शुक्रबार, वैशाख ७, २०८१

विश्वभर एक्लै उडान गर्ने सबैभन्दा कान्छी पाईलट बेल्जियम अवतरण

नेपालप्लस संवाददाता२०७८ माघ ६ गते १९:४०

Image Credit-The Economic Times via India Times

हो यिनी विश्वकै कान्छी महिला बनेकि छन् जसले विश्वभर किर्तिमानी उडान गरिन् । बेल्जियमकी जारा रदरफोर्ड विश्व किर्तिमान बनाएर विहिवारनै बेल्जियम अवतरण गरेकि छन् ।

पाँच महिना लामो यात्रापछि बेल्जियममा अवतरण गरेकी किशोरी पाइलट मुस्कुराउँदै बेल्जियम अवतरण गरिन् ।

जारा रदरफोर्डले बिहीवार दिउँसो ब्रसेल्सबाट ९० किलोमिटर पश्चिममा रहेको कोर्टरिजक सहरलाई छोईन् । त्यही विमानस्थलबाट उनले गत अगस्टमा आफ्नो यात्रा सुरु गरेकी थिइन् ।

१९ वर्षको उमेरमा ब्रिटिश-बेल्जियन पाइलट अमेरिकी शास्ता वाइज भन्दा ११ वर्ष र ११ महिना कान्छी छिन् । शास्ता वाइजले सन् २०१७ मा संसारको एकल परिक्रमा गर्ने सबैभन्दा कम उमेरकी महिलाको रेकर्ड राख्दा ३० वर्षकी थिइन् ।

“हुर्किँदै जाँदा मैले धेरै महिला पाइलटहरू देखेको छैन । मैले सधैं सोचें कि यो वास्तवमै निरुत्साहित गर्ने कुरा हो” जारा रदरफोर्डले जर्मनीको सबैभन्दा व्यस्त फ्रान्कफर्ट एयरपोर्टबाट केही किलोमिटर टाढाको विमानस्थल इगेल्सबाकमा उनको एकल-सीटको शार्क खेलकुद विमान अवतरण गरेपछि पत्रकार सम्मेलनमा बताइन् ।

“त्यसैले म धेरै किशोरीहरूलाई उड्डयनमा जान प्रोत्साहन दिनसक्ने आशा गर्छु र एक प्रकारको मैत्री, सहयोगि, हँसिलो अनुहार देखाउन चाहन्छु ताकि कुनै केटीलाई उड्डयन मन पर्छ भने मलाई देख्ने छन् र उनलाई थाहा होस् कि उनी एक्ली होइनन्” उनले सुनाईन् ।

रदरफोर्डको संसारभरको रुट (मार्ग) ले उनलाई आइसल्याण्ड हुँदै ग्रीनल्याण्डसम्म पुर्‍यायो । त्यसपछि क्यानाडा र संयुक्त राज्य अमेरिकाको पूर्व मध्य अमेरिका हुँदै कोलम्बिया थियो । त्यसपछि उत्तरतर्फ अलास्कासम्म पुर्‍यायो ।

चेक गणतन्त्रमा डिजाइन गरिएको र स्लोभाकियामा निर्मित शार्क एरो विमानमा युरोप फर्किनुअघि उनी रुस, कोरिया, इन्डोनेसिया र भारत हुँदै मध्यपूर्व उडिन् ।

रदरफोर्डले अगस्ट १८ मा प्रस्थान गरेपछि ४१ देश र पाँच महाद्वीपहरूमा उडान गरिन् ।यो विमान २९५ किलोमिटर प्रति घण्टाको गतिमा उड्न सक्छ ।

बाटोमा रदरफोर्डले रूसमा धेरै चिसोको सामना गर्नुपर्‍यो र उत्तर कोरियाको हवाई क्षेत्रलाई सतर्कताकासाथ बेवास्ता गर्नुपरेको सुनाईन् ।

“मैले अद्भुत क्षणहरू बिताएँ । तर त्यसपछि त्यस्ता क्षणहरू पनि थिए कि आफ्नो जीवन जान्छ कि भनेरपनि डराएँ” उनले थपिन ।

उनका आमाबुवा दुवै पाइलट हुन् र उनले साना विमानहरूमा वर्षौं बिताएपछि १४ वर्षको उमेरमा उडान सुरु गरेकि हुन् ।

उनलाई सबैभन्दा मनपर्ने क्षण न्यूयोर्क र आइसल्याण्डको सक्रिय ज्वालामुखीमा उडिरहेका बेला थिए ।

शार्क लाइट प्लेनमा उनको यात्रा तीन महिना लाग्ने थियो । तर खराब मौसम र भिसा समस्याहरूले उनले केहि समय रोकिएर बस्नुपर्‍यो । अन्त्यमा, उनको साहसिक यात्रा लगभग दुई महिना बढी लम्बियो ।

यि १९ वर्षिया किशोरीले भर्खरै गणित, अर्थशास्त्र र भौतिकशास्त्रमा आफ्नो उच्च माध्यामिक विद्यालयको अध्ययन पूरा गरेकी छिन् । विश्वविद्यालयमा कम्प्युटर विज्ञान वा कम्प्युटर इन्जिनियरिङ पढ्ने आशा राखेकि छन् ।

“हवाई र स्टिम (विज्ञान, प्रविधि, ईन्जिनियरिङ्, गणित) दुबैमा लैङ्गिक अन्तर ठूलो छ” रदरफोर्डले उनको वेबसाइटमा लेखेकि छन् ।

“मेरो उद्देश्य केटी र युवतीहरूलाई उनीहरूको सपनाहरू पछ्याउन, उड्डयन र विज्ञान, प्रविधि, ईन्जिनियरिङ्, गणितसँग सम्बन्धित ब्यक्तित्वहरू बनाउन प्रोत्साहित गर्नु हो । वाणिज्य पाइलटहरूमध्ये पाँच प्रतिशत र कम्प्युटर वैज्ञानिकहरूमा १५ प्रतिशत मात्र महिलाहरू छन् अहिले” उनले पत्रकार सम्मेलनमा सुनाईन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक