बिहीबार, वैशाख १३, २०८१

जनसम्पर्क समिति फ्रान्सको संरक्षकमा तप्त भण्डारी मनोनित

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ माघ ९ गते २०:३६

नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति (जसस) फ्रान्सको संरक्षकमा तत्प भण्डारीलाई मनोनित गरिएको छ । जसस फ्रान्सका सभापती सुधिर रानाको सभापतित्वमा शनिवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

भर्चुअल मध्यमबाट भएको बैठकमा तप्त भण्डारीले मातृभुमिबाट टाढा रहेर पनि नेपाली कांग्रेसको राष्ट्रियता, लोकत्रन्त्र र समाजवादको भावनालाई बिदेशी भूमिमा नेपालीहरु माझ संगठन बिस्तारमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै जनसम्पर्क समिति फ्रान्सको २०२१-२०२४ कार्यकालको लागि संरक्षकमा सर्वसहमतिबाट मनोनित गरिएको जसस फ्रान्सले जनाएको छ ।

संरक्षक भण्डारी नेपाली कांग्रेस म्याग्दी जिल्लाको पूर्व कार्यालय सचिवसमेत हुन् ।

कार्यक्रममा जसस फ्रान्सका संस्थापक सभापति निर्मल अर्याल, पाकोपन फ्रान्सकी अध्यक्ष सुमित्रा प्रधान, जसस फ्रान्सका उपसभापति कृष्ण गुरुङले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा छोटो मन्तब्य राख्दै संस्थाका संरक्षक तप्त भण्डारीले जनसम्पर्क समिति फ्रान्सको बिश्वासलाई डगमगाउन नदिने भन्दै संस्थालाई अझ गतिशील र बृहत्तर बनाउन भूमिका खेल्ने बताएका थिए ।

उक्त कार्यक्रममा जनसम्पर्क समिति फ्रान्सको बिधानमा दुई जना सदस्य मनोनयन गर्ने व्यवस्था भएअनुसार मिना अधिकारी र दिपेन्द्र दाहाललाई मनोनित गरिएको छ ।

कार्यक्रममा मन्तब्यको क्रममा सभापति सुधिर रानाले तप्त भण्डारी जस्तो अनुभबी, सामाजिक कार्यको लागि सधै अग्रमोचामा खटेर काम गर्ने निडर अभिभावक पाएको भन्दै खुशी ब्यक्त गरेका थिए । तप्त भण्डारीको संरक्षकत्वमा जनसम्पर्क समिति अझै गतिशील हुने विश्वाश उनले ब्यक्त गरेका थिए । अग्रजहरुले पार्टी प्रति गरेको योगदानको उच्च मुल्यांकन गर्दै उहाँहरुप्रति सम्मान र कदर गर्नुपर्ने धारणा रानाको थियो ।

रानाले आफ्नो व्यक्तिगत समस्या देखाउँदै जनसम्पर्क समिति फ्रान्सको सभापतिको सम्पूर्ण काम, कर्तब्य र अधिकार संस्थाका बरिष्ठ उपसभापति इन्द्र बस्नेतलाई कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेको घोषणा गरेका छन् ।

कार्यवाहक सभापतिको रुपमा इन्द्र बस्नेतले आफूले पाएको जिम्मेवारी सहजतापूर्वक निभाउने बताएका थिए ।

तपाइँको प्रतिक्रिया