो-जीवा लामिछानेको फेसबूक

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को अभियन्ता टोली नेपालको शुकिलाफन्टा राष्ट्रिय निकुञ्जमा घुमघाम गरेको एउटा फोटो राखे । त्यसमा एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले बाह्र सिंगासित ब्रेकफास्ट खाने अवशर जुरेको उल्लेख गरेका छन् । बाह्र सिंगा लेखिएपनि उनले राखेको फोटोमा केहि मृग देखिन्छन् जसमा कुनैपनि मृग को सिङ देखिन्न । सिङनै नभएका जनावरको नाम कसरि बाह्र सिंगा भयो ? कि ति बाह्र सिंगानै थिएनन् ?

बाह्र सिंगा अन्य सबै भारतीय हरिण (मृग) प्रजातिहरू भन्दा फरक छ । तिनका सिङमा तिन वटा भन्दा बढी हाँगा (धाँजा) फाटेका हुन्छन् । यसको विशिष्ट वनावटको कारणले यसलाई बाह्र-सिंगा नाम राखिएको हो जसको अर्थ नेपालीमा बाह्रवटा सिङ भएको भन्ने हो । परिपक्व भैसकेका हरिणहरुमा सामान्यतया १० देखि १४ वटा हाँगा हुन्छन् । केहीमा २० वटा सम्म पाइएको छ । यहि हाँगा धेरै फाटेको हुनालेनै बाह्र सिंगा भनिएको हो ।

यसको बैज्ञानिक नाम रुसेर्भुस दुभोसेली हो । यसको वैज्ञानिक नाम फ्रान्सेली जीव बैज्ञानिक डुभोसेलीको नामबाट राखिएको हो । जसलाई पहिलो पटक दुभोसेलीले पत्ता लगाएको मानिन्छ ।

यिनिहरुको प्रजननकाल मुलत सेप्टेवर, अक्टोवर महिनामा हुन्छ । त्यसो त जाति प्रजाति र वासस्थान फरक हुँदा स्थान र हावापानी, वासस्थान बदलिए अनुसार केहि फरकपनि हुनसक्छ ।

यस्तो हुन्छ भाले बाह्र सिङ्गा । फोटो-फ्लिकर

धेरै जसो हरिणको डिसेम्वर लागेपछी प्रजननकाल समाप्त हुन्छ । त्यो बेला आफ्ना सिङगहरू राखेका हुन्छन् । जनावरमा टेस्टोस्टेरोन हर्मोन बढ्न थालेपछि यौनाकांक्षा जाग्रित हुन्छ र तिनले प्रजननको मेसो गर्न थाल्छन् । डिसेम्वर लागेपछि तिनीहरूको टेस्टोस्टेरोन स्तर कम हुन्छ । त्यसपछि महिलाप्रति कुनै चासो हुँदैन । हुर्कँदै वा पाका बन्दै गरेका समूहहरू गठन गर्नु अघि केही महिना अघि घातक लडाईहरू लडेका हुन्छन् । त्यो मुलत पोथी ओगट्नकालागि हो ।

त्यो लडाई र यौनका लागि भौंतारिएका बेला धेरैले आफ्नो शरीरको तौलको २५ प्रतिशत गुमाएका हुन्छन् । सुरक्षा र साथीको समुह बनाउने क्रममा शारीरिक रूपमा थकित हुन्छन् ।

महिलाहरू वर्षभरि सँगै समूहबद्ध हुन्छन् । तर सामान्यतया तिनीहरू यौनाकांक्षा पलाएका बेलामा केही दिन समूह छोड्छन् । तिनलाई पोटिलो, रसिलो, भरियो भालेको खोजितिर ध्यान जान्छ । सम्भोग पूरा भएपछि तिनीहरू बथानमा पुनः सामेल हुन्छन् । पोथी वच्चाहरु आगामी वर्षसम्म त्यहि समूहसँग रहन्छन् । पुरुषहरू यौन परिपक्वतामा पुग्नु अघि निश्चित समयमा समुहबाट बाहिर निकालिन्छन् । यसले हाडनातामा प्रजननको सम्भावनालाई कम गर्छ जुन कुनैपनि प्रजातिको लागि धेरै खराब मानिन्छ ।

स्वीकृत भएमा तिनीहरू हुर्कँदै गरेका वा बयस्कतातर्फ उन्मुख बथानमा सामेल हुन सक्छन् । यदि होइन भने तिनीहरूले समान उमेरका मिलेर छुट्टै बथान बनाउँछन् । यी नयाँ बथानहरू वसन्त र गर्मीको बाँकी समयमा सँगै बस्छन् जबसम्म तिनीहरूको टेस्टोस्टेरोन हर्मोनको स्तरहरू अगस्ट र सेप्टेम्बरमा फेरि बढ्दैन । प्रकृतिले यस वर्षको लागि पुन: प्रजनन प्रक्रिया सुरु गर्दैन ।

धेरै ठाउँका भाले (हरिण) वसन्त र गर्मीको अधिकांश समय सँगै यात्रा गर्छन् । मौसम परिवर्तन हुन थालेपछि र चिसो बढ्दै जाँदा उनीहरू आपसमा झगडा गर्छन् । ठूला प्रभावशाली पुरुषले कान्छा पुरुषहरूलाई खेद्छन् र ति दौडिन थाल्छन् । बलियो, मैमत्ता भाले एक्लै हुन चाहन्छ । परिपक्व पोथीसँग भेट्टाउने र प्रजनन गर्ने एक मात्र उसको चाहना हो । ऊ झगडा गर्छ र अरू भालेलाई लखेट्छ । जब वैंश भित्र आउँछ, ऊ मुख्य ‘हिरो’ बन्न चाहन्छ र कुनै प्रतिस्पर्धी नहोस् भन्ने सोच्छ । वैंश चढेपछि तिनीहरू अर्को वसन्त सम्म विरलै सँगै यात्रा गर्छन् । त्यसपछि यो सबै प्रक्रिया फेरि सुरु हुन्छ ।

फेरिपनि प्रश्न उठ्छ, के फोटोमा राखिएको फोटो बाह्र सिंगानै हो ? हो भने किन यत्रो बथानमा एउटाकोपनि सिङ नभएको ? वास्तवमा ति बाह्र सिंगानै हुन् । ति सबै पोथी भएकाले सिङ नभएको हो । अहिले पोथीहरुको बथान अलग्गै छ । भालेहरु पोथीको जमातमा सामेल छैनन् । जब टेस्टोस्टेरोन हर्मोन बढ्छ र यौनाकांक्षाको चाख पलाउँछ त्यसपछि फेरि भालेहरु बाह्र वटा सिङसहित देखा पर्छन्, पोथीसँगै । प्राय भालेहरुको भन्दा पोथीको संख्या दोब्बारभन्दापनि बढी हुनालेपनि पोथीहरु धेरै देखिने गरेका हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक