बिहीबार, वैशाख ६, २०८१

युरोपेली संसदको नयाँ अध्यक्षमा माल्टाकी मेत्सोला बिजयी

नेपालप्लस संवाददाता२०७८ माघ ४ गते २१:०२

फोटो- रोबर्टा मेत्सोलाको फेसबूक

युरोपेली संसदको नयाँ अध्यक्षमा माल्टाकी रोबर्टा मेत्सोला बिजयी भएकि छन् । युरोपेली संसदको अध्यक्षमा महिला निर्वाचित भएको यो तेस्रो पटक हो ।

मंगलवार युरोपेली संसदको नयाँ अध्यक्षमा बिजयी भएलगत्तै मेत्सोलाले युरोपेली सांसदहरूले लिएका निर्णयहरू आफ्नै विश्वाशको बिरुद्द भएपनि तिनलाई प्रवर्द्धन गर्ने वाचा गरेकि छन् ।

युरोपेली संसदको नयाँ अध्यक्षको रूपमा निर्वाचित भएको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै मेत्सोलाले यो पद प्राप्त गर्न पाउँदा आफूलाई “सम्मानित” भएको र आफूले आफ्नो घरको सम्मान गर्दै प्रतिनिधित्व गर्न सक्दो प्रयास गर्ने बताइन् ।

उनले आफ्ना पूर्ववर्ती अध्यक्ष डेभिड ससोलीलाई श्रद्धाञ्जली अर्पण गरिन जसको यस महिनाको सुरुमा ६५ वर्षको उमेरमा मृत्यु भएको थियो ।

मेत्सोला माल्टाको सेन्टर राइट युरोपियन पिपल्स पार्टीकि सदस्य हुन् । यो उच्च पदमा बस्ने उनी तेस्रो महिला बनेकि छन् । यस पदका लागि उनले अन्तत तीन उम्मेद्वारहरूलाई हराईन् । ति थिए, स्पेनकी सिरा रेगो (कट्टर वामपन्थी), पोल्याण्डकी कोस्मा ज्लोटोस्की (ईसीआर, यूरोसेप्टिक्स) र स्वीडेनको एलिस बाह कुहन्के (ग्रीन पार्टी)।

मेत्सोलाले आफ्नो पक्षमा ४५८ मत प्राप्त गरिन् भने बाह कुहन्के र रेगोले क्रमशः १०१ र ५७ मत पाए ।

मेटसोला २०१३ देखि सांसद र २०२० देखि संसदको उपाध्यक्ष छन् ।

उनका सहकर्मीहरूबाट उनको गर्भपतन विरोधी विचारहरूको लागि आलोचना पनि भएको थियो । माल्टा एक मात्र यस्तो ईयू भित्रको देश हो जहाँ गर्भपतन पूर्ण रूपमा अवैध छ । मेत्सोला अन्य सबै माल्टीज पार्टीका नेता जस्तै निरन्तर रूपमा गर्भपतनलाई मानव अधिकारको रूपमा मान्यता दिने प्रस्तावहरूमा विपक्षमा मतदान गर्छिन् ।

यस विषयमा आफूले उठाएको आरक्षणप्रति सचेत रहँदै उनले निर्वाचित भएपछि यौन तथा प्रजनन अधिकारलगायतका विषयमा संसदमा प्रतिनिधित्व गर्ने आफ्नो कर्तव्य हुने विश्वास दिलाइन् ।

युरोपेली संसदमा वामपन्थी समूहका फ्रान्सेली सांसद म्यानन अउब्रीले नयाँ अध्यक्षको गर्भपतन विरोधी अडान समस्याग्रस्त रहेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया