आइतबार, साउन २९, २०७९

वायु प्रदूषणले पुतली र माहुरीहरु भ्रमित

नेपालप्लस संवाददाता२०७८ माघ ८ गते १४:२७

झट्ट संझिनुस् त, तपाई हामीले खाएको हरेक तिन गाँस वा कुनै चिज तिन पटक टोक्दा ति तिन मध्ये एक गाँस वा एक टोकाईका दाता हुन्; माहुरी, भवँरा, पुतली, कमालकुट्टी लगायतका किरा । तिनैको जिम्मेवारीले हाम्रो मुखमा तिन मध्ये एक गाँस पुग्छ । तिनले अधिकांश वालीनाली, फलफूलको गर्भ बसालिदिन्छन् । त्यसलाई परागसेचन भनिन्छ ।

यी कीराहरूले लामो समयदेखि बासस्थानको क्षति ब्यहोरिरहेका छन् । कीटनाशक औषधीसित लडिरहेका छन् । बिभिन्न रोगका कारण खतरनाक गिरावटको सामना गरिसकेका छन् । तर पछिल्लो अवस्थामा बेलायतका अन्वेषकहरूले वायु प्रदूषणले तिनीहरूको परागसेचन गराउने क्षमतालाई अझ कम गर्न सक्ने फेला पारेका छन् ।

वातावरणीय प्रदूषण (इन्भाईरेन्मेन्ट पोलुसन पत्रीका) मा प्रकाशित तिनीहरूको अध्ययनले ओजोन र डिजेलबाट निस्किने धुवाँ जस्ता जमिनको स्तरमा पुग्ने प्रदूषकहरू हावामा मिसिंदा मौरी, कीरा, पुतली, भमरा, कमालकुट्टी लगायत ७० प्रतिशत परागकणहरू ओसारपसार गर्ने जीवहरु घट्ने गरेको देखियो । वा तिनलाई कुनै न कुनै क्षती पुगिरहेको पत्ता लागेको छ जसले वनस्पती, बालीनाली र फलफूल उत्पादनमा गिरावट ल्याउँछ ।

वायु प्रदुषणले गर्दा यी कीराहरूले फूलहरूमा ९० प्रतिशत कम भ्रमण गरेको पाइएको छ । त्यसले गर्दा परागसेचनमा ३१ प्रतिशत कमी आएको छ ।

वायु प्रदूषकहरूले परागसेचन प्रक्रियामा नकारात्मक असर पारेको पुष्टि गरिएको यो पहिलो अध्ययन हो ।

“हामीलाई हाम्रो अघिल्लो प्रयोगशाला अध्ययनहरूबाट थाहा थियो कि डिजेल निकासले कीट परागसेचनकर्ताहरूमा नकारात्मक प्रभाव पार्न सक्छ । तर हामीले अनुसन्धान गरेको क्षेत्रमा फेला पारेको प्रभाव हामीले सोचेभन्दा धेरै नाटकीय थियो” बेलायतको रिडिङ विश्वविद्यालयका परियोजना प्रमुख रोबी गर्लिङ भन्छन् ।

प्रयोगशालामा अघिल्ला अन्य प्रयोगहरूले देखाएको छ – डिजेल धुवाँले प्रतिक्रिया गर्न सक्छ र त्यसले फूलको गन्ध परिवर्तन गर्न सक्छ । जंगलमा वायु प्रदूषकहरूले फूलहरूको सुगन्ध परिवर्तन गर्न सक्ने र परागसेचनकर्ताहरूलाई फेला पार्न गाह्रो बनाउन सक्ने यसले सुझाव दिन्छ ।

यो पत्ता लगाउन टोली खुला वातावरणमा प्रदूषक स्तरहरू नियन्त्रण गर्न सक्ने विशेष रूपमा निर्मित धुवाँ निकाल्ने साधनको सुविधा प्रयोग गरी मैदानमा के हुन्छ भन्ने अध्ययन गर्न बाहिर गए । तिनीहरूले डिजेल निकास र ओजोनको स्तर दुवै सँगै र छुट्टाछुट्टै रूपमा माथि उठाए । तर धुवाँको समग्र स्तरहरू भने धेरै कम राखे । अर्थात् वातावरणको लागि सुरक्षित मानिने स्तर ४०-५० मा मात्रै राखे । यो विश्वभरि हुने नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषकहरूको उच्च र प्रायः अवैध स्तरभन्दा तल हो ।

त्यसपछि दुई ग्रीष्म ऋतुम अनुगमन गरियो । टोलीले स्थानीय कीराहरूले कालो तोरीको बिरुवाको परागसेचन गर्न उल्लेखनीय रूपमा कम प्रभाव पारेको पत्ता लगाए ।

परागसेचनकर्ताहरू विशेष गरी मौरी, पतंग (ओंथ), होभरफ्लाइ (कमलकुट्टी जस्तो किरा)र पुतलीहरू द्वारा बिरुवाहरूमा ६२ देखि ७० प्रतिशत कम परागसेचनकर्ताहरुले भ्रमण गरे । समग्रमा परागसेचन १४ देखि ३१ प्रतिशत कम भयो ।

युनिभर्सिटी अफ रिडिङका सह-लेखक जेम्स रायल्स भन्छन्, “निष्कर्षहरू चिन्ताजनक छन् । किनभने यी प्रदूषकहरू सामान्यतया हावामा पाइन्छ जुन हामीमध्ये धेरैले हरेक दिन सास लिन्छौं । हामीलाई थाहा छ कि यी प्रदूषकहरू हाम्रो स्वास्थ्यको लागि खराब छन् र हामीले परागसेचनकर्ताको संख्या र गतिविधिमा देखेको महत्त्वपूर्ण कमीले हामी निर्भर प्राकृतिक पारिस्थितिकीय तन्त्रहरूमा पनि स्पष्ट प्रभावहरू छन् भनेर देखाउँछ ।”

नतिजाहरूले कसरी वायुमण्डलीय प्रदूषकहरूले खाद्य उत्पादनमा प्रत्यक्ष परिणामहरू निम्त्याउन सक्छ भनेर पनि देखाउँछन् । यो ठूलो समस्या हो जब सबै बाली प्रजातिहरू फलफूल, तरकारी र आवश्यक बालीका ९० प्रकारहरू सहितको ७० प्रतिशत परागसेचनकर्तामा निर्भर हुन्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक