शुक्रबार, चैत १६, २०८०

कोरोनाको खोपमा के छ ?

नेपालप्लस संवाददाता२०७८ माघ १० गते १:४६

तपाईंले विगतका वर्षहरूमा कोविड खोपहरूले कसरी काम गर्छन् र तिनीहरू कसरी सार्वजनिक भइरहेका छन् भन्ने बारेमा धेरै सुन्नु भएको होला । तर खोप सामग्रीहरूको सूची हेर्नु भयो भने एउटा खोपमा कति धेरै चिज रहेछन् भनेर अचम्म लाग्छ । प्रत्येक खोपको सूची लामै देखिन्छ । तिनको सूची जति छ ति सबैको तिनीहरूको उद्देश्य के हो भनेर लेबल गरिएको छैन । केहि परिचित हुन सक्छ । तर धेरै नाम विदेशी छन् र उच्चारण गर्न गाह्रो देखिन्छ ।

भ्याक्सिनहरू एक सक्रिय तत्व (प्रतिरक्षा प्रतिक्रियालाई उत्प्रेरित गर्ने चीज) र एक्सिपियन्टहरू (अतिरिक्त सामग्रीहरू, जुन सक्रिय तत्वलाई कुनै न कुनै रूपमा सहयोग गर्नका लागि हुन्छन्) बाट बनेका हुन्छन् । एक्सिपियन्टहरुबाट सक्रिय तत्व वा वस्तुलाई स्थिर गर्न, शरीरमा सही स्थानमा पुग्न मद्दत गर्न, दूषित हुनबाट रोक्न, मिश्रणमा सहयोग गर्न वा यी सबैको संयोजन हुनसक्छ ।

धेरै जसो एक्सिपियन्टहरू वर्षौंको लागि खाद्य र औषधि उत्पादनहरूकलागि अनुमोदित भएका छन् किनभने यो नयाँ खोप परीक्षण गर्न धेरै छिटो र त्यसलाई अनुमोदन प्राप्त गर्न छिटो हुन्छ । यदि त्यो बनाउने अधिकांश घटक वा तत्वहरू पहिले नै मानिसहरूमा प्रयोग भइसकेका छन् भने ।

अहिले सबैभन्दा बढी प्रयोग भएको भनिएको फाइजर खोपका लागि सामग्रीहरू यहाँ छन् :

  • BNT162b2 [mRNA]
  • ((4-hydroxybutyl)azanediyl)bis(hexane-6,1-diyl)bis(2-hexyldecanoate)(ALC-0315)
  • 2-[(polyethylene glycol)-2000]-N,N-ditetradecylacetamide (ALC-0159)
  • distearoylphosphatidylcholine (DSPC) (डिस्टेरोइल्फोस्फाडिकोलिन-डिएसपिसि)
  • cholesterol (कोलेस्टेरोल)
  • potassium chloride (पोटासियम क्लोराईड)
  • monobasic potassium phosphate (मोनोबेसिक पोटासियम फोस्फेट)
  • sodium chloride (सोडियम क्लोराईड)
  • dibasic sodium phosphate dihydrate (डाइबासिक सोडियम फोस्फेटडिहाईड्रेट)
  • sucrose (सुक्रोस)
  • water for injections (इन्जेक्सन पानी

मेसेन्जर रिबोन्यूक्लिक एसिड – (messenger ribonucleic acid – BNT162b2 [mRNA])

यो प्रसिद्ध एमआरएनए वा मेसेन्जर आरएनए हो जसलाई शरीरले कोरोना भाइरस स्पाइक प्रोटिनहरू बनाउन प्रयोग गर्दछ जसले प्रतिरक्षा प्रतिक्रियालाई बढाउँछ । यसले तपाईंलाई वास्तविक कोरोना भाइरसबाट जोगाउन सहयोग गर्छ । चाखलाग्दो कुरा के छ भने फाईजरको एमआरएनए प्राकृतिक रूपमा हुने एमआरएनए भन्दा अलि फरक छ । यसको न्यूक्लियोसाइड-परिमार्जित गरिएको छ जसको अर्थ ‘कोडिङ’ आधारहरू मध्ये एक युरासिल (Uracil) उस्तै तर उस्तै आकारको अणुको लागि सट्टापट्ट वा बदलिगरिएको । यो १५ वर्ष भन्दा बढी पहिले पत्ता लगाइएको तरिका हो । यसले प्रतिरक्षा प्रणालीलाई स्पाइक प्रोटीन बनाउन प्रयोग गर्नु अघि विदेशी एम आरएनए लाई पहिचान गर्न र नष्ट गर्नबाट रोक्छ ।

लिपिद् नानोपर्टिकल कोटिङस् (Lipid nanoparticle coatings)

  • ((4-hydroxybutyl)azanediyl)bis(hexane-6,1-diyl)bis(2-hexyldecanoate) (ALC-0315)
  • 2-[(polyethylene glycol)-2000]-N,N-ditetradecylacetamide (ALC-0159)
  • distearoylphosphatidylcholine (DSPC)
  • cholesterol

स्पाइक प्रोटिनहरू बनाउनको लागि एमआरएनए हाम्रो कोशिकाहरू भित्र पस्नुपर्छ । हाम्रो कोशिकाहरूमा तेलीय झिल्लीहरू हुन्छन् जसले एमआरएनए जस्ता अणुहरूलाई भगाउँछ । यही कारणले गर्दा खोपमा चार फरक लिपिडहरू छन् (लामो, फ्याटी अणुहरू जुन कोशिका झिल्लीसँग मिल्दोजुल्दो छन्) एमआरएनए कोटिङ गर्दछ । तिनीहरूले नानोमिटर आकारको तरल पदार्थको ढिक्का (Blob) हरू बनाउँछन् र यसैले ‘लिपिड नानो पार्टिकल्स (कण)’ भनेर चिनिन्छन् ।

फाईजरको लिपिडको संयोजन आक्विटास नामक कम्पनी द्वारा विकसित गरिएको छ जसले विगत एक दशक देखि उपचारका लागी लिपिडको विभिन्न संयोजनहरुको लागी अनुसन्धान गरिरहेको छ ।

चार फरक लिपिडहरूको यो संयोजन फाइजर र एक्युटास (Acuitas) द्वारा कोशिकाहरूमा एमआरएनए प्राप्त गर्न सबैभन्दा प्रभावकारी हुनको लागि निरिक्षण, अनुगमन गरिएको छ । तीनवटा लिपिडहरू (ALC-0315, ALC-0159 and DSPC) सिंथेटिक रूपमा डिजाइन गरिएका छन् । र यि पहिले केही चिकित्सीय उपचारहरूमा प्रयोग गरिएको थियो । जबकि चौथो (कोलेस्ट्रोल) एउटा अणु हो जसको हाम्रो शरीरमा पहिले नै धेरै ग्राम हुन्छ ।

बफरहरू (Buffers)

potassium chloride
monobasic potassium phosphate
sodium chloride
dibasic sodium phosphate dihydrate

खोपमा रहेको एमआरएनए र हाम्रो शरीरका अणुहरू – एसिडिटी (अम्ल) प्रति उल्लेखनीय रूपमा संवेदनशील हुन्छन् । तिनमा नुनहरू थपिन्छन् किनभने तिनीहरूले एसिडिटी बढाउने कार्य गर्न सक्छन् भनेर रोक्नकालागि हो । नुन थपिंदा धेरै अम्लीय मात्रा बढ्नबाट रोक्ने भूमिका खेल्छन् । फाईजर खोपमा भएका चारवटा नुनहरू समयसँगै अम्ललाई लाई एकरूपमा राख्न डिजाइन गरिएको हो । दुईवटा नुनहरू (मोनोबासिक पोटासियम फस्फेट र डिबासिक सोडियम फस्फेट डाइहाइड्रेट) केही औषधि उपचारमा पनि प्रयोग गरिन्छ । साथसाथै मल र खाद्यान्नको रूपमा पनि प्रयोग गरिन्छ जबकि पोटासियम क्लोराइड र सोडियम क्लोराइड (टेबल नुन) सामान्य, प्राकृतिक रूपमा पाइने पदार्थहरू हुन् ।

चिनी स्थिर गर्दै (Stabilising sugar) सुक्रोज

सुक्रोज (चिनी, व्यावसायिक सेतो चिनी) अन्य सामग्रीहरूलाई स्थिर राख्नको लागि खोपमा थपिएको छ . विशेष गरी यसलाई कम तापक्रममा भण्डारण गरिएको छ ।

एक विलायक (A solvent) पानी

अन्तमा, यी सबै तत्वहरूको तरल रूप बन्नु आवश्यक छ । त्यसैले ति सबैलाई भंग गरेर मिश्रित बनाउनुपर्छ खोप हुनकालागि । त्यसलाई केले मिसाउने त ? पानी । पानी त्यसरि घोल्नकालागि उत्तम अणु हो । त्यसैले यो खोपको अन्तिम वस्तु हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक