शुक्रबार, चैत १६, २०८०

स्वास्थ्य नियमका बेला बिदा मनाउन गएको भन्दै फ्रान्सेली शिक्षा मन्त्रीमाथि राजिनामाको दबाब

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ माघ ४ गते २१:४०

Image Credit-wikipdia

फ्रान्सका शिक्षा मन्त्री जँ-मिशेल ब्लान्करले स्वास्थ्य नियमहरु लागू भएका बेला छुट्टी मनाउन गएको भन्दै राजिनामा माग गरिएको छ ।

फ्रान्सेली स्कूलहरूको लागि भर्खरको स्वास्थ्य नियमहरू घोषणा गरिएको बेला उनी स्पेनको इबिजा भन्ने ठाउँमा बिदा मनाउन गएकाले देशको नियम उल्लंघन गरेको आरोपमा राजीनामा दिन माग गरिएको हो ।

कोरोना महामारीलाई रोक्न कडा नियमहरू सार्वजनिक गरिएको बेला ब्ल्याङ्कर स्पेनिस टापुमा बसेको खुलासा भएपछि राजिनामा माग्न थालिएको हो । स्कूल वर्ष सुरु हुनुभन्दा एक दिन अघि उनी छुट्टी मनाउन स्पेन गएको आरोप लगाइएको छ ।

सरकारी नियम र ब्यवस्थापनबाट निराश फ्रान्सेली विद्यालयका शिक्षकहरूले पछिल्लो सरकारी नियमको व्यापक विरोध गरेका थिए । गत हप्ता देशभर ठूलो हड्ताल आयोजना गरेका थिए ।

खासगरि शिक्षक युनियन र राजनीतिज्ञहरूले अब ब्लाङ्करलाई राजीनामा गर्न आग्रह गरेका छन् । मेडियापार्टले स्वास्थ्य नियम लागिरहेका बेला उनी बिदेशमा छुट्टी मनाईरहेको खुलासा गरेको हो ।

शिक्षक र अभिभावकहरूले बच्चाहरूलाई नयाँ नियमहरूको लागि तयार गर्न संघर्ष गरिरहेका बेला शिक्षा मन्त्रीले आफ्नै स्वास्थ्य नियम तोडेर मस्ति गर्न गएको भन्दै बिरोध गरिएको छ ।

उनको राजिनामा माग्नेमा प्रतिपक्षी वामपन्थि दल, अति दक्षिणपन्थी धारकी मारिन ल पेन लगायत छन् ।

उनीमाथि राजिनामाको दबाब बढेपछि एक विज्ञप्ति जारि गर्दै ब्लान्करले आफ्नो छुट्टीको ‘संकेतप्रति पश्चाताप” गरेको उल्लेख गर्दै तर आफूले कुनै पनि कानून तोडेको अस्वीकार गरेका छन् ।

उनले मंगलवार राष्ट्रिय सभामा भने “मैले रोजेको ठाउँ सायद अर्को हुनुपर्थ्यो भन्ने थाहा भयो ।” उनले स्पेन नगएर फ्रान्समै हुनुपर्थ्यो भन्ने संकेत गरेका हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक