मंगलबार, वैशाख ११, २०८१

एनआरएनए विवाद समाधान उच्च समितिको बैठकमा केके निर्णय गरियो ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ माघ ८ गते २०:३८

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्च स्तरिय समितिको बैठक दुई पटक बसेको छ । समिति गठन गरेपछि सातौं दिनमा विहिवार समितिको पहिलो पठक बसेको थियो । त्यस लगत्तै दोस्रो बैठक शुक्रवार बसेको हो ।

पहिलो बैठकमा सामान्यतया भेटघाट र अनौपचारिक कुराकानी भए । पहिलो बैठकका दिन हालसम्म केके विषयमा विवाद छन् भन्ने अनौपचारिक कुराकानी र त्यसलाई ब्याख्या गर्ने, के कसरि कुन कुन विषयमा कुराकानी गर्ने लगायत अनौपचरिक प्रक्रियामै बैठक टुंगिएको थियो ।

शुक्रवार समितिका सात मध्ये सशरिर र भर्चुवल गरेर सबै सहभागि भए । काठमाडौंमा उपलब्ध शेष घले, जीवा लामिछाने, डा उपेन्द्र महतो र उपेन्द्र कुमार पन्त सशरिर उपस्थित थिए ।

शुक्रवारको बैठक शालिनता र गम्भिरताकासाथ भएको थियो ।

पहिलो बैठकमा हालसम्म कुन कुन विषयमा विवाद भएको हो तिनको फाईल मगाएर हेर्ने र तिनमा एक एक छलफल गरी सहमतिको सुझाव दिने सहमति भएको छ ।

शुक्रवार बसेको बैठकमा खासगरि विवादको प्रमुख मुद्दा महाधिवेशन प्रतिनिधि छनौटमा केन्द्रित थियो । समितिले के कस्तो कार्यविधि बनाउने र कुन तरिकाले काम गर्ने भन्ने छलफल भएको छ ।

शुक्रवारको बैठकमा प्रतिनिधि संवन्धि जहाँ जहाँ विवाद भएको छ ति देशको सूची र फाईल मगाएर सबै हेर्ने र जाँचबुझ गर्ने सहमतिसमेत समितिले गरेको छ । यसमा समितिका सबै सहमत छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) को ८२ औं बैठकले प्रतिनिधि छनौट लगायतका विषयमा २६ जनवरीसम्म टुंगो लगाएर अध्यक्ष पन्त मार्फत् केन्द्रिय समितिलाई बुझाउनुपर्ने भने टर्म अफ रिफरेनस (सहमतिका सर्त) अनुसार समय अपुग हुने भनिएको छ ।

दोस्रो बैठक जनवरि २१ मा मात्रै बसेको र पर्याप्त छलफल हुन नपाउँदै उच्च स्तरिय समितिलाई दिएको समय आइपुग्न चार दिन मात्रै बाँकि छ । र यो चार दिनमापनि जनावरी २२ मा शनिवार र २३ मा आ इतवार परेको हुँदा काम गर्ने समय दुई दिन मात्रै बाँकि रहेकाले दुई दिनमा नभ्याउने भन्दै समय थप माग गर्ने सहमतिपनि उच्चस्तरिय समितिले गरेको छ ।

समितिको आगामी बैठक मंगलवार २५ जनावरीमा बस्ने निधो गरिएको छ । मंगलवार जनवरी २५ मा बस्ने तेस्रो बैठकका दिन कति समय थप्ने र कुन मितिसम्म माग गर्ने भन्ने निर्यौल गरिने अन्तर्राष्ट्रिय सचिवालयका एक सदस्यले नेपालप्लसलाई बताए ।

उच्चस्तरिय समितिले आगामी मंगलवार हुने बैठकका दिन प्रतिनिधि विवादको फाईलपनि हेर्ने भएको छ । ति सबै समस्याहरु हेरिसकेपछि समितिले समस्या समाधानकालागि के कसरि काम गर्ने भनेर कार्यविधि बनाउने छ । समिति एक्लैले काम गर्न नभ्याउने अवस्थामा अर्को उपसमिति बनाउने संभावनापनि उत्तिकै छ ।

निर्वाचनकै पक्षमा समिति

संरक्षक समितिका सदस्य, पूर्व अध्यक्षहरु बिगतमा बिभिन्न खेमा वा पक्ष बिपक्षमा लागेपनि हाल उच्च स्तरिय समितिमा छलफल गर्दा भएका दुबै बैठकमा विवाद देखिएको छैन । दुबै बैठकमा मैत्रिपूर्णरुपमा छलफल भएको छ ।

पछिल्लो अवस्थामा समितिका सबै सदस्य निर्वाचन अब गराउनै पर्छ भन्ने पक्षमा देखिएका छन् ।

प्रतिनिधि छनौटको विषय मूल विवादित रहेकाले त्यसमा मुख्य ध्यान केन्द्रित गरेर विवाद सुल्झाउने र अब निर्वाचन गराउनै पर्छ भन्ने पक्षमा देखिएका छन् ।

समितिका सदस्यहरुलाईपनि निर्वाचनका लागि केन्द्रिय समिति, अन्तर्राष्ट्रिय समिति र आआफ्नै पक्षबाट निर्वाचनकालागि दबाब बढीरहेको छ । बिगतमा निर्वाचनलाई सकेसम्म धकेल्न र टार्न खोज्ने मध्येपनि कतिपय हाल निर्वाचन गराउनुपर्छ भन्दै दबाब दिन थालेका छन् । उच्चस्तरिय समितिको पहिलो र दोस्रो बैठकको अवस्था हेर्दा अभियन्ता र उमेदवारहरु ‘अब निर्वाचन हुने भयो’ भन्दै उत्सासित देखिएका छन् ।

तपाइँको प्रतिक्रिया