बिहीबार, वैशाख १३, २०८१

विश्वकै ‘सेलिब्रेटी जीव’को मृत्यु र हाम्रो संरक्षण नितिका कमजोरी

ददि सापकोटा२०७८ माघ ९ गते २१:२९

फोटो-अनिल ढकाल / अन्नपुर्ण पोष्ट

चितवनमा सडकको नाली बनाउँन खनेको खाल्डोमा परेर गैंडा मरेको खबर एकाविहानै भाइरल बन्यो । भरतपुर महानगरपालिका-९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेको गैंडा उठ्नै नसकेर मर्‍यो । नालीमा परेर ज्यान गुमाउनुपरेको अन्दाजी १२ वर्षको भाले गैंडाको घटनाले हाम्रो संरक्षण निति र प्रक्रिति संरक्षणका बारेमा धेरै प्रश्न उठाएको छ ।

गोन्द्राङदेखि पुल्चोकसम्म ६ लेनको सडक विस्तार गर्दा नाली बनाए । नजिकैको वनदेवी सामुदायिक वनबाट संभवत कुनै कारणले दगुर्दा गैंडा खाल्डोमा भासिएपछि निस्कन सकेन । झण्डै दुई टनको गह्रुंगो शरिर उसको नालीमै भास्सियो ।

त्यहाँ नाली बनाउने काम पुरा भैसकेको थियो । नजिकै सामुदायिक वन छ र त्यहाँ जंगली जनावर छन् । यो क्षेत्रमा जंगली जनावर दिउँसैपनि ओहोरदोहोर गर्छन् भन्ने सडक निर्माणकर्ता, महानगरपालिका सबैलाई थाह थियो । तर उनीहरुले बनिसकेको नालीको खाडल पुरेनन् । त्यहि नालीमा परेर आधा जिवनपनि भोग्न नपाएको विश्वकै ‘सेलिब्रेटी जीव’ को ज्यान गयो ।

लोपोन्मुख, दूर्लभ प्रजातिहरूको संरक्षणको लागि थोरै छ कोष । तर मानविय प्रयत्न र लगानी धेरै छ । स्थानिय जनताको माया, त्याग र समर्पण झन बढी छ । यसलाई संवन्धित अधिकारी, प्रशासक, सरोकारवाला र खास गरि नितिनिर्माणकर्ताले संरक्षणको दिगो र ब्यवहारिक दृष्टिकोण अपनाउन नसकेको उदाहरण हो यो । जसको अर्थ यो गैंडाले आफ्नो जिवन समाप्त गर्नुपर्‍यो । प्राक्रितिक संरक्षणबाट बाहिर बाटो तिर्नुपर्‍यो ।

तिनीहरूको मूल्य तिनीहरूले आफ्नो संरक्षणको लागि कति कमाउन सक्छन् भन्नेसँग सम्बन्धित छ । यो गैंडासँग सबैभन्दा स्पष्ट कुरा के हो भने यसको संरक्षणसँगै मानव र अन्य प्रजातिलेपनि निकै त्याग गरेका छन् । धेरै मूल्य चुकाउनुपरेको छ । यस प्रजातिलाई बचाउनको लागि यति धेरै पैसा र प्रयास गरिएको छ कि यसले अन्य प्रजातिहरूलाई बचाउन खर्चिनुपर्ने प्रयास र कोषपनि लिएको छ ।

गैंडा एक प्रतिष्ठित प्रजाति हो । यसको आकर्षण, चासो र चाख, माया र सरोकारपनि कति छ भनेर जान्न हामीले हाम्रो कारहरूमा टाँसिएका स्टिकरहरू हेरे पुग्छ । जंगलमा विकार निर्माणको योजना बनाउँदा त छँदै छ गाइभैंसीलाई एक डोको घाँस लिन जानेहरुलेपनि ‘गैंडालाईकति दखल पुर्‍याउँछन्’ भन्ने विषय बन्ने गर्छ । यिनै गैंडा जोगाउनैकालागि संरक्षित चितवन राष्ट्रिय निकुञ्जमा दतिवन काट्दापनि स्थानियले कारवाहि भोग्ने गरेका छन् । गैंडा संरक्षणको नाममा तिनले जेल बस्ने त्यागसम्म गरिरहेकै छन् । मिडियाले उनीहरूको दुर्दशाबारे लगातार रिपोर्ट गरेको गर्‍यै छन् । त्यसैले स्पष्ट रूपमा तिनीहरूको संरक्षण एक केन्द्र बिन्दु भएको हो ।

गैंडा बचाउनकालागि भनेर पर्यटकले तिरेको ठूलो रकम खर्च गरिन्छ । चितवनका जनताले यहि गैंडा बचाउनकैलागि देशको ठूलो बजेट खर्चिंदा बिरोध गरेका छैनन् बरु गौरव महसुस गर्छन् । हाम्रो देशबाट धेरै लोपोन्मुख प्रजातिहरूले संरक्षणका ढोका कुरिरहेका छन् । बाघ, गैंडा, हात्ती जस्ता ठूला जनावरकै संरक्षणले साना जीवहरुले पर्याप्त संरक्षणको ध्यान पाउन सकेका छैनन् ।

राष्ट्रिय निकुञ्जमा रेन्जर, प्रमुख संरक्षण अधिक्रितको समयको ९५ प्रतिशत भन्दा बढी समय बाघ, गैंडा र हात्ती जोगाउने कसरि भन्नेमै ध्यान केन्द्रित हुन्छ । तिनको अधिकांश समय अहिले सिकारीविरुद्ध लड्न खर्चिएको हुन्छ । चितवनका लगभग एक दर्जन पोष्टका कर्मचारी, सेनाको ध्यान यिनै जन्तुलाई कसरि जोगाउने भन्नेमा केन्द्रित छ । त्यसमापनि चोर शिकारीका जाला कसरि भत्काउने र तिनकाआँखाबाट गैंडालाई कसरि जोगाउने भन्नेमै हुन्छ ।

वार्डेन, रेन्जर, गेम स्काउट र निकुन्जका सेनालाई गैंडा कसरि जोगाउने भन्ने प्रयास गर्दागर्दै अन्य संरक्षण कार्यको लागि समय पुगेको हुँदैन । यो हाम्रो सम्पूर्ण इकोसिस्टमलाई हेर्ने बारे होइन कि यो यो जनावर सुनिश्चित गर्ने बारेमा हुने गरेको छ ध्यान । झाडीमा लुकेका मानिसहरूले गैँडालाई मार्ने हुन् कि वा संरक्षणकर्ता र सुरक्षकर्मीलाई आक्रमण गर्ने हुन् भन्नेमै तिनको ध्यान हुन्छ ।

युनिभर्सिटी अफ क्वीन्सल्याण्डले सन् २०१३ मा गरेको अनुसन्धान पत्रले संसारमा २० हजार लोपोन्मुख जनावर प्रजातिहरू रहेको पत्ता लगाएको थियो । तर केवल ८० वटालाई मात्र गम्भीर रूपमा संरक्षण गरिएको थियो । किनभने तिनीहरूलाई गैरसरकारी संस्थाहरूले प्रमुख प्रजातिको रूपमा अपनाएका छन् । हाम्रो गैंडा विश्वका २० हजार लोपोन्मुख मध्येका ति ८० प्रमुख ध्यानकेन्द्रित मध्येपनि अझै प्रमुख मध्ये पर्छ ।

ति प्रमुख प्रजातिहरूलाई कसैकसैले ‘क्रेस्म्याटिक’ अर्थात् ‘अति आकर्षक’, ‘मनोहरी जीव’ मान्छन् । तिनले पाण्डा, बाघ, सिंह, हात्ती र गैंडालाई क्रेस्म्याटिक, सेलिब्रेटी भन्छन् । तिनलाई जोगाउन उच्चस्तरको संरक्षणको मार्केटिङ अपील गरिन्छ । प्रायोजनका बिभिन्न कार्यक्रमहरूको नेतृत्व गरिन्छ ।

तिनको प्रयास, विश्वभरिका दाताको खुकुलो हात र खासगरि चितवनका जनताको फराकिलो मनले जोगाएको गैंडा निति निर्माणकर्ताको हेलचेक्र्याईंले नाशिनु दूर्भाग्य हो । नितिनिर्माणकर्ता असफल भएको, हाम्रा विकासका मोडेल असफल भएको उदाहरण हो यो ।

हाम्रा एशियाली एक सिंगे गैंडा तत्कालकालागि चितवन राष्ट्रिय निकुञ्जमा अलि बढेको देखेर के गर्नु ? वास्तवमा ति गम्भीर रूपमा लोपोन्मुख छन् । एउटा एक सिंगे गैंडा प्रक्रितिमा सहजै देख्न पाउनु ठूलो कुरो हो । तर चितवन राष्ट्रिय निकुञ्जमा ति सहजै देखिन्छन् । यसको श्रेय संरक्षणकर्मी, चितवनबासी जनता र सुरक्षाकर्मीलाई जान्छ ।

जावलाखेल चिडियाखानाको सधैं गुनासो हुन्छ, जनावर पाल्न गार्हो भयो । चिडियाखानामा प्रयाप्त आर्थिक स्रोत छैन । जीवजन्तु पाल्नु, हुर्कानु र तिनको संरक्षण गर्नु सजिलो र सस्तो छैन । मानिसहरुले एक जोडी घोडा वा भैंसी एक हप्ता पालेर हेर्दापनि जनावर पाल्न कति गाह्रो हुन्छ भन्ने हेक्का भैहाल्छ ।

संरक्षित क्षेत्रमा एउटा गैँडाको संरक्षणको औसत वार्षिक लागत १,६५७ डलर लाग्छ । चिडियाखानामा लागत १६३०० देखि २८,१७६ सम्म पर्छ । चिडियाखानामा बढीमा तिन चार वटा भन्दा गैंडा हुँदैनन् । चितवनका करिब पाँच सय गैंडाको संरक्षण गर्न न्युनतम १६०० डलरका दरले मात्रै हिसाब गरेपनि आठ लाख डलर लाग्छ वार्षिक। यो हिसाबले टिकौलीको जंगल नजिक मरेको यो गैंडा जोगाउन राज्यले कम्तिमा ३० लाख खर्च गरिसकेको थियो । यो गैंडालाई १५ देखि १६ महिना गर्भमा राखेर जोगाउन, हुर्काउन र १२ वर्षको लक्का जवान बनाउन्जेल प्रक्रिति, मानव, गैंडाकी आमाले गरेको अथाह लगानीको पाटो त झन अलग्गै छ ।

गैंडा बस्ने संरक्षण क्षेत्रहरूले प्राकृतिक वातावरण प्रदान गर्दछन् जहाँ अन्य जनावरहरू बाँच्न र प्रजनन गर्न सक्छन् । यो हिसाबले प्राक्रितिक वासस्थानको महत्व फरक हुने भयो । तर तिनका बेफाइदाहरू पनि छन् । ठूलो क्षेत्र हुनाले पर्याप्त सुरक्षा प्रदान गर्न गाह्रो हुन्छ । किनभने ठूला क्षेत्रको संरक्षण गर्नुपर्नाले स्रोतहरू प्रायः धेरै पातलोसित छर्किनुपर्ने हुन्छन् । त्यसैले खर्च बढी लाग्छ ।

“चिडियाखानामा वा एउटा गैंडालाई कतै बन्दि बनाएर पाल्नुभन्दा जंगली अवस्थामै संरक्षण गर्न बढी खर्चिलो हुन्छ” वन्यजन्तु विशेषज्ञ र अफ्रिकन वाईल्डलाईफ फाउण्डेसनका प्रजाति र पारिस्थितिक प्रणाली कार्यक्रमका निर्देशक फिलिप मुरुथी भन्छन् ।

विकास निमार्णको काम संरक्षणमैत्री देखिएन । उनीहरुले प्रक्रिति संरक्षणलाई ध्यान दिन सकेनन् । नितिनिर्माणकर्ताको ठूलो लापर्वाहि हो यो । नेपालमा विकास निर्माण गर्दा कसरि प्रक्रिति संरक्षणलाई बेवास्ता गरिन्छ भन्ने लज्जास्पद उदाहरणपनि हो यो । संरक्षणका बाचाहरुलाई कागजमा सहि गर्नु, विश्व मञ्चहरुमा ऐक्यबद्दता जनाउँदै हिंड्नु तर ब्यवहारमा पुरा गर्न नसकेको यो अर्को उदाहरणपनि हो ।

तपाइँको प्रतिक्रिया