शुक्रबार, वैशाख १४, २०८१

भर्खरै ओमिक्रोनबाट निको हुनुभो ? रोग प्रतिरोधात्मक क्षमता विकास हुन कति समय लाग्ला ?

नेपालप्लस संवाददाता२०७८ माघ ८ गते १४:४५

यदि तपाइँ भर्खरै ओमिक्रोन संक्रमणबाट निको हुनुभएको छ भने के तपाइँ अब फुक्का हुनु भो ? अब पुन: सङ्क्रमणको जोखिम छैन ? जतासुकै जान र जे गर्नपनि स्वतन्त्र हुनुहुन्छ ? र यदि छ भने कहिलेसम्म ?

दुई मुख्य कारकहरूले ओमिक्रोन संक्रमण पछि तपाइँमा प्राप्त प्रतिरक्षाले तपाइँको सुरक्षालाई कत्तिको राम्रोसँग असर गर्छ भन्नेमा भर पर्छ ।

पहिलो, तपाईंको एन्टिबडी स्तरहरू कति छ भन्नेमा भर पर्छ । “यदि संक्रमण पछि ओमिक्रोनलाई उच्च स्तरको तटस्थ राख्ने एन्टिबडीहरू प्राप्त गरियो भने ओमिक्रोन पुन: संक्रमणविरुद्ध केही स्तरको सुरक्षा हुन्छ । तर यो छोटो समयको लागि सम्भव छ” बर्नेट इन्स्टि च्युटका भाइरोलोजिस्ट प्रोफेसर गिल्डा ताचेजियान भन्छन् । उनी संस्थान र अस्ट्रेलियन भाइरोलोजी सोसाइटीका पूर्व अध्यक्ष हुन् ।

“सामान्यतया, धेरै गम्भीर संक्रमणले एसिम्प्टोमेटिक संक्रमण (सार्स कोभिड-२) को तुलनामा उच्च स्तरको एन्टिबडीहरू उत्पन्न गर्दछ” संक्रामक रोग चिकित्सक र सिड्नी विश्वविद्यालयका क्लिनिकल भाइरोलोजिस्ट प्रोफेसर एन्थोनी कनिङ्घम बताउँछन् । तर जब एन्टिबडीहरूलाई तटस्थ पार्ने स्तर घट्न थाल्छ तपाईं पुन: संक्रमित हुने सम्भावना बढ्छ ।

ओमिक्रोन प्रतिरक्षा कति लामो समयसम्म रहन्छ भनेर जान्न धेरै चाँडो हुने उनी बताउँछन् ।

खोप अध्ययनबाट एन्टिबडीको स्तर तीन देखि छ महिना पछि कम हुन थाल्ने पत्ता लागिसकेको छ । द ल्यान्सेट पत्रीकामा प्रकाशित हालैको अध्ययनले अनुमान गरेको छ – सार्स-कोविड-२ द्वारा ब्यक्तिविशेषको अवस्थाहरूमा एन्टिबडी प्रतिक्रिया विकास भैसकेपछि पुन: संक्रमण तीन महिना देखि पाँच वर्षको बीचमा हुन सक्छ ।

कनिङ्घम भन्छन् ‘लगभग निश्चित रूपमा त्यहाँ धेरै व्यक्तिगत भिन्नताहरू हुनेछन् जुन अघिल्लो भेरियन्टहरूमा अवलोकन गरिएको थियो । यो भिन्नता तपाईंले अनुभव गर्नुभएको रोगको गम्भीरता र तपाईंले खोप लगाउनुभएको छ कि छैन भन्ने कुरामा निर्भर गर्दछ ।”

दोस्रो कारक: उदीयमान भेरियन्टहरू हुन् । हाम्रो घट्दो एन्टिबडीहरूले कुनै पनि नयाँ भेरियन्टहरूलाई लक्षित गर्न सक्षम नहुन सक्छ । उदाहरणका लागि, ओमिक्रोन भेरियन्टले विगतको संक्रमण र खोपहरूबाट ठूलो मात्रामा प्रतिरक्षालाई भगाउँछ, नाश गर्छ ।

इम्पेरियल कलेज लन्डनको भर्खरको रिपोर्टले ओमिक्रोनसँग पुन: संक्रमणको जोखिम डेल्टा भेरियन्टको भन्दा ५ दशमलव ४ गुणा बढी भएको अनुमान गरेको छ ।

“सबैभन्दा सम्भावित नतिजा के हो भने तपाई ओमिक्रोनबाट पुन: संक्रमित हुनुहुने छैन । किनभने ओमिक्रोन तरंग घट्नेछ भन्ने आशा गरिन्छ । तर त्यसपछि सबैभन्दा ठूलो जोखिम अर्को भेरियन्ट पनि आउँछ” कनिङ्घम भन्छन् “यो सबै कुन प्रकारको अर्को भेरियन्ट आउँछ भन्नेमा निर्भर गर्दछ ।”

यदि तपाईलाई भर्खरै ओमिक्रोन संक्रमण भएको छ भने पनि मास्क नहटाउनुस् । कनिङ्घम चेतावनी दिन्छन् “संसारमा जति धेरै भाइरस फैलिन्छ हामीले नयाँ भेरियन्टहरू देख्ने सम्भावना उति बढी हुन्छ ।”

यद्यपि पुन: संक्रमणबाट बच्ने सुरक्षा लामो समयसम्म टिक्न सक्दैन । विशेषज्ञहरूले टी-कोशिका (रोग प्रतिरोधी क्षमताकै एक भाग जुन बोन मारोमा स्टिम सेलबाट निर्मित हुन्छ) हरूले उद्धार गर्नसक्ने ठान्छन् ।

जबकि एन्टिबडीहरूले भाइरसहरूलाई प्रत्यक्ष रूपमा बाँध्न सक्छन् र बेअसर गर्छन् संक्रमणलाई रोक्नकोलागि । त्यसपछि संक्रमण स्थापना भएपछि टी-कोशिकाहरू सक्रिय हुन्छन् । तिनीहरूले भाइरस-संक्रमित कोशिकाहरूलाई लक्षित गरी मार्छन् । संक्रमण हटाउन र यसको गम्भीरता कम गर्न मद्दत गर्छन् । प्रतिरक्षा प्रतिक्रियाको यो हात एन्टिबडीहरू भन्दा फराकिलो हुन जान्छ । यसरी भेरियन्टहरू पहिचान गर्ने सम्भावना बढी हुन्छ र लामो समयसम्म रहने ताचेजिन बताउँछन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक