शुक्रबार, चैत १६, २०८०

कोरोना बुस्टर खोप हरेक वर्ष लगाउनुपर्ने फाईजर र मोडेर्नाको भनाई

नेपालप्लस संवाददाता२०७८ माघ ४ गते २३:२३

Image Credit-europeanpharmaceuticalreview.com

कोरोना ओमिक्रोन भेरियन्ट तिब्ररुपमा फैलिएसँगै खोप उत्पादनकर्ता फाईजर र मोडेर्नाले कोरोनाको बुस्टर खोप हरेक वर्ष लगाउनुपर्ने बताएका छन् । मौसमी फ्लुकै रुपमा हरेक वर्ष लगाउनुपर्ने र आफ्ना कम्पनीले त्यस्तो खोप उत्पादन गर्न लागेको बताएका हुन् ।

ओमिक्रोन फैलिएसँगै कोरोनाको खोप समान्य बन्नेसमेत बताएका छन् ।

“कोविड-१९ खोपहरू यहाँ दीर्घकालीन रुपमा रहने छन् । र प्रस्तावित बूस्टर शटहरू हरेक वर्ष लगाउनुपर्ने हुनसक्छ” प्रमुख खोप निर्माताहरूले सोमवार भविष्यवाणी गरेका छन् ।

“कोविड-१९ भ्याक्सिन निर्माताहरू मोडेर्ना र फाइजर ओमिक्रोन भेरियन्टलाई सम्बोधन गर्नका लागि तयार भएर नयाँ बुस्टरको नयाँ संस्करणहरूमा काम गरिरहेका छन्” दुबै कम्पनीले सामुहिकरुपमा भनेका छन् ।

सोमवार वर्ल्ड इकोनोमिक फोरम (विश्व आर्थिक मञ्च) मा बोल्दै मोडेर्नाका प्रमुख कार्यकारी निर्देशन स्टेफेन ब्यान्सेलले आफ्नो कम्पनीले मौसमी बूस्टर शट प्रस्ताव गर्ने योजना बनाएको बताएका छन् जसले कोविड-१९ साथै अन्य रोगहरू जस्तै फ्लू र रेस्पिरेटरी सिन्सिटियल भाइरस (श्वास प्रश्वास) लाई पनि काम गर्छ ।

“हाम्रो लक्ष्य भनेको वार्षिक एउटा लगाए हुने बनाउनु हो ताकि हामीसँग इच्क्षा बिपरितका समस्याहरू नहोस् जहाँ मानिसहरू जाडोमा दुई देखि तीन शटहरू लिन चाहँदैनन् । तर एक मात्र लगाउँदा उनीहरूले कोरोनाको लागि बूस्टर सटको काम गरोस, फ्लू र श्वाशप्रश्वाशको लागिपनि बूस्टरको काम गरोस” बन्केलले भने ।

कोविड-फ्लु-श्वास प्रश्वास (आरएसभी) बूस्टर कहिले उपलब्ध हुन सक्छ भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले “२०२३ को अन्त्यसम्म हुनसक्ने ठूलो संभावना रहेको” जवाफ दिए ।

तर ब्यान्सेलले खोप असमानताको क्रम जारी रहन सक्नेपनि बताएका छन् । संयुक्त बूस्टरको लागि अनुमानित २०२३ को अन्त्यसम्म लाग्ने र यो सबै देशमा सहजै उपलब्ध हुन मुस्किल पर्नेपनि उल्लेख गरे ।

सोमबार फाइजरका प्रमुख कार्यकारी निर्देशक अल्बर्ट बोर्लाले ओमिक्रोनको हालको लहर कोविड-१९ महामारीको अन्तिम हुनसक्ने र यसको अन्त्यसँगै काम र सामाजिक जीवनमा प्रतिबन्धहरू आवश्यक नपर्ने बताएका छन् ।

“सबैभन्दा सम्भावित परिदृश्य के छ भने भाइरस धेरै वर्षसम्म प्रसारित रहने छ । यो एक भाइरस हो जुन सम्पूर्ण विश्वमा फैलिएको छ र यसबाट छुटकारा पाउन धेरै गाह्रो छ” उनले भने ।

“तर मलाई लाग्छ कि विज्ञानले हामीलाई दिएको उपकरणले गर्दा यो लहर यस प्रकारका प्रतिबन्धहरू ल्याउने अन्तिम हुनेछ” पत्रकार सम्मेलनमा उनको भनाई थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक