शुक्रबार, वैशाख १४, २०८१

गरिब देशलाई बाँड्न १०५ देशमा कम लागतको कोरोना औषधी उत्पादन गर्ने सम्झौता

नेपालप्लस संवाददाता२०७८ माघ ६ गते २०:३४

संयुक्त राष्ट्र संघको निकायले १०५ विकासोन्मुख देशहरूलाई आपूर्ति गर्न मर्क कम्पनीको कोविड-१९ चक्की उत्पादन गर्न दुई दर्जन भन्दा बढी जेनेरिक औषधि निर्माताहरूसँग सम्झौता गरेको छ ।

एक संयुक्त राष्ट्र समर्थित संस्थाले बिहीवार घोषणा गरे अनुसार मेडिसिन प्याटेन्ट पूलले उक्त सम्झौताले औषधि कम्पनीहरूलाई कोरोना चक्की मोल्नुपिराभिरका लागि कच्चा सामग्री र तयार उत्पादन आफैं बनाउन अनुमति दिने बताएको छ ।

मेर्क र रिज्ब्याक थेरापुटिक द्वारा विकसित मोल्नुपिराभिर ले कोविड-१९ को प्रारम्भिक लक्षण भएका बिरामीहरूमा अस्पताल भर्ना दर आधा घटाएको रिपोर्ट गरिएको छ । बेलायत, युरोपेली संघ र अमेरिकाले हालैका महिनाहरूमा यसको प्रयोगलाई अधिकार दिएका छन् ।
“यो एक अत्यावश्यक रूपमा कोविड-१९ उपचारमा विश्वव्यापी पहुँच सुनिश्चित गर्नको लागि महत्वपूर्ण कदम हो” मेडिसिन प्याटेन्ट पूलका कार्यकारी निर्देशक चार्ल्स गोरले भनेका छन् ।

समूहले बंगलादेश, चीन, इजिप्ट, भियतनाम, केन्या र दक्षिण अफ्रिकालगायत ११ देशका २७ जेनेरिक औषधि उत्पादकहरूले छिट्टै मर्कको चक्की उत्पादन सुरु गर्ने बताएको छ ।

मोल्नुपिराभिर एक एन्टिभाइरल चक्की हो जुन मानिसहरूले कोरोना लक्षणहरू कम गर्न र छिटो सन्चो हुन घरमै बसेर लिन सक्नेछन् । यसले कोरोना संक्रमितलाई थूलो सफलता साबित गर्न सक्ने बताइ एको छ । अस्पतालहरूमा कोरोना संक्रमितको चाप कम गर्न र कमजोर स्वास्थ्य सेवा प्रणाली भएका गरीब देशहरूमा प्रकोप रोक्न मद्दत गर्न सक्छ ।

मर्कले अन्य औषधिहरूलाई मोल्नुपिराभिर बनाउन अनुमति दिने अक्तोबरमै घोषणा गरेको थियो । औषधि आविष्कार गर्ने मेर्क, रिजब्याक बायोथेराप्युटिक र ईमोरी उनिभर्सिटीले रोयल्टी पाउने छैनन् । कोविड-१९ ले जेनेरिक कम्पनीहरूले बनाएको मोल्नुपिराभिरको बिक्रीबाट विश्वव्यापी स्वास्थ्य आपतकाल बनेकाले रोयल्टी नदिने बताएको छ ।

आजसम्म कुनै पनि कोरोना भाइरस खोप निर्माताहरूले यस्तो खालको सम्झौतामा सहमत भएका छैनन् ।

 

तपाइँको प्रतिक्रिया